Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




इ-रक्तदान सञ्जीवनी बुटी

न बन्छ यो कारखानामा
न बग्छ यो खोलानालामा
रक्तदान गरौं, जीवनदान गरौं ।

यही आशयको गीति सन्देश बजाउँदै अनेकन् ठाउँमा रक्तदानको आहृवानमा नियमित कार्यक्रम गरिएका भेटिन्छन् । अझ् राजधानीको भूगोलपार्क क्षेत्रमा त हरेक शुक्रवार रक्तदानको आहृवानमा विभिन्न कार्यक्रम भइरहेकै हुन्छ । सरसर्ती हेर्दा 'काम नभएर र नपाएर गरिएको र हुने जमघट जस्तो लाग्ने रक्तदानका स्ता क्याम्पसहरूको महत्व बुझ्नेहरूका लागि भने जीवनदानको एउटा पुनीत कर्म र महान् यज्ञ हो । जसका काण अचेल रक्तदान गर्नेहरूको सङ्ख्या बढ्नुसँगै रक्तदान प्रक्रिया, रक्तदाता समूहहरूको सञ्जाल गठन एवं उनीहरूबीचको सामीप्य बढाउने खालका गतिविधिहरू पनि सञ्चालन गरिन थालिएको छ । यस्ता गतिविधिहरूले गर्दा रगतको आपूर्ति अभावमा बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थामा सुधार आउँदै गएको छ ।

कुन ठाउँमा कस्ता बिरामीलाई कुन समूहको रगत चाहिएको छ ? अनि त्यस्ता रगत समूहका दाताहरूलाई कहाँ कसरी भेट्ने ? हिजोका दिनसम्म यस्ता समस्याहरू भोग्नेहरूले जसरी भोग्दथे, त्यसलाई व्यक्त गरिँदा एउटा कहालिलाग्दो अत्यास, जो कोहीले महसुस गर्दथ्यो । खासगरी अत्यन्त दुर्लभ र अप्राप्य मानिने ओ नेगेटिभ समूहको रगत खोज्नु र रक्तदाता पाउनु त 'भाग्यले साथ दिनु' जस्तै मानिन्थ्यो । एक पिन्ट रगतका लागि महङ्गो मूल्य चुकाएर पनि सहज रूपमा पाउन नसक्दा भौंतारिएकाहरूको कथाव्यथासँगै अझ् त्यही रगतको अभावमा ज्यान नै गुमाउनेहरूको वास्तविकताबोध गर्नुपर्दा सारा समाजलाई नै कुरीकुरी लाग्दथ्यो । तर अहिले विगतको त्यो दारूण स्थितिमा सुधार आउनुसँगै रगतको आवश्यकतामा कोलोहोलो गर्नुपर्ने स्थितिको अन्त्य ब्लड डोनर्स एसोसियसन, नेपाल -ब्लोदान) ले गराइदिएको छ । त्यो पनि सम्पूर्ण विवरणका साथ समस्या निदान गर्ने वेबसाइटको व्यवस्था गरेर ।

हिजो यसैछापामा प्रकाशित समाचार अनुसार ब्लोदानले सूचना प्रविधिको उपलब्धतामा डब्लु डब्लु डब्लु डट ब्लडमेम्बर्स डट कमको वेबसाइट बनाएर त्यसभित्र रगतका सबै खालका समस्याको आवश्यकीय सूचनाको संयोजन गरेको छ । कुनै पनि बिरामीलाई कुन रगतको खाँचो छ ? ताजा रगत नपाएर बिरामीलाई उपचार गराउन नसक्ने छटपटी उनका आफन्तहरू बोकी हिंडेका छन् ? अथवा रक्तदाताको ठेगानाका साथ सम्पर्क टेलिफोन वा मोवाइ नम्बर नपाएर कोही कतै भौंतारिरहेको अवस्था छ भने त्यसको समस्याबाट मुक्ति पाउन उक्त वेबसाइटमा लग गर्नासाथ राहत मिल्ने व्यवस्था गरिदिएको छ । प्रचलित भाषामा ई.रक्तदान भनिए पनि ब्लोदानले अद्यावधिक तुल्याएको यो वेबसाइट रगतका समस्याहरूको 'सञ्जीवनी-बुटी' को अर्थमा देखापरेको नकार्न सकिँदैन ।

एकप्रकारले रक्तदान जस्तो आफैमा महादानको सुकर्म मानिने क्षेत्रमा सहज रूपले अनेकन् समस्याहरूबाट पार पाउने गरी सञ्चालनमा ल्याइएको यस वेबसाइटका कारण धेरै बिरामीहरूले धेरै अर्थमा जीवनदान भेट्ने कुरामा शङ्का त छैन । तर रक्तदानको सन्दर्भमा अझै आमनागरिकबीच सचेतना प्रवाहका साथ जागरणको खाँचो रहेको भने सम्बद्ध पक्षहरू टिप्पणी गर्छन् । एउटा बिरामीलाई आवश्यक पर्दा उपलब्ध हुने रगतले उसको जीवन रक्षा त गर्छ नै । तर स्वतःस्फुर्त रूपमा विरामी हुनुपर्व ऊ आफैले पनि रक्तदान गर्नुपथ्र्यो भन्ने महसुस चाहिं सम्बद्ध पक्षले गराउन सक्नुपर्छ ।

रगत आपूर्तिको क्षेत्रमा जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाइटी जससँग आवश्यकीय जे जस्तो स्रोत र साधन छ, उक्त सोसाइटी आफैंले यस्ता मान्यताहरूलाई प्रचारप्रसार गर्दै व्यापक तुल्याउनुपर्छ । आफू आफै जागेर निःस्वार्थ रक्तदानको महान् र पुनीत कर्म गर्ने दाताहरू आफैंले जागेर यस किसिमले कार्य थालनी गरिनु अघि रेडक्रसले नै बाजी मार्न सक्नुपथ्र्यो भन्ने आवाज पनि उठ्न थालेको छ । हुन त 'ब्लोदान' ले आरम्भ गर्दे अघि बढाएको यस व्यवस्थामा के कस्तो योगदान रेडक्रस सोसाइटीका तर्फबाट गरिएको थियो ? त्यसको पत्तो भएन । गरिएको भए राम्रै भयो, यदि नगरिएको भए त्यसतर्फ अविलम्ब सहकार्य गरिनु जरूरी छ । अझ त्यससँगसँगै रक्त-क्षेत्रमा कार्यरत हरेक सङ्घ संस्था र व्यक्तिविशेषले समेत ऐक्यवद्धता जनाउनै पर्ने अवस्था छ । किनभने सुरुमै भनिएको गीति आशय अनुसार पनि रगत आखिर न नदीनालामा बग्छ न त कारखानामा नै बनाइन्छ । यो करेह मान्छेको शरीरमा हुन्छ, केवल उसलाई 'दान'को स्वतःस्फूर्त समर्पणतर्फ उन्मुख गराउनु मात्र आवश्यक छ ।

स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements