लेख पठाउनुहोस-emandir@gmail.com
ॐ भूर्भुवस्व: | तत्सवितुर्वरेण्यम् | भर्गो देवस्य धीमहि | धियो यो न: प्रचोदयात्
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -




तीर्थ

धार्मिक तथा आध्यात्मिक महत्व भएका स्थानहरुलाई तीर्थ भनिन्छ। हिन्दु धर्म अनुसार तीर्थ गर्नाले पुण्य प्राप्ति हुने र मृत्यु पश्चात स्वर्ग गईने विश्वासका कारण धर्ममा आस्था राख्ने हिन्दु धर्माबलम्बीहरु अनेक दु:ख र कष्ट सहेर टाढा टाढाका तीर्थस्थलहरुमा जाने गर्दछन्। यसरी धार्मिक उदेश्यले गरिने यात्रालाई तीर्थयात्रा भनिन्छ र धार्मिक यात्रुहरुलाई तिर्थालु भनिन्छ। हीन्दु धर्ममा तीर्थ र तीर्थयात्राको इतिहास निकै लामो भएको मानिन्छ।

हीन्दु धर्मका तीर्थस्थलहरु प्राय देवताका निवास स्थान तथा बिभिन्न शक्तिपिठहरुलाई मानिदै आएको पाइन्छ जहाँ कुनै समयमा भगवानले बसोबास गरेको तथा कुनै घटना घटेको आदि विश्वास गर्ने गरिन्छ। यस अतिरिक्त धार्मिक रुपले ऐतिहासिक ब्यक्ति तथा ब्यक्तित्वसंग सम्बन्धित स्थानहरुलाई पनि तीर्थ स्थलका रुपमै लिदै आएको पाइन्छ।

हिन्दु धर्माबलम्बीहरुको सांस्कृतिक एकता मजबुत पार्न आदि गुरु शंकराचार्यले चार दिशामा चार धामको स्थापना गरे। उत्तरमा बद्रिनाथ, दक्षिणमा रामेश्वर, पुर्बमा जगन्नाथ र पश्चिममा द्वारिका रहेका छन्। यि धामहरु आज सम्म चार धामका नामबाट प्रसिद्द छन्। हिन्दु धर्म अनुसार यि चार धामको दर्शन गर्नाले मृत्यु पर्यन्त बैकुण्ठ बास हुने विश्वास गरिन्छ।

हिन्दू धर्मका महत्त्वपूर्ण तीर्थस्थलहरु
बद्रीनाथ

द्वारका

रामेश्वर

जग्गनाथ

पशुपतिनाथ

केदारनाथ

गंगोत्री

यमुनोत्री

वाराणसी

प्रयाग

ऋषिकेष

हरिद्वार

वैष्णो देवी

बाबा धाम

तिरुपति

शिरडी

गंगासागर



बौद्ध धर्मका तीर्थहरु

बौद्ध धर्ममा निम्न चार तीर्थस्थलहरु महत्त्वपूर्ण मानिन्छन

कपिलवस्तु:- गौतम बुद्धको जन्मस्थान
वोधगया:- गौतम बुद्धले ज्ञान पा्रप्त गरेको स्थान
सारनाथ:- गौतम बुद्धले पहिलो पटक उपदेश बाँडेको स्थान
कुशीनगर:- गौतम बुद्धको परिनिर्बाण भएको स्थान






                                                                                                                                                                                                                                                                                                                                                                           
                                                                               


-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  

धन्यवाद
मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
emandir@gmail.com
जना अनलाइनमा

मानसिक शान्तिका लागि भगवानको आराधना गरौं।  इमन्दिर
© २००९ सर्बाधिकार फूलबारी डटकम सँग सुरक्षित
बिज्ञापनहरू