Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




बालबालिकामा हुने सुस्तमनस्थिति

असनकी ५ वषर्ीया रुसा जोशीको बानी हा“सिरहने छ । यद्यपि उनी अरू बालिकाजस्तै चञ्चले छैनन् । उनी न त बोल्न सक्छिन् न त उठेर बस्न नै । रुसालाई भोक, न्रि्रा एवं दिसा-पिसाब लागेको अनुमानसमेत उनकै आमा सुमित्राले गर्नुपर्छ । विद्यालय जाने उमेरमा पनि रुसाको व्यवहार भर्खर ६-७ महिनाको शिशुको जस्तै छ । उनी जन्मदै सुस्तमनस्थितिबाट पीडित बालिका हुन् । रुसाजस्तै सुस्तमनस्थितिको समस्याबाट पीडित हुनेहरूको संख्या तीन प्रतिशत भएको अनुमान गरएिको  छ । सरकारस“ग आधिकारकि तथ्यांक नभए पनि गैरसरकारी संस्था सिविनले सुस्तमनस्थितिको संख्या १२ देखि १४ लाखसम्म भएको उल्लेख गरेको छ ।

बालरोग विशेषज्ञ डा.शैलेन्द्रवीर कर्माचार्यका अनुसार उमेर तथा रुचिबीचको फरक नै सुस्तमनस्थिति हो अर्थात् उमेरअनुसार व्यक्तिको मानसिक एवं बौद्धिक विकास नहुनु वा ढिलो हुनु सुस्तमनस्थिति हो । यो रोग जीवनभर रहन्छ ।

शिशु जन्मिएको एक महिनादेखि हा“स्ने, बोलाउ“दा हर्ेने, तीन महिनामा टाउको उठाउने, ६ महिनामा बस्न, एक वर्षा हि“ड्न तथा डेढ वर्षा बोल्न थाल्छन् तर सुस्तमनस्थितिका बालबालिकाहरू अनुपातभन्दा बढी उमेरमा मात्र यसो गर्न सक्छन् । सामान्यतया बाल-बालिकाहरू तीन वर्षो उमेरपछि परविार एवं छरछिमेकस“ग पनि घुलमिल हुन थाल्छन् । यता सुस्त बालबालिकाहरू आमालाई नछाड्ने हुन्छन् । उनीहरू सिकाएको कुरा ढिलो बुझ्ने वा बुझ्दै नबुझ्ने पनि हुन सक्छन् ।

चिकित्सा विज्ञानमा कुनै पनि व्यक्तिको सुस्तता कति छ भनेर पत्ता लगाउने प्रविधिको विकास भएको छ । नेपालमा यसको मापन आइक्यू टेस्टबाट गरन्िछ । डा. कर्माचार्यका अनुसार साधारण मानिसको दिमागको तीक्ष्णता ७० देखि ११० आई क्यूसम्म हुन्छ भने सुस्तमनस्थितिबाट पीडितहरूको दिमागको तीक्ष्णता ७० भन्दा कम हुन्छ ।   



सुस्तमनस्थितिको कारण
शिशुको मस्तिष्कको विकास गर्भावस्थादेखि नै प्रारम्भ भएर जन्मिएको दर्ुइ वर्षम्म तीव्र रूपमा हुन्छ । यो समयमा शिशुको मस्तिष्कमा कुनै कारणले असर पर्न गए शिशुको स्नायु प्रणाली पर्ूण्ारूपमा प्रभावित हुन्छ । यसले शिशुको शारीरकि तथा मानसिक विकास अवरुद्ध हुन्छ । 

चिकित्सकहरूका अनुसार जन्मदै सुस्तमनस्थिति भएका शिशुहरूमध्ये पचास प्रतिशत जीनको खराबीको कारणले भएको पाइएको छ । शिशु सुस्तमनस्थितिको हुनसक्ने सम्भावना ऊ गर्भमा हु“दा, जन्मिदा एवं त्यसपछि ४ वर्षो नहुन्जेलसम्म रहन्छ ।
गर्भावस्थामा आमालाई दादुरा, क्षयरोग, इन्सेफ्लाइटिस तथा इन्फेक्सन आदि सरुवा रोग लागे जीवाणुले शिशुको मस्तिष्कमा असर पुर्‍याउ“छ ।

यस्तो बेलामा शिशु सुस्तमनस्थितिको हुनसक्छ । गर्भावस्थामा आमाले धूम्रपान गर्ने एवं मद्यपान वा अन्य लागूपदार्थ सेवन गर्नाले पनि शिशु सुस्तमनस्थितिको हुनसक्छ । आमालाई आयोडिनको कमी भए थाइरोक्सिन हार्मोनको उत्पादन कम हुन्छ । यो हार्माेन कम मात्रामा उत्पादन भएमा शिशु सुस्तमनस्थितिको हुनसक्छ ।
पेट्रोल, डिजेल, मटीतेल तथा खानामा मिसाइने रंगहरूमा पाइने सिसा खानाले पनि शिशु सुस्तमनस्थितिको हुनसक्छ । गर्भावस्थामा धेरै पटक एक्सरे गर्दा त्यसबाट निस्कने विकिरण मस्तिष्कसम्म पुगेर पनि शिशु सुस्तमनस्थितिको हुनसक्छ । ३५ वर्षन्दा बढी उमेरका आमाबाट जन्मने शिशु सुस्तमनस्थितिको हुने सम्भावना तुलनात्मक रूपमा बढी पाइन्छ ।

उल्टो जन्मिएको तथा त्यसबेला कुनै कारणवश सास फर्ेन नसकेको अवस्थामा पनि शिशुलाई सुस्तमनस्थिति हुनसक्छ । जन्मने समयमा जबर्जस्ती तान्ने प्रयास गरे वा सफा उपकरण प्रयोग नगरे धनुष्टंकार रोग लाग्न सक्छ । यस्तो अवस्थामा पनि शिशुमा सुस्तमनस्थिति देखापर्न सक्छ । लामो समय सुत्केरी व्यथा लागे, पाठेघरसम्म पुग्ने रक्तसञ्चार बन्द भए, महिना नपुग्दै तथा महिना काटेपछि शिशु जन्मिए तथा शिशु जन्मदा कुनै कारणले धेरै समय श्वास लिन नसक्ने भए शिशुमा सुस्तमनस्थिति हुनसक्छ । शिशु जन्मिसकेपछि वा बाल्यावस्थामा पौष्टिकपदार्थको कमी भएमा, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, जन्डिसजस्ता सरुवा रोगहरू भए, रंग मिसाइएको खानामा पाइने सिसा जस्तो कुनै विषादी खाए, चोटपटकका कारणले मस्तिष्कमा घात परे तथा शिशुले आफ्नो परविारबाट प्रशस्त माया-ममता नपाउ“दा पनि सुस्तमनस्थिति हुनसक्ने विज्ञहरू बताउछन् ।


सुस्तमनस्थिति हुनबाट बचाउने उपाय :
सुस्तमनस्थिति पूरै निको नहुने समस्या हो । पर्ूव सावधानी नै यो समस्याबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । गर्भवती हु“दा आमाले राम्रो ख्याल गर्ने हो भने मात्र पनि ७० प्रतिशतभन्दा धेरै शिशु सुस्तमनस्थितिबाट जोगिन सक्छन् । नवजात शिशुलाई कम्तीमा छ महिनासम्म आमाले दूध ख्वाएको अवस्थामा रोगविरुद्ध लड्ने क्षमता बलियो भएर ऊ सुस्तमनस्थिति हुन पाउ“दैन । शिशुलाई १४ वर्षम्म विशेष रेखदेख गरे समस्याबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरू :  
-  श्रीमान् वा श्रीमतीमध्ये कसैको परविारमा सुस्तमनस्थितिका व्यक्ति भए गर्भधारणअघि दुवैले स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ । 
- गर्भवती भएको बेला चुरोट, बिडी, जा“ड, रक्सी, ड्रग्स आदि सेवन गर्नुह“ुदैन ।
-  गर्भवती हुनासाथ महिलाले स्वास्थ्य परीक्षण गराउनर्ुपर्छ । पेटमा भएको शिशुको स्वास्थ्य ठीक राख्न आमाले पौष्टिक खाना खानुपर्छ । 
-  नजिकको नाताबीच विवाह भएका दम्पतीबाट जन्मने शिशुमा पनि यस्तो समस्या देखिएको अनुसन्धानबाट पत्ता लागेको छ ।
-  १७ वर्षन्दा कम तथा ३५ वर्षन्दा माथिको उमेरमा गर्भधारण गर्नु जोखिमपर्ूण्ा मानिन्छ । 
-  गर्भावस्थामा आमाले जथाभावी औषधि सेवन गर्नुहु“दैन । औषधि सेवन गर्नुपरे चिकित्सकको सल्लाह लिनर्ुपर्छ । 
-  शिशु जन्मिएपछि न्यानो पारेर राख्नर्ुपर्छ ।
- ग्लुकोजको कमी हुन नदिन शिशु जन्मिएको केही समयमै आमाको दूध ख्वाउनर्ुपर्छ । 
-  शिशु पहेंलो भए घाममा राख्नर्ुपर्छ वा चिकित्सकको सल्लाह लिनर्ुपर्छ । 
- सबै आवश्यक खोप लगाउनुर्ुपर्छ ।
- शिशुलाई पखाला लागे प्रशस्त पानी ख्वाउनर्ुपर्छ र नुनको मात्रा कम हुन दिनुहुदैन ।
स्रोत : www.ekantipur.com








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements