Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्

त्रिचन्द्र 'प्रतीक्षा'


विगत पाँच वर्षअघिदेखि धापासी बस्ने ३५ वषर्ीय रामबहादुर बानियाँलाई राती पटक्कै निद्रा लाग्दैन, त्यसैले उपचारार्थ शिक्षण अस्पताल धाइरहेका छन् । यस्तै भर्खरै ११ कक्षामा भर्ना भएकी अनामनगरकी १६ वषिर्या सुष्मिता राईलाई राति १२ बजे उप्रान्त निन्द्रा नलाग्ने भएको हुनाले उनका बुबाले ओम हस्पिटलमा ल्याएका छन् । ४० वषर्ीया कमला श्रेष्ठलाई पनि खाना खाएर सुत्दा भाते निद्रा -२।४ घण्टा) पछि निद्रा लाग्दैन । निद्रा नलाग्ने समस्या अहिले आम समस्या बनिसकेको छ ।

उमेर ढल्किसकेपछि निद्रा कम लाग्नु कुनै ठूलो कुरा मानिँदैन तर युवावस्थामा निद्रा नलाग्नु भने चिन्ताको विषय हुनसक्छ । वरिष्ठ डा. देवेन्द्र प्रधान निद्रा नलाग्नुको कारणबारे भन्नुहुन्छ - 'मानिसलाई विशेषगरी राती निद्रा नलाग्नु भनेको त्यसभित्र मानसिक तनावले जरा गाड्नु हो । सो मानसिक तनाव मुक्त हुने कोसिस गर्दा नै राम्रो हुन्छ ।' डाक्टरी उपचार अथवा औषधिले अनिद्रालाई स्थायी नभई क्षणिकलाई मात्र समस्या समाधान हुने गर्छ । अचेल हरेक व्यक्तिमा एकप्रकारको तनावले जरा गाडेको हुन्छ । सो मानसिक तनाव दिउँसोभन्दा राती मस्तिष्कमा आउन र मानिसको निद्रा लाग्ने ग्रन्थीलाई सक्रिय तुल्याउँछ । जसले गर्दा व्यक्तिलाई निद्राबाट टाढा राखिदिन्छ । विशेषगरी पारिवारिक समस्या, आर्थिक समस्या, पढाई आदिले मानिसको मस्तिष्कमा गहिरो प्रभाव पारेपछि राती फुर्सदको समयमा उक्त तनाव मस्तिष्क वरिपरि घुमिरहने हुँदा राती निद्रा नलाग्ने हुन्छ ।

यस्तो निद्रा नलाग्ने समस्या छ भने तपाईं चिकित्सक कहाँ जानुभन्दा पहिले तनाव मुक्त हुने प्रयास गर्नुहोस् र तल उल्लेखित उपायहरू अपनाएर हेर्नु भए अनिद्राबाट केही हदसम्म राहत पाउन सक्नुहुनेछ ।

निद्राको रहस्य के हो ?
मानिसले साधारणतः २४ घण्टामा ८ घण्टा सुतेर बिताउँछ । अतः जीवनको तीन चौथाईमा एक चौथाई सुत्नमै बित्छ । कोही ८ घण्टा सुत्छन्, कोही निद्रा नआएर छट्पटाउँछन् । विशेषज्ञहरूको भनाइअनुसार सुतेको बेला नाडी, रक्त दबाव, श्वास क्रिया, मांशपेशी तथा अन्य शारीरिक प्रतिक्रियामा एक परिवर्तन वा स्थिरता आउँछ । यसले मस्तिष्कमा के प्रभाव पर्छ, यसै भन्न सकिएको छैन तर अब निद्राको अवस्थाको विश्लेषण गर्न सम्भव चाहिँ भएको छ ।

कति सुत्ने र कस्तो सुत्ने ?
खास रूपमा ८ घण्टा सुते पुग्छ भनिन्छ, तर यसमा पनि अपवाद छ । केही क्रियाशील प्रखर व्यक्तिहरू ३।४ घण्टा मात्रै सुत्छन् । उमेरसँगै निद्राको समयमा पनि फरक पर्छ । केटाकेटीहरू दिनभरि सुत्छन् । बूढाबुढीहरू दिनभरी बेलाबेलामा उध्छन् र तिनले सुतेको सम्पूर्ण समय जोड्ने हो भने बूढाबुढीहरू पनि निकै समय सुत्छन् ।

मस्तिष्क सुत्छ ?
शरीर आराम गर्छ, तर मस्तिष्क निकै जागरुक रहन्छ र रईजी -निद्रा नाप्ने यन्त्र) को सहायताबाट डाक्टरहरूले नाप्छन् । यो बिजुलीको मेसिनले मस्तिष्कका तरङ्गहरू नापेर देखाउँछ ।

गाढा निद्रा कहिले लाग्छ ?
निद्राको गाढापन चार प्रकारको मानिएको छ । पहिलो सबैभन्दा गाढा निद्रा चौथो खालको भनिन्छ । जब जब रात बित्छ क्रमशः दोस्रो र तेस्रो निद्रा पहिलो स्तरमा आउँछ । भनाइ के छ भने बाह्र बजेभन्दा पहिलेको निद्रा रात दुई बजेपछिको भन्दा राम्रो गाढा हुन्छ । धेरै मानिसहरू १० बजेदेखि १२ बजेसम्मको निद्रानै सबैभन्दा उत्तम मान्दछन् ।

निद्रामा हिँड्नु
चौथो स्तरको गाढा निद्रामा कोही मानिसहरू बरबराउने कोही उठेर हिँड्ने गर्छन् । यसै अवस्थामा बच्चाहरू ओछ्यानमा सूची गर्छन् । यस अवस्थामा बरबराउने वा हिँड्ने व्यक्तिलाई विस्तारै समातेर सम्झाएर राम्ररी ओछ्यानमा सुताउनुपर्छ । यस्तै बच्चाले सूची गर्यो भने सम्झाएर बुझाएर ब्यूँझाएर सुताउनु पर्छ । यस्तै बच्चाले सूची गर्यो भने सम्झाएर बुझाएर ब्यूँझाएर सुताउनुपर्छ । अचानक गाली गर्नु वा पिटपाट गर्नुघातक हुनसक्छ । यो निद्रामा धेरैजसो बेहोशनै हुन्छ ।

सपना कहिले आउँछ ?
सुतेको एक घण्टापछि तिव्र आँखाको गति शुरु हुन्छ । यसै अवस्थामा सपना आउँछ । सबैले सपना देख्छन्, कोहीले बिर्सन्छन् भने कोहीले बिर्सदैनन् सपना देख्दा हामी मानसिक रूपमा स्वस्थ्य हुन्छौँ ।

खराब सपना के हो ?
जब कुनै व्यक्ति जबरजस्ती वा कुनै मानसिक तनावको अवस्थामा सुत्छ भने उसलाई खराब सपना आउँछ भनिन्छ । यसमा पसिना आउने, हृदयकोगति बढ्ने, मांसपेशी संकुचनले अप्ठ्यारो भएर आउने र छटपटी हुनेगर्छ । यस्तो अवस्थामा विस्तारै सुताइ दिनुपर्छ । बारम्बार छट्पटी आउने भएमा डाक्टरको सल्लाह पनि लिन आवश्यक छ । निश्चित समयमा निद्रा नआउनु वा चिन्ता तनावबाट निद्रा नआउनुको लक्षण हो । निराशा, चिन्ता, अनि शरीर ठीक नभएर दुब्लाउनु सबै मानसिक गडबडी हो र थायरायड ग्लाण्डमा अधिक सक्रिय हुनु पनि शारीरिक गडबडी हो यी सबै निद्रा नआउने कारणले गर्दा हुन्छ ।

विशेषज्ञहरू निद्रा नआउने विषयमा अत्यधिक सोच्नु पनि निद्रा नआउने कारण हो भन्दछन् । अक्सर शारीरिक रूपले स्वस्थ्य भए पनि अनिद्राको कारणले गर्दा रोगको पीडा र गुनासो रहिरहन्छ । यस्तो रोगी झडङ्ग अनि निन्याउरो अनुहारको हुन्छ र रिस र निरासको कारण पनि बन्छ । मस्तिष्कमा दुई केन्द्र हुन्छ, एकले हामीलाई ब्यूँझाइ राख्छ भने अर्कोले सुताउँछ । चिन्ताले हामीलाई निद्रा आउन दिँदैन ।

निद्राको औषधि
निद्रामा गडबडी भएमा डाक्टर देखाउनुपर्छ । उसैको सल्लाहमा औषधि लिनुपर्छ । औषधि स्थायी उपचार चाहिँ पक्कै पनि होइन लगातार औषधि बढाउनु घातक हुन्छ । स्वस्थ, शान्त र प्रसन्न रहनुनै अनिद्राको अचुक औषधि मानिन्छ र जति निद्रा पर्छ त्यसमा सन्तोष गर्नु उपयुक्त हुन्छ ।

मीठो निद्रा कसरी पाउने ?
- सधैँ बिहान आरामसँग खुल्ला हावामा घुम्ने गर्नोस् ।

- सुत्नुभन्दा एकघण्टा पहिले मनतातो दूध पिउनु पनि फाइदाकारी हुन्छ ।

- सबै समस्या र चिन्तालाई कोशिस गरेर बिर्सनुहोस् र शान्त रहनुस् ।

- ओछ्यान हल्का नरम राख्नोस् ।

- हरसम्भव ११ बजेभन्दा पहिलेले सुत्नोस् ।

- निद्राको ध्यान गरेर पनि मीठो निद्रा आउँछ ।

- आफूलाई मनपर्ने मीठो सङ्गीत सुनेर सुत्ने बानी गर्नोस् ।

निद्राबाट के फाइदा ?
- सुत्दा शरीरमा हार्मोनको विकास तीव्र हुन्छ । त्यसैले बच्चा जति सुत्यो चाँडै बढ्छ भनिन्छ । - वयस्कहरूको छालाको नयाँ तह बन्छ र अनुहारमा सौन्दर्य बनेर झल्कन्छ । - सुत्दा रौं र कपालको विकास चाँडो चाँडो हुन्छ । - सुत्दा पेटको भित्री तहमा परिवर्तन भएर फाइदा हुन्छ । - घाउ, चोटपटक आदि चाँदै पुरिन्छ र फाइदा हुन्छ । - दिनभरिको थकाइहरू पूर्णरूपमा मेटिन्छ । स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements