Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




सबैबाट उपेक्षित बाल दन्तस्वास्थ्य

डा. प्रकाश बूढाथोकी

कहिले बालअधिकार, कहिले बालदिवस त कहिले बालश्रम उन्मूलन आदि दिवस वर्षौभर िविभिन्नरूपमा समाचार सम्प्रेषण भएको देखिन्छ । बालस्वास्थ्यमा भने यस्ता गोष्ठीले ध्यान पुर्‍याएको देखि“दैन । त्यसमा पनि बालबालिकाको दन्तस्वास्थ्य सबैबाट उपेक्षित छ । बाल्यकाल भनेको मानवजीवनको प्रारम्भिक चरणको अवस्था हो । बालबालिका भनेका का“चो माटो हुन् । परपिक्वताकै कमीका कारण बालबालिका अबोध पनि हुन्छन् । बालबालिकाहरूको शारीरकि एवं मानसिक विकास दू्रततर गतिमा हुन्छ । उनीहरूमा राम्रो-नराम्रो कुराको ज्ञान हु“दैन । उनीहरू जस्तो मार्गदर्शन दियो त्यसैमा लाग्न उत्प्रेरति हुन्छन् ।

दा“त आउने समय : मानव भ्रुण ७ हप्ता हु“दा दूधे दा“तको विकास हुन थाल्छ । जन्ेिमएपछि भने यो ४-५ महिनामा सुरु हुन्छ । स्थायी बंगारा बनिसक्न १८-२० वर्षम्म लाग्छ । शिशु जन्मिएको ६ महिनादेखि दा“त आएको/उम्रिएको भनिन्छ । हरेक ६-६ महिनामा ४-४ वटा दा“त उम्रन्छन् । १३ वर्षम्म सबै दूधे दा“त फेरइिर् वयस्क दा“त/स्थायी दा“त बनिसक्छन् ।

दा“त उम्र“दा हुने समस्या : दा“त उम्रनु मानव शरीरको नियमित प्रक्रिया हो । दा“त उम्रने बेलामा शिशुलाई ज्वरो आउने, पखाला लाग्ने, रुघाखोकी लाग्ने आदि लक्षण देखिन्छन् । शिशुको दा“त उम्रने बेलामा गि“जा चिलाउने भएकाले उसले आफूले जे भेट्यो त्यही मुखमा हाल्छ । पहिलो दा“त उम्रने बेला जस्तो अन्य दा“त उम्र“दा शिशुले दु:ख दि“दैन । कहिलेकाही“ दा“त आउन नसक्ने अवस्थामा शिशुको गि“जा सुन्निने, गि“जा नीलो हुने, दूध चुस्न र खान नमान्ने हुनाले अभिभावकको चिन्ताको विषय बन्छ ।

स्तनपान र दन्तस्वास्थ्य : नेपालमा करबि ९८ प्रतिशत आमाले एकपटक मात्रै भए पनि स्तनपान गराउ“छन् । शिशु मृत्युदर उच्च हुने प्रमुख कारण आमाको दूध उचित समयमा उचित समयसम्म नपाउनु हो । स्वास्थ्यका दृष्टिले उचित हेरचाह तथा पोषणको अभावमा नेपालमा जीवित १ हजार शिशुमध्ये ३९ जना १ महिना, ५४ जना १ वर्षतथा ९१ जनाको पा“च वर्षनपुग्दै मृत्यु हुने गरेको छ ।

दन्त सडन : हि“जोआज बालबालिकाहरूमा गुलियो, प्रशोधित खाद्यपदार्थ, अनेक किसिमका चकलेट, आइसक्रिम आदि तयारी कुरा खाने चलन बढेको छ । यसले दा“तमा कीरा लाग्ने समस्या आउ“छ । दन्त सडन भनेको दा“तमा अड्किएर वा चेप्टिएर बसेको खाना अम्लमा परविर्तन भै दा“तलाई खाल्डो पार्ने प्रक्रिया हो । यो पहिलो चरणमा कालो खाल्टो देखिन्छ । दोस्रो चरणमा डेन्टिनमा असर पुर्‍याउ“छ । उक्त खाल्डोमा खाना अड्किन्छ । खाना सफा पनि हु“दैन, अम्ल तीव्र रूपले उत्पन्न हुन्छ । खाना अड्कने, सिरङि-सिरङि हुने, खाना टोक्दा दुख्ने समस्या देखिन्छ । पछिसम्म पनि उपचार नगरे तेस्रो तह जरा पल्पसम्म पुग्छ । त्यसपछि दा“त दुख्न थाल्छ । पीप जम्मा हुने, गि“जा सुन्निने, दा“त हल्लिने समस्या हुन्छ ।
स्वस्थ गि“जाले नै दा“तको जरालाई माटोले फूलको जरालाई चारैतिरबाट घेरेर सुरक्षित राखेभै+m सुरक्षित राख्छ । नियमितरूपले सफा नगरे दन्तलेउ, दन्तपत्थर हुनुका साथै अड्किएका खानाले गि“जा बिगार्छ ।

दा“त निकाल्ने समय : कुनै शिशुमा गर्भमै दा“त उम्रिएका हुन्छन् भने कसैमा समयभन्दा पहिले नै दा“त पलाउ“छन् । जन्मजात दा“त उम्रिएका वा स्तनपान गर्ने उमेरमा दा“त उम्रिएका शिशुमा दा“त हल्लिएको छ कि छैन र उक्त दा“तले समस्या उत्पन्न गरे-नगरेको बुझनर्ुपर्छ । दा“त हल्लिएको अवस्थामा आमाको दूध चुस्दा दा“त निल्न सकिने, अन्य अवस्थामा दा“तले स्तनमा घाउ बनाउन सक्ने भएकाले यस्ता दा“त शिशु जन्मिएको २८ दिनपछि निकाल्न सल्लाह दिइन्छ । अन्य
अवस्थामा उमेरअनुसार दा“त निकाल्नर्ुपर्छ । समयभन्दा पहिले तथा पछि दूधे दा“त निकाल्दा दा“त ब्रि्रने सम्भावना हुन्छ ।

हल्लिएको दा“तलाई गाउ“घरमा डोरी, धागो, हात वा घरेलु औजारका सहायताले निकाल्ने चलन छ । यसमा प्रयोग गरएिका सामान तथा निकाल्ने तरकिा नमिल्दा एकातिर दा“त भा“च्चिने तथा जरा रहने डर हुन्छ भने अर्कातिर निर्मलीकरण नगरएिका तथा शुद्ध नभएका औजार मुखभित्र प्रयोग गर्दा विभिन्न संक्रामक रोग लाग्ने डर हुन्छ । गि“जा, ज्रि्रो, ओठ तथा गालामा चोटपटक लाग्ने, घाउखटिरा हुने डर पनि हुन्छ । घरमा दा“त निकाल्दा निर्मलीकरण गरेका सामान प्रयोग गर्नुपर्छ । दा“त पर्ूण्ारूपमा निस्किएको, ननिस्किएको हर्ेर्नुपर्छ ।

खानपान : धेरै गुलियो खाने बालबालिकाहरूले सागपात एवं पौष्टिकपदार्थ कम खान्छन् । खानेकुरा वा पेयपदार्थमा भएको चिनीले दा“तमा कीरा पार्छ । यसको सट्टामा स्वास्थ्यवर्द्धक दूध, दही, फलफूल, तरकारी, मकै, चिउरा, रोटी, भटमास आदि दिन
सकिन्छ । बालबालिकालाई गुलियो खानेकुरा तथा पेयपदार्थ दिनुह“ुदैन । शिशुलाई भरसक स्तनपान गराउनर्ुपर्छ । बोतलबाट दूध, पेयपदार्थ ख्वाउ“दा चिनी थप्नुहु“दैन । शिशुलाई सुत्ने बेलामा दूध ख्वाएर अन्त्यमा पानी पनि ख्वाउनर्ुपर्छ ।
खानपानमा राम्रोस“ग ध्यान दिए समय, पैसा तथा श्रमको बचत हुन्छ ।

दूधे दा“तको महत्त्व  अधिकांश अभिभावक कीरा लागेको दूधे दा“त आफै झर्ने वा फेरनिे भएकाले यसलाई उपचार गर्न आवश्यक मान्दैनन् तर यो काम पनि ठीक होइन ।

दा“तको सरसफाइ  शिशु जन्मिएदेखि नै गि“जा एवं मुखको सरसफाइमा ध्यान दिनर्ुपर्छ । शिशु जन्मिएदेखि तीन वर्षनपुग्दासम्म खाना वा दूध ख्वाइसकेपछि भिजेको सफा रुमाल, कपास वा टालोले गि“जा एवं दा“त पुछिदिनर्ुपर्छ ।
शिशुलाई सानो टाउको भएको नरम ब्रसमा केराउको दाना जत्रो रलोराइडयुक्त मञ्जन राखी दा“तभित्र-बाहिर विस्तारै माझन लगाउनर्ुपर्छ ।

उमेरअनुसार नया“ दा“त आउने, दा“त फेरनिे भएकाले सबै दा“तका सबै सतह नछुट्ने गरी सफा गर्नुपर्छ । दा“त माझिसकेपछि कम पानीले मुख कुल्ला गराउनर्ुपर्छ जसले रलोराइड पखालिने सम्भावना कम हुन्छ । बालबालिकाहरूलाई सात वर्षम्म राम्रोस“ग दा“त माझन सहयोग गर्नर्ुपर्छ ।
दा“त दिनहु“ बिहान खाना खाएपछि र राति सुत्नुअघि माझने र अरू बेला गुलियो खानेकुरा खाएपछि पानीले मुख कुल्ला गर्न लगाउनर्ुपर्छ ।

अन्त्यमा वर्षो एकपटक दन्तचिकित्सकस“ग बालबालिकालाई ज“चाउनर्ुपर्छ । शिशु तीन वर्षपुगेपछि नियमित दन्त परीक्षण गर्नुपर्छ । जसरी नियमित रूपमा हातखुट्टाका नङ, केश, पहिरन आदि व्यक्तिगत सरसफाइ गरन्िछ त्यसैगरी दा“त सफा गरे-नगरेको पनि परीक्षण गर्ने, बीचबीचमा दन्त परीक्षण गराउन चिकित्सकको सहायता लिने । यसले बालबालिकाको नराम्रंो बानी र भएका समस्या नियन्त्रण गर्नमा महत्त्वपर्ूण्ा भूमिका खेल्छ ।

(डा. बूढाथोकी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दा“त एवं मुख रोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । )
स्रोत : www.ekantipur.com








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements