Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




मसलाको स्वाद !

गणेशकुमार लाल


सुहाम्रो भोजनमा विभिन्न किसिमका परिकार हुन्छ । त्यस परिकारमा कुनै न कुनै किसिमको मसलाको प्रयोग भएकै हुन्छ । जस्तै दालमा बेसारको उपयोग गरिएन भने दाल स्वादिलो हुँदैन । बेसारले दाललाई रङ्गीन बनाउनुका साथै स्वास्थ्यलाई लाभ पनि पुर्‍याउँछ । दालमा उपयोग हुने अर्को मसला हो जिरा । दालमा जिराले विशिष्ट स्वाद उत्पन्न गर्छ । यसले दाललाई अति स्वादिलो बनाउँछ । खाद्य पदार्थमा मसलाको उपयोग प्राचीनकालदेखि हुने गरेको छ । धरैजसो मसलाको उत्पादन हाम्रो देश नेपालमा हुन्छ । यसबाट कृषि क्षेत्रको उत्पादन वृद्वि हुनुका साथै कृषि कार्यमा संलग्न हाम्रा कृषक दाजु-भाइ तथा दिदीबहिनीको आर्थिक अवस्थामा अभिवृद्वि भएको पाइन्छ । मसलामा औषधीय गुण पनि विद्यमान भएका कारणले मसलाको उपयोग हामी सबैले गर्ने गछार्ंै । मसलामा पाइने एमाइलेज, न्युरोमिक एसिड र हेकसोएमाइलेजबाट हामीले खाने गरेको खानालाई पचाउनमा सहयोग र सहायता पुर्‍याउँछ । पाचनक्रियालाई सन्तुलित बनाउनुका साथै शरीरभित्र भएका गलैन्डबाट पाचन एनजाइम बनाउनमा सहयोग प्राप्त हुन्छ । साथै मसलाले रोग निरोधक क्रियालाई सबल बनाउँदछ ।

मसलाले रगतको सञ्चालनमा सहयोग गर्नुका साथै रगतबाट प्रभावित चापलाई पनि नियन्त्रणमा राख्दछ । हामीले मसलाको उपयोग सन्तुलितमात्रामा गरिराखेमा यसबाट फाइदा हुन्छ तर मसलाको उपयोग धरैमात्रामा गर्नाले यसबाट शरीरलाई हानि हुने सम्भावना बढी हुनजान्छ । हामीले खाने गरेको मसलाले हाम्रो छालालाई पनि राम्रो सौन्दर्यवान् बनाउँदछ । मसलाले हाम्रो छालाको रङलाई प्राकृतिक अवस्थाबाट रूपवान बनाउनमा हामीलाई सहयोग पुर्‍याउँदछ । बेसार, अदुवा र लसुनलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

बेसार (हलेदो): बेसारबेगरको खाना हेर्दै आकर्षक हुँदैन र स्वादिलो पनि हँुदैन । नेपाली परिकार, दाल, तरकारी मासु, अचार होस् वा विदेशी परिकार हुन् बेसार नहाली खानै मन लाग्दैन । खानालाई पहेँलो बनाउने भएकाले पनि यसको उपयोग खुबै हुने गरेको छ । खाद्य बाहेक अन्य प्रयोजनमा पनि बेसारलाई उपयोग गरिन्छ । विभिन्न रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न वा उपचारात्मक कार्यमा बेसारको उपयोग गरिन्छ । औषधीजन्य तेल, मलम आदि यसबाट तयार गरिन्छ । त्यस बाहेक पेटसम्बन्धी समस्याका लागि, रगतको शुद्वीकरण गर्न, पेटको जुका मार्न, घाउमा लेपन गर्न, रुघाखोकीबाट छुट्कारा पाउनेलगायतका काममा औषधिका रूपमा यसको उपयोग हुन्छ । नेपालमा तराईदेखि हिमाली भेगमा बेसार९हलेदो० को खेती हुँदै आएको छ । बारा, परसा, रौतहट, सर्लाही, महोतरी, काभ्रे, चितवन, धादिङ, पालपा, सन्यान, बाँके, बर्दिया, डोटी आदि जिल्लामा बेसार खेतीका लागि प्रमुख स्थान मानिएका हुन् ।

बेसारमा पाइने करकाउमिन भन्ने विशेष किसिमको रसायनले बेसारको महìवलाई बढाएको छ । बेसारमा सामान्यतया यसमा लेड क्रोमेट मिसाएर बजारमा बेच्ने गरेको पाइन्छ । लेड क्रोमेट अखाद्य पदार्थ हो । यस किसिमबाट मिसिएको रसायनिक पदार्थले शरीरलाई हानि पुर्‍याउँदछ । बेसारको गानोलाई चुन पानीमा अथवा खाने सोडामा उमालेर र सुकाएर पिधिँदा पहेलो रङ राम्रोसँग लाग्दछ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । बेसारको उपयोग खाद्य पदार्थलाई प्राकृतिक रङ प्रदान गर्नका लागि पनि प्रयोग गरिन्छ । उदाहणका लागि केक, चिज, बटर, मारजरिन, माछा, मासु, अचारमा यसको निकै उपयोग गरिन्छ । बेसारमा प्रति १०० ग्राम तौलको आधारमा पाउडररूपमा भएको बेसारमा प्रोटिन ८.६ प्रतिशत कार्बाेहाइडेट ६३ Þ० प्रतिशत बोसो ८ Þ९ प्रतिशत कैलसियम ० Þ९ प्रतिशत फसफोरस ० Þ२६ प्रतिशत फलाम ०.०५ प्रतिशत सोडियम ०.०१ प्रतिशत पोटासियम २.५ प्रतिशत र उडनसिल तेल ५ देखि ६ प्रतिशतसम्म पाइन्छ ।

तेजपात: नेपालमा पाइने तेजपात महतवपूर्ण मसला हो । तेजपात मध्यम आकारको सदाबहार अति उपयोगी रूख हो । यो १० मिटरसम्म अग्लो हुन्छ । यसको बोक्राको रङ कलिलो अवस्थामा हरियो र छिपिएको बोटमा खैरो हुन्छ । यही रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भनिन्छ । तेजपातको वैज्ञानिक नाम सिन्नामोमम तमला हो संस्कृतमा तेजपातलाई बहुगन्ध, बिज्जुला तमलापत्र आदि नामले चिनिन्छ ।

तेजपातको पातको लम्बाई १४ से.मी. लाम्चो आकारमा हुन्छ । यसको रङ हल्का हरियो हुन्छ । फूल सेता र एउटै झुप्पामा फुलेका हुन्छन् । यसमा फागुन महिनादेखि चैत महिनासम्म फूल फुल्ने गर्छ । यसको फल वैशाखदेखि असारसम्म पाक्ने गर्छ । मसलाको उपयोगिताको दृष्टिले हेर्दा तेजपात अति उपयोगी रूख हो । यसको पात र बोक्रा दुवै मसलामा उपयोग गरिन्छ । नेपालको अन्य मसला जस्तै यो पनि सुगन्धित मसला हो । बोक्राको रूपमा प्राप्त हुने दालचिनी खाद्य रूपमा उपयोग गर्नका लागि आवश्यकताअनुसारको प्रशोधन गरिन्छ । किनभने प्रारम्भिक अवस्थामा तेजपातको बोक्रा जो दालचिनीको रूपमा उपयोग गरिन्छ त्यो ढुसी, कीरा, माटोबाट प्रभावित हुन्छ । त्यसैले यसलाई प्रारम्भिक प्रशोधन गर्नु अति आवश्यक छ । हाम्रो घर-घरमा दालचिनीको उपयोग मसलाको रूपमा गरिन्छ । यसको सुगन्ध र स्वादले तरकारी, मासु र अचार मिठो परिकारको रूपमा तयार गरिन्छ । दालचिनीको प्रयोग गरी बनाइएको अचारलाई मानिसले अति मन पराउँदछन् र सामान्यरूपमा दालचिनीमा प्रति १०० ग्राममा प्रोटिन ४.६ प्रतिशत कैलसियम १.६ प्रतिशत सोडियम ०.०१ प्रतिशत फलाम ०.००४ प्रतिशत पोटासियम ०.४ प्रतिशत पाइन्छ ।

तेजपातको पात र बोक्राको उपयोग मसलाको रूपमा र खाद्य पदार्थलाई सुगन्धित बनाउनमा प्रयोग गरिन्छ । दालचिनीको उपयोग दन्तमञ्जन, साबुन उद्योग, सेन्ट, खाद्य उद्योगका साथै औषधि उद्योगमा गरिन्छ । दालचिनीबाट प्रति १०० ग्राम तौलमा ०.५ देखि १.० प्रतिशत तेल प्राप्त हुन्छ । दालचिनीको उपयोगले शरीरमा पानीको कमीलाई हटाउँदछ । नेपालमा तेजपातको बोट काठमाडौँ उपत्यका लगायत रूपन्देही, सर्लाही, मोरङ, तेहृथुम, तापलेजुम, पाँचथर, धनकुटा, सुनसरी, महोतरी, लमजुड., कास्की, पाल्पा, वन क्षेत्रभित्र यसको रूख सहजरूपमा पाइन्छ ।

अलैँची: हाम्रो देशमा अलैँचीको खेती पूर्वी नेपालमा गरिन्छ । अति प्राचीनकालदेखि नै अलैँचीको उपयोग मसलाको रूपमा हामीले गरिराखेका छौँ । यसको स्वादले सबैलाई मोहित पार्दछ । किनभने अलैँची आफनो स्वादमा विशिष्ट गुणले परिपूर्ण छ । अलैँचीको प्रति १०० ग्रामको तौलमा प्रोटिनको मात्रा ६.० प्रतिशत र फाइबर २२.० प्रतिशत पाइन्छ । मसलाको साथै यसको औषधीय गुण पनि अति महìवपूर्ण छ । मुखमा उत्पन्न हुने कुनै किसिमका दुर्गन्धलाई यसले हटाउँदछ । मुखलाई सुगन्धित बनाउँदछ । जसले गर्दा मुख सफा गर्ने कतिपय पेस्टमा यसको उपयोग गरिन्छ ।अलैँची खानाले पेटको पचान क्रियालाई सक्रिय बनाउनमा मद्दत गर्छ । विभिन्न किसिमका मिठाइको परिकारमा अति उपयोगी खाद्य पर्दाथ हो अलैँची । अलैँचीले रोग निवारक क्षमतालाई वृद्धि गर्छ । अलैँचीको बोक्रा हटाई एक चम्चा पिसेको अलँैचीलाई क्रिममा मिसाई पेस्ट बनाउनु पर्छ । यो पेस्टलाई अनुहारमा, हातमा र खुट्टाको कुरकुचा भागमा लगाउँदा शरीरमा जाडोको प्रभावबाट छालामा भएको हानिलाई अलैँचीको पेस्टले निकै फाइदा पुर्‍याउँदछ । यस प्रक्रियाबाट अलँैचीको लोसन बनाई आफ्नै घरमा तयार गरी लगाउन सकिन्छ । यसकिसिमबाट तयार पारिएको पेस्ट -लोसन) गालामा लगाई कम्तीमा दुई घण्टा राख्नुपर्छ । त्यसपछि सफा पानीले धुनुपर्छ र सफा तौलियाले नरम तरीकाले पुछ्नुपर्छ ।

अलैँचीबाट प्रति १०० ग्राम तौलको आधारमा २.५ प्रतिशत तेल प्राप्त हुन्छ । यस किसिमको तेलमा टरपाइन १०.६ प्रतिशत, टरपिनोल ७.१५ प्रतिशत, सैविनाइन ६.६ प्रतिशत र पोलिमराइज्ड तेल ३.६ प्रतिशत प्राप्त हुन्छ । अलैँचीको तेल विभिन्न खाद्य पदार्थमा र औषधिमा उपयोग गरिन्छ । नेपाल सरकार गुणस्तर तथा नापतौल विभागले अलैँचीको गुणस्तर निधारण गरेको छ । जसअनुसार कीरा नलागेको सफा २.५ से.मीसम्म लामो भएको र अलैँची भित्रको दाना पुष्ट भएको हुनुपर्छ । आफ्नै प्रकारको प्राकृतिक रङ, स्वाद र बास्ना हुनुपर्नेछ । यसमा कुनै किसिमको बाहृय पदार्थहरू मिसिएको हुनु हँुदैन र यो दुर्गन्धित वा सडेको पनि हँुदैन । यसकिसिमले मसला हाम्रो लागि अति उपयोगी हुनुका साथै औषधीय गुणले परिपूर्ण छ ।
स्रोत : www.gorkhapatra.org.np









Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements