Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




योनीलाई पुनः डिजाइन गर्नुस्


तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ । आउनुहोस्, आज यसै विषयमा छक्क परौँ । बेलायती मेडिकल जर्नलमा प्रकाशित एक समाचार अनुसार महिलाहरुमा योनीलाई आकर्षक बनाउने नयाँ चलनको शुरुवात् भएको छ । प्लास्टिक सर्जरीबाट आफ्नो योनीलाई आकर्षक र लोभलाग्दो बनाउन महिलाहरु ज्यान दिएर लाग्ने गरेको उक्त जर्नलले बताएको हो । यसलाई ‘ट्याब्लोइड’ पत्रिकाहरुले नयाँ शब्द दिएका छन्- डिजाइनर भेजिनाज् ।

डिजाइनर भेजिनाज् वास्तवमा सजिलो सौन्दर्य सर्जरी होइन । यसमा जुन किसिमको क्रमबद्धताअनुरुप जानु पर्दछ, त्यसलाई इलेक्टिभ जेनिटोप्लास्टी भनिन्छ । यसमा योनीको बाहिरी भाग खुर्किइने वा आकारलाई परिवर्तन गर्ने गरिन्छ । योनीलाई छोट्याउने, योनी छोप्ने छालालाई खुर्किने वा त्यसलाई आकर्षक रुप दिने क्रम हुन्छ ।

रोचक के छ भने यो कठिन शल्यक्रियामा महिलाहरुको रुचि केही समययता बढ्दै जान थालेको छ । यस्तो किसिमको शल्यक्रियाले महिलामा हुने यौनप्रतिको रुचि र इच्छामा गम्भीर असर पार्ने देखिएको भए पनि महिलाहरुको रुचि निकै बढ्दै गइरहेको छ र यसले फेशनको आकार ग्रहण गरिसकेको छ ।

बेलायती मेडिकल जर्नलले उक्त कस्मेटिक सर्जरीपछि कस्ता किसिमका समस्या देखापरे भनेर अध्ययन गरिनुपर्ने र त्यस्ता समस्याप्रति गम्भीर रुपले छलफल हुन नसकेकोमा चिन्ता व्यक्त समेत गरेको छ । तर लण्डन गाइनोकोलोजिस्ट सराह क्रेग्टन र क्लिनिकल साइकोलोजिस्ट लि मेइ लिआओले चाहिँ त्यस किसिमको सर्जरीमा भाग लिएका महिलाहरुसँग कुराकानी गरी सानो किसिमको सर्भे गरेका छन् । जुन सर्भेअनुसार योनीको शल्यक्रियापछि आएको केही समस्याका कारण जीवनशैलीमा केही परिवर्तन आएको बताएका छन् । जसमध्ये, कसिला लुगा लगाउन अप्ठेरो हुने गरेको, साइकल चलाउन गाह्रो हुने गरेको, केही आसनका यौन क्रियाकलापमा अप्ठेरो हुने गरेको आदि समस्या बताएका थिए ।

जेनिटोप्लास्टीका लागि महिलाहरुले सामान्यतया विज्ञापन र यौनप्रधान भिडियो सामग्रीहरुलाई हेरी त्यसै अनुसारको बनाउनलाई जोड दिने गरेका छन् । यस्तो किसिमको सर्जरीले महिलाहरुको यौनइच्छालाई समेत प्रभावित पार्नसक्ने चिकित्सकहरुको राय छ । त्यसैले योनीलाई आकर्षक बनाउने धुनमा यौनइच्छालाई प्रभावित हुने गरी सर्जरी नगर्न चिकित्सकहरुको राय छ । तर पनि जुन किसिमले आकर्षक विज्ञापन हुन थालेको छ, त्यो विज्ञापनको प्रभावमा परेर दिनदिनै नयाँ नयाँ महिलाहरु आफ्नो यौनाङ्गलाई आकर्षक बनाउन ओइरिने गरेका छन् ।
स्रोत :http://kuwaitnepal.wordpress.com









-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements