Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




चिरिएका ओठ र तालुलाई सुन्दर बनाउने विज्ञान

झरना नहर्की

नौ महिनासम्म् गर्भमा राखी दस महिनामा जन्मने शिशु स्वस्थ एवं सुन्दर होस् भन्ने चाहना सबै आमाको हुन्छ । आमाले आफ्नो सन्तानको शारीरकि तथा मानसिक स्वरूपका बारेमा राम्रो सपना बुनेकी हुन्छिन् । सपना बुनेर मात्र पुग्दैन, गर्भावस्थामा सन्तानका लागि आमाले धेरै कुरामा विचार पुर्‍याउनर्ुपर्छ । खानपानदेखि व्यवहारमा समेत संयमित हुनर्ुपर्छ । खानपान तथा उचित व्यायामले स्वस्थ सन्तानको जन्म हुने कुरा विज्ञानले पुष्टि गरसिकेको छ । यद्यपि सबै आमाबुवाले आफूले सोचेजस्तै सन्तान प्राप्त गर्छन् भन्ने छैन । शिशु जन्मदा अनेकांै समस्या लिएर जन्मन सक्छन् । तीमध्ये खु“डे तथा तालु चिरनिे समस्या पनि एक हो । सहरी परविेशभन्दा गाउ“ले परविेशमा जन्मिएका बालबालिकाहरूमा यो समस्या बढी देखिएको छ ।

नेपालमा जन्मने हरेक ५ सयमध्ये एउटा शिशु ओठ तथा तालु  चिरएिको (खु“डे) पाइएको छ । समयमै उपचार नभए यसले शिशुको स्वास्थ्यमा समस्या ल्याउ“छ । यस्तो समस्या भएका शिशुको उमेर बढ्दै गएपछि व्यक्तित्व विकासमा बाधा पर्छ । यसले मानिसमा हीन भावना उत्पन्न हुन्छ । खु“डेहरू समाजबाट तिरस्कृत भएका घटना पनि हाम्रा सामु छन् ।

चिकित्सकहरूका अनुसार खु“डे अनुहार विभिन्न्ा ठाउ“मा हुनसक्छ । तीमध्ये ओठ र तालु चिरएिका केस बढी पाइएका छन् । तालु मुखभित्र हुने भएकाले आफ्नो सन्तानको  तालु चिरएिको कुरा धेरै अभिभावकले थाहा पाउ“दैनन् । शिशु अरू साधारणभन्दा भिन्न स्वर निकालेर रुन्छ र बोल्छ भने तालु खु“डे भएको हुनसक्छ । यस्ता बालबालिकाहरूलाई  दूध चुस्न गाह्रो हुन्छ । दूध चुसेको अवस्थामा नाकबाट दूध निस्कने अथवा र्सकने समस्या हुन्छ । गर्भावस्थामा ६ देखि १२ हप्ताबीचको समयमा सामान्य भ्रुणको विकास हु“दा तालु र ओठ जोडिन्छ । कुनै कारणले ओठ वा तालु जोडिन सकेन भने खु“डे शिशु जन्मिन्छ । खु“डे शिशु जन्मनुमा र्सर्ूय वा चन्द्र ग्रहणलाई कारण मानिन्छ । ग्रहण लागेका बेला गर्भवती महिला बाहिर निस्किए वा शिशु जन्मिए यस्तो समस्या आउने विश्वास गरन्िछ । यद्यपि विज्ञानले यसलाई सत्य मान्दैन ।

हिजोआज खु“डे बालबालिकाको शल्यक्रिया गरेर नया“ स्वरूप दिन सकिन्छ । खु“डे सन्तान जन्मियो भनेर अब चिन्ता लिनुपर्दैन । मोडल, बी.एण्ड.बी, धुलिखेल तथा नेसनल डेन्टल हस्पिटलमा खु“डे वा तालु चिरएिका बालबालिकाहरूको शल्यक्रिया गरन्िछ । कुनै अस्पतालले नि:शुल्क उपचार गररिहेका छन् भने कुनैले शुल्क लिएर यस्ता रोगको उपचार गररिहेका छन् । 

ओठ वा तालु चिरिएका बालबालिकालाई हुने समस्या र खाना खान तथा ख्वाउने समस्या ।
- श्वासप्रश्वासको समस्या ।
-बोली तथा भाषामा अस्पष्टता ।
- दा“त तथा गिजामा समस्या ।
- व्यक्तित्व विकासमा समस्या ।
र शिशु जन्मिएपछि उसको हेरचाहमा अरू सामान्य बालबालिकाहरूभन्दा विशेष हेरचाह गर्नुपर्छ । आमाले मात्र होइन घरका सबै सदस्यले शिशुको स्याहार गर्नुपर्छ ।



पोषण
खु“डे शिशुलाई खान वा ख्वाउन केही असजिलो हुने भएकाले उपचार केन्द्रका पोषण विशेषज्ञको सल्लाहबाट शिशुलाई चुस्न सजिलो  हुने सामान तथा तालुमा प्लास्टिकको कभर लगाएर ख्वाउन सकिन्छ ।


मनोवैज्ञानिक
निर्धारति समयमा उपचार गराए शिशुमा केही समस्या हु“दैन भन्ने सोच राखेर अरूलाई पनि सल्लाह दिनर्ुपर्छ ।

शारीरिक र सामाजिक
शिशुको खुल्ला मुख तथा नाकबाट धूलो तथा कीटाणु प्रवेश गर्ने हुनाले सफा, स्वच्छ ठाउ“मा राख्ने । यस्तो शिशु जन्मिने कारणका सम्बन्धमा व्याप्त अन्धविश्वास हटाउनर्ुपर्छ ।

शल्यक्रिया
यो अवस्थाको एकमात्र निदान अप्रेसन हो ।

अप्रेसनअघि जान्नुपर्ने कुराहरू 
- शिशु जन्मिएको ३ महिनादेखि खु“डे ओठको अप्रेसन हुनसक्छ । 
- यदि तालु खु“डे भए १ वर्षेखि २ वर्षभत्रमा अप्रेसन गर्दा शिशुको बोली प्रस्ट हुनसक्छ । 
- शिशुको उमेरअनुसार तौल वृद्धि हुनर्ुपर्छ । मुटु रोग, क्षय रोग वा अन्य रोग भएकाहरूमा त्यसको उपचार भएपछि मात्र यस्तो अप्रेसन हुन्छ । साथै सामान्य रुघाखोकी, ज्वरो आएको छ भने पनि निको भएपछि मात्र अप्रेसन हुनसक्छ ।

अप्रेसनपछि ध्यान दिनुपर्ने कुराहरू 
- ओठको अप्रेसन गरेकाहरूलाई १ हप्तासम्म नरम खानेकुरा मात्र दिनर्ुपर्छ । 
- तालुको अप्रेसनपछि ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र दिनर्ुपर्छ । 
- अप्रेसनको ६ हप्तापछि शिशुलाई बोलीसम्बन्धी तालिम दिन सम्बन्धित अस्पतालमा लैजानर्ुपर्छ । अप्रेसनपछिको कुनै पनि समयमा केही समस्या आए आफूले अप्रेसन गरेको अस्पतालमा सर्म्पर्क राख्नर्ुपर्छ ।
स्रोत : www.ekantipur.com








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements