Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




जाडोमा बाथको हेरचाह

डा. बुद्धि पौड्याल


जाडोको मौसम सुरु भइसकेको छ । जाडोले बाथका बिरामीहरूमा कस्तो असर पार्दछ र यसलाई कसरी न्यून गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

हामी सबैले अनुभव गरेकै कुरा हो जाडोयाममा हाम्रा हातगोडाका जोर्नी, मांसपेशी तथा ढाडको दुखाई बढ्ने गर्दछ । यसलाई धेरैले "हातगोडा करकरी खाने" भनेर बुझ्ने गर्दछन ।

यसैगरी बाथका बिरामीहरूमा पनि चिसोले गर्दा जोर्नीहरू धेरै दुख्ने, सुन्निने र अररो हुने गर्दछन् । अरु मौसममा बिहानपख केही बेरसम्म मात्रै कक्रक्क हुने हातगोडाका जोर्नीहरू जाडोमा भने घाम लागेको धेरैबेरसम्म पनि कक्रक्किएर अररो भैरहन्छन् ।

विभिन्न किसिमका बाथका रोगहरू -विशेष गरी स्क्लेरोडर्मा भनिने छाला बाक्लो हुने बाथ, र्यूमटोइड आरथ्राइटिस र प्रायः महिलाहरूमा हुने लुपस) मा हातगोडाका रगतका नलीहरू साँगुरिने समस्या हुन्छ । यसरी रगतका नलीहरू साँगुरिने क्रम जाडोमा बढी हुन्छ, जसले गर्दा चिसो पानी या चिसो वस्तु छुँदा हातगोडाका औंलाहरूको रङ्ग परिवर्तन भई क्रमसँगै सेतो, नीलो र रातो हुने गर्दछ । यससँगै औंलाहरू कक्रेर दुख्ने, सुन्निने, झमझम गर्ने तथा चिलाउने हुनसक्दछ । अत्यधिक चिसो पानीमा लामो समयसम्म काम गर्दा रक्तनलीहरू धेरै नै साँगुरिन गई औंलाका टुप्पाहरूमा घाउ हुन सक्छ । यसरी भएको घाउ निको हुन लामो समय लाग्न सक्छ । त्यस्तै कहिलेकाहीँ रगतका नशाहरू अत्यन्तै साँगुरिन गएका रहेछन् भने रक्तसञ्चार पूर्ण रूपमा बन्द हुन गई औंलै कालो हुने तथा औंला मर्ने हुनसक्छ ।

जाडोमा हामी सबैलाई घाम प्यारो लाग्छ र हामी घाम ताप्छौं । तर केही बाथका रोगहरू भने घामले गर्दा बढ्न सक्दछन् । उदाहरणको लागि लुपसलाई सूर्यको प्रकाशले बढाउँछ । घाममा बस्नाले यसका बिरामीहरूमा अनुहार तथा हातगोडामा रातो दाग आउने, जोर्नीहरू दुख्ने, सुन्निने लगायत शरीरका अन्य भित्री अंगहरूमा पनि नराम्रो असर पर्न सक्छ ।

हिउँदको समयमा हामी धेरैलाई रुघाखोकीको ज्वरोले सताउने गर्दछ । धेरै बिरामीमा रुघाखोकी हप्ता दस दिनपछि आफै ठीक भएर जान्छ । बाथ भएका र बाथको औषधी सेवन गरेका केही बिरामीहरूमा भने रुघाखोकी छिटोछिटो भैरहने, निको हुन लामो समय लाग्ने र सामान्य रुघाखोकी पनि फोक्सोसम्म फैलिन गई निमोनिया हुने डर हुन्छ । त्यस्तै रुघाखोकी लगायतका संक्रमण हुँदा बाथको दुखाई, सुन्निनेपन र अररोपन समेत बढ्ने सम्भावना हुन्छ ।

जाडोमा बाथको रेखदेख कसरी गर्ने ?
- न्यानो लुगा, बाक्लो पञ्जा, मोजा, घुँडामा लगाउने पट्टी आदिको प्रयोग गरी चिसोबाट जोगिन प्रयत्न गर्ने ।

- प्रशस्त मात्रामा तातो झोल पदार्थ -तातो पानी, चिया, सुप, दालको रस, माछामासुको रस आदि) खाई शरीरलाई तातो र न्यानो राख्न प्रयत्न गर्ने ।

- बिहान बेलुकी मनतातो पानीमा नून राखी ५ देखि १० मिनेटसम्म हातगोडाका औंलाहरू डुबाउने । यसले जोर्नीको दुखाई, सुन्निनेपन र अररोपन कम गर्न मद्दत गर्दछ ।

- कुहिना, कुम, गर्दन, ढाड, फिला, घुँडा आदि भागमा तातो पानीको ब्याग वा अन्य तातो पार्ने वस्तु -जस्तैः बिजुलीबाट तातो पार्ने सामान) राखी न्यानो पार्ने तर यसो गर्दा अत्यधिक तापको कारणले छालामा पोलेको छ कि भनी सधैं सजग हुनुपर्छ ।

- चिसो पानी छुँदा हातगोडाका औंलाहरूको रङ्ग परिवर्तन हुने, दुख्ने र झमझम गर्ने बिरामीहरूले चिसो पानीबाट जोगिने, हातमुख धुँदा र स्नान गर्दा मनतातो पानीको प्रयोग गर्ने तथा अन्य कामहरू गर्दा पनि मनतातो पानीकै प्रयोग गर्नुपर्छ । चिसोले गर्दा रगतका नलीहरू साँगुरिएर समस्या भएमा चिकित्सकको परामर्शमा रगतका नली फुलाउने औषधिको सेवन गर्न सकिन्छ ।

- कुनै कुनै बाथका रोग -विशेष गरी लुपस) लाई सूर्यको प्रकाशमा पाइने परावैजनी किरणले बढाउन सक्ने भएकोले यसका बिरामीहरू घामबाट जोगिनु अत्यन्त जरुरी छ । लुपसका बिरामीहरूले घाम आˆनो शत्रु हो भनेर बुझ्नु पर्दछ । यस्ता बिरामीहरूले हरेक दिन २ पटक -विहान उठ्ने बित्तिकै र दिउँसो तिर) घाम पर्ने शरीरको भागमा सनस्त्रिmन लगाउने गर्नुपर्दछ । विभिन्न अध्ययनका अनुसार सूर्यको प्रकाशको खराब असरबाट जोगाउने क्षमता तीस नम्बर भन्दा बढी भएका सनस्त्रिmनहरू लुपसका बिरामीमा बढी फाइदाजनक भएको पाइएको छ ।

- हिउँदको समयमा रुघाखोकीको ज्वरो बाथका धेरै बिरामीहरूमा हुनसक्ने र यसले गर्दा जोर्नीको दुखाई, सुन्निने र अररोपन पनि बढ्न सक्ने भएकोले रुघाखोकीको समयमै औषधि गर्नु जरुरी छ । यसले गर्दा रुघाखोकी बिगि्रएर हुने निमोनिया जस्ता जटिलताबाट पनि जोगिन सकिन्छ । विकसित देशहरूमा हरेक वर्ष हिउँद ऋतुको आगमनसँगै रुघाखोकीबाट बचावटको लागि इन्Šलुयन्जा विरुद्धको खोप -Šलु भ्याक्सिन) दिने चलन छ । हामीकहाँ हालसम्म यस्तो चलन नभैसके पनि रुघाखोकीको समयमै औषधिउपचार गरेर यसबाट हुने हानिबाट जोगिन सकिन्छ ।

हामीमध्ये धेरैले जाडोले गर्दा बाथरोग हुने अनुमान गरेका छौं, जुन सत्य होइन । किनभने बाथका रोगहरू साईबेरिया जस्तो प्रचण्ड जाडो हुने ठाउँदेखि अपि|mका जस्तो प्रचण्ड गर्मी हुने ठाउँसम्म जताततै उत्तिकै रूपमा देखिएका छन् । त्यसैले चिसोले बाथरोग उब्जाउने नभई यसलाई बढाउन मात्र गर्दछ ।
स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements