Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




स्वास्थ्य निम्ति तीतो, पिरो, र्टराे

मोदनाथ प्रश्रति

मानिसको सामाजिक, राजनीतिक र पारिवारिक जीवनमा तीतो, पिरो, र्टराे अप्रिय र अरुचिकर मानिन्छ । कसैस“ग रिसारिस र झगडा हु“दा भन्ने गरिन्छ- आज फलानास“ग निकै तीतो-पिरो भयो । ठाडो र खस्रो कुरा गर्नेलाई भनिन्छ- कस्तो र्टराे स्वभावको मान्छे । स्वास्थ्य क्षेत्रमा भने तीतो, पिरो र र्टराे रस निकै लाभदायक हुन्छन् । स्वास्थ्यका नियम थाहा नहुनेले यिनलाई अलि कम महत्त्वका रस र स्वादका रूपमा मात्र बुझ्छन् । रोगको सरल प्रँकृतिक उपचार र स्वास्थ्य सन्तुलनमा यी तीन रसको महत्त्व ठीक ढङ्गले बुझेर प्रयोग गरे थुप्रै समस्याबाट मुक्त हुन सहयोग मिल्छ ।

खँद्य पदार्थमा पाइने ६ वटा रस आयर्ुवेदको वर्गीकरणअनुसार गुलियो, अमिलो, नुनिलो, तीतो, पिरो, र्टराे हुन् । यिनमध्ये गुलियो, अमिलो पछि अरू झन् कम खाने गरिन्छ । गुलियो, अमिलो र नुनिलो रस भने सबैका खानामा नियमित हुन्छन् । पिरो तर्राईतिर धेरैले प्रयोग गर्छन् । तीतो र र्टराे रस आक्कल-झुक्कल मात्र नेपालीको खानामा सामेल देखिन्छ ।

हामी कुनै रस चाहिनेभन्दा बढी खाने, कुनै कहिले काही“मात्र खाने र कुनै खा“दै नखाने गर्नाले शरीरको नियमित प्रक्रिया गडबड भई स्वास्थ्य असन्तुलित हुनजान्छ । शरीरलाई गुलियो रस सबभन्दा बढी चाहिन्छ । नियमित खाइने अन्न -चामल, मकै, गहु“, कोदो आदि) ले गुलियोको आपर्ूर्ति गर्छन् । त्यसबाहेक एक गिलास दूध, अलिकति फल र दर्ुइ कप चियासम्म खा“दा गुलियोको मात्रा सन्तुलितै हुन्छ । अमला, कागती, सुन्तला जातका थोरै फल, ताजा अचार या चटनीले अमिलोको मात्रा पुग्छ । खा“देको अचारले अमिलो रसको विकल्प दि“दैन र स्वास्थ्यका दृष्टिले पनि उपयोगी हु“दैन ।

नुन दाल, तरकारी, फल, कन्द आदिमा पाइन्छ । त्यसमाथि दैनिक दर्ुइ ग्राम नुन थपे ठिक्क हुन्छ । तर धेरैले दाल, तरकारी, अचार आदिमा राखेर या फल सलादमा समेत र्छकेर दैनिक दस-पन्ध्र ग्रँमसम्म नुन खान्छन् । शरीरले त्यति धेरै नुन पचाउन नसक्दा दिसा, पिसाब, पसिना, आसु, खकार, सिंगान आदिबाट बाहिर फ्याकिरहेको हुन्छ । स्वास्थ्य निम्ति नुनको यो अचाक्ली घटाउनर्ैपर्छ ।

पिरो रसले शरीरको ताप, रक्तचाप र विभिन्न रस स्रावक ग्रन्थीको नियमित प्रक्रियालाई सघाउ“छ । त्यस निम्ति चटनीको सामान्य रंरमाहट पर्याप्त हुन्छ । केही मानिस दाल, तरकारी, अचार र मासुलाई आ“सु र पसिना खल्काउने हदको पिरो पारेर हाउ-हाउ गर्दै खान्छन् । यो प्रँकृतिक पाचन प्रणालीलाई मार्दै, उमेर र आयुमा छिट्टै आगो सल्काउने 'उन्नत' विधि हो । 'पिरोले स्वास्थ्यलाई हानि गर्छ । खर्ुसानी भान्सामा ल्याउनै हु“दैन' भन्ने सोच प्रकृति विरोधी अतिवाद हो । आफ्नो रुचिअनुसार हरियो खर्ुसानी, अदुवा, मरिच, ल्वाङ, पिप्ला, टिमुर, लसुन आदि कुनै पिरो वस्तु रोजे हुन्छ ।

तीतो र र्टराे रसको महत्त्व र प्रयोगबारे राष्ट्रव्यापी चर्चा चलाउनु आवश्यक छ । यी दुवै रस नियमित खानामा उपेक्ष्ँित भई ओझेलमा परेका छन् । फलस्वरूप ग्यास्टि्रक, अल्सर, मधुमेह, उच्च रक्तचापजस्ता रोगले महामारीको रूप लि“दैछ । प्रदर, प्रमेह, गर्भाशय च्युति, अल्काई, रक्तविकार आदिले पनि सिंगौरी खेल्दैछन् ।

रसहरूको असन्तुलनबाट हुने विभिन्न रोगलाई सन्तुलन गर्नेबारे केही चर्चा गरौं । पाचन प्रणालीले गुलियो पचाउन नसक्ता मधुमेह र चिल्लो पचाउन नसक्ता उच्च रक्तचाप हुन्छ । गुलियोको प्रमुख विरोधी तीतो हो र सहायक विरोधी र्टराे । चिल्लोको प्रमुख विरोधी र्टराे, सहायक तीतो हो । तीतो र र्टराे रस नियमित प्रयोग गरेमा आमाशय, कलेजो र अग्न्याशयका पाचक रस सक्रिय हुन्छन् र गुलियोलाई पूरै पचाएर मधुमेहलाई नियन्त्रण गर्छन् । त्यसरी नै र्टराे र तीतोले धमनीमा जम्ने रक्तबसा -कोलेस्ट्रोल) लाई गलाउ“छन् । बढी नुनिलो खाएर कडा भएका धमनी र सिरालाई नरम पार्छ र उक्त रक्तचाप घट्दै जान्छ ।

गुलियो, अमिला र चिल्ला वस्तु राम्ररी नचपाई खानाले र खानेबेला बढी पानी पिउनाले खाएका वस्तु नपची आमाशयमा अमिलोपन बढ्दैजान्छ । त्यसबाट जन्मेको ग्यासले पेट ढुस्स हुन्छ, अमिलो डकार आउ“छ, रगतमा पनि अम्लपन फैलिन्छ । त्यसले पेट र छाती पोल्ने, टाउको दुख्ने, मानसिक तनाव बढ्ने, आमाशय, आन्द्रा र गर्भाशयमा घाउ हुने, मासिकस्रँव अनियमित हुने, रगतको विकारले शरीर चिलाउने, लुतो, खटिरा, दाद आदि निस्कने अनेक रोग हुन सक्छन् । तीतो र र्टराेको नियमित प्रयोगले यी सबै गडबडीमा सुधार हुन्छ । तीतोले भोक बढाउने, रगत शुद्ध गर्ने, भित्री बाहिरी घाउ निको पार्ने र तनाव घटाउने जस्ता काम गर्छ । र्टराेले आउ“, पखाला, रक्तस्राव, प्रदर, प्रमेह, अरुचि, अजर्ीण्ाजस्ता समस्या घटाउन सहयोग गर्छ ।

सबैखाले ज्वरो घटाउने औषधिमा प्रायः तीतो रस हुन्छ । ग्यास्टि्रक अल्सर आदिमा खाने चक्की र घोलमा र्टराे रस हुन्छ । बेसार, हर्रर्ाा शिलाजित, गोमूत्र, घोडताप्रेजस्ता वस्तुमा तीतो र र्टराे दुवै रस हुनाले तिनले 'र्सवाैषधि' को मान पाएका छन् । तीतो र र्टराेको नियमित स्रँेत जुटाउन थोरै प्रयास गर्नर्ुपर्छ । बेसार हाम्रो खानामा सामेल हुन्छ नै ।

मेथी, करेला, सानो बकैनो, सिप्लिगान, नीम, तितेपाती, असुरो, चिराइतो आदि तिता वस्तुलाई मसला, चटनी, तरकारी, चिया आदि विभिन्न माध्यमबाट प्रयोग गर्न सकिन्छ । त्यसैगरी सोंफ, का“चो मेवा, का“चो केरा, केराको बुंगो, निगुरो, बोहोरी, कोइरालाको फूल, कत्था, सुपारी, का“चो अम्बा आदि र्टरा वस्तुलाई पनि विभिन्न तरिकाले खान सकिन्छ । तीतो र पिरो रस थोरै मात्रामा खानर्ुपर्छ । धेरै खाए तिनले अर्काथरी समस्या जन्माउन सक्छन् । र्टराे केही मात्रामा बढी खान सकिन्छ तर अतिले खति हुन्छ ।
स्रोत : हिमाल खबरपत्रिका









-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements