|
सामान्यतया भुईं अर्थात बगैँचामा बोटबिरुवा हुर्काउने र गमलामा बोटबिरुवा हुर्काउने प्रकि्रया उस्तै उस्तै भए पनि केही सामान्य पक्षहरुमा फरक प्रकि्रया र सावधानी अपनाउनु पर्ने हुन्छ । बगंैचामा हुर्काईएका बोटबिरुवाहरुले प्राकृतिक वातावरण पाउने हुँदा तिनलाई उति ध्यान दिराख्नु पर्दैन तर गमला तथा भाँडामा हुर्काइएका बोटबिरुवाहरु साँघुरो ठाउँ र नियन्त्रीत वातावरणमा हुर्कने हुँदा तिनको हेरविचार र आवश्यकताहरुमा नजर राखिराख्नु पर्दछ ।
सर्वप्रथम के मा ध्यान दिनुपर्छ
गमलामा बोटबिरुवा लगाउनु अघि विभिन्न पक्षहरुमा ध्यान पुर् याउनु आवश्यक हुन्छ ताकि विरुवा राम्ररी हुर्कियोस् र त्यसबाट भरपुर आनन्द लिन सकियोस । सर्बप्रथम गमलामा लगाउइने बोटबिरुवाहरुको प्रकृति अनुसार बिभिन्न आकार प्रकार मोटाइ र गहिराइका गमलाहरुको छनौट गर्नु पर्दछ । छानिसकेका गमलामा निम्न कुराहरु हेर्नु पर्दछ: गमलाका बैठकमा अनिवार्य रुपमा प्वाल हुनु पर्दछ ताकि विरुवामा पानी हाल्दा बढी भएको पानी बगेर जावोस र माटो हिलो नहोस । पानी नतहरिएका कारण गमलाको माटो हिलो तथा बढी ओसिलो रहिरह्यो भने विरुवाका जरा कुहिन्छन् र पात पहेंलिएर विरुवा मर्न पनि सक्छन् । यदि गमलाको बैठकमा प्वाल छैन भने गमलालाई नोक्सानी नपुग्ने गरी आफै छेड्नु पर्दछ । प्वाल पार्दा बैठक तथा बैठकको डिल भन्दा एक इन्च उचाइ सम्ममा पार्नु पर्दछ । गमलामा माटो भर्नु अघि गमलाको सरसफाइमा ध्यान दिनु पर्दछ । नयाँ गमलाको प्रयोग गरिएको हो भने यसलाई प्रयोग गर्नु अघि २४ घण्टा पानीमा भिजाए मात्र पुग्छ तर पुरानो गमलाको प्रयोग गर्ने हो भने त्यसलाई राम्ररी साबुन पानी र ब्रसले सफा गरेर मात्र नयाँ विरुवा रोप्नु पर्दछ ताकि अघिल्लो विरुवामा देखाएका समस्याहरु पुनः नयाँ विरुवामा नसरोस र विरुवा सफलतापुर्वक हुर्कन सकोस् । माटो भर्दा बैठकमा प्वाल माटोले नटालियोस भन्नका लागि गमलाको बैठकमा करिब एक इन्च जति गिटी हाल्नु पर्दछ र उपलब्ध भएसम्म त्यसमाथि एक इन्च जति बालुवा हाल्नु अझ राम्रो हुन्छ तर अनिवार्य भने होइन । बालुवाले माटो र पानीमा घोलिएका पौषिक तत्वहरु सोझै बगेर जानबाट रोक्दछ तसर्थ बालुवाको प्रयोग गर्नु लाभदायक हुन्छ । अब बालुवा माथि गमलामा भर्न ठीक पारिएको माटो हालेर आफूले चाहेको विरुवा रोप्न सकिन्छ । यसका साथै तल उल्लेखित निम्न कुराहरुमा ध्यान पुर् याउन सकीएमा गमला बगैंचामा अझ सफलता पाउन सकिन्छ ।
|
सकेसम्म नयाँ विरुवाका लागि नयाँ गमलाको प्रयोग गर्नुहोस् यदि पुरानो गमलाको प्रयोग गर्ने हो भने विरुवा रोप्नु अघि राम्ररी सफा गर्नुहोस् ।
गमलाको बैठकका प्वाल टालिनु हुदैन गिटी तथा बालुवा भर्दा प्वाल टालिए- नटालिएको विचार गरेर मात्र माटो भर्नु पर्दछ प्वाल टालिन नदिन प्वालको ठ्याक्क माथि ईंटा खपटाका टुक्रा टाँड पारेर राख्नु पर्दछ ।
विरुवाको आकार र किसिम अनुसार जरा हुर्कन पर्याप्त ठाउँ पुग्ने आकारको गमला छान्नु पर्दैछ । यदि विरुवा अनुसार गमला सानो भएको जस्तो लागेमा ठूलो गमलामा तुरुन्त सार्नु पर्दछ ।
सकेसम्म बोटबिरुवाको प्रकृति विचार गरी साना विरुवालाई साना गमला र ठूला विरुवालाई ठूला गमला छान्नु पर्दछ । साना विरुवा ठूला तथा गहिरा गामलामा रोप्दा माटोमा आवश्यकता भन्दा बढी पानी र पौष्टिक तत्व जम्न गई विरुवा मर्न सक्ने खतरा हुनुका साथै साना बिरुवाका छोटा जराले तल थिगि्रएको पौष्टिक तत्व सोस्न नसकी राम्ररी हुर्कन सक्दैनन् भने ठूला विरुवालाई साना गमलामा रोप्दा माटो पानी पौष्टिक तत्व र पर्याप्त ठाउँको अभावका कारण बोटबिरुवा राम्ररी बढ्न र हुर्कन सक्दैनन् ।
|
गमलामा रोपिएका विरुवालाई कौशी वरन्डा कोठा तथा टेबलमा राख्ने हो भने गमला प्लेट माथि राख्नु पर्दछ ताकि पानी चुहिएर राखिएको ठाउँ फोहोर तथा अनाकर्षक नहोस् । विरुवामा पानी हालेको ३-५ मिनेट पछि प्लेटमा तहरिएको पानी फ्याक्नु पर्दछ । प्लेटको पानी नफ्याकिएमा विरुवाका जराले उक्त पानी पुनः सोस्छ र माटो हिलो हुन गई विरुवा मर्न सक्छ । हिलो तथा बढी ओसिलो माटोमा हावाको मात्रा कम हुने हुनाले अक्सीजनको पर्याप्त उपलब्धता अभावका कारण जरा कुहिन थाल्छन् र विरुवा मर्दछ ।
यदि विरुवा ठूला र गरुङ्गा छन भने सकेसम्म हलुका गमलाको प्रयोग गर्नु उपयुक्त हुन्छ ताकि ठाउँ सार्न सजिलो होस् । यदि विरुवा साना तथा हलुका छन् भने गरुङ्गा गमलाको प्रयोग गर्नु उपयुक्त हुन्छ ताकि सानो तिनो ठक्कर हावा आदि कारणले गमला नढलोस् ।
सकेसम्म चर्किएको गमलाको प्रयोग नगर्नु उचित हुन्छ । चर्किएको ठाउँबाट पानी लिक हुनुका साथै हावा र घामको प्रकाश समेत छिर्ने भएकोले माटोको चिस्यान चाँडै सुक्न गई माटो सुख्खा हुन्छ । धेरै जसो बोटबिरुवाहरु प्रत्यक्ष्य रुपमा हावा र घाम सोझै जरामा परेको रुचाउँदैनन् । किन कि सिधा हावा तथा प्रकाशले जराका पानी र पौष्टीक तत्व सोस्छ र जरा चाउरी परी राम्ररी कामगर्न नसक्ने हुन्छन् ।