Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



शीत ऋतूका बोटबिरुवा-१
सिर्जना भण्डारी

Hardy Plant Mum

Phoolbari Logo      बोटविरुवाका प्रकृतिमा सामान्य तलमाथि भए पनि समग्रमा तिनिहरुको हुर्कने प्रकृया एकै हुन्छ। मौसमका आधारमा वोटविरुवाको पहिचान गरि सामान्य हेरविचार कै भरमा धेरै किसिमका वोटविरुवा सजिलै हुर्काउन सकिन्छ।

Hardy Plants
हीऊँदलाई शीत ऋतू पनि भन्ने गरिन्छ। शीत ऋतुको वातावरणीय अवस्था ठन्डा हुने हुनाले यस ऋतुका लागि चिसो सहन सक्ने खालका वोटविरुवाहरु छान्नु पर्दछ। चिसो सहन सक्ने वोटरिुवाहरुलाई सहनशिल वोटरिुवा भनिन्छ। सहनशिल वोटविरुवाका चिसो सहन सक्ने क्षमता तिनका प्रकृतिमा भर पर्दछ। केहि अत्यधिक चिसो (माइनस डिग्री सम्म) सहन सक्छन् भने केहि सामान्य चिसो मात्र सहन सक्छन्। सामान्य जानकारी कै भरमा कतिपय सहनशील विरुवाहरु सजिलै हुर्काउन सकिन्छ। प्राय सबै सहनशील विरुवाहरुका आधारभुत आवश्यकता हल्का

Hardy Plant in Snow
तलमाथि बाहेक एकै प्रकारका हुन्छन्। सामान्यतया सबै एकवर्षिय बोटबिरुवाहरुका सामान्य आधारभुत आवश्यकताहरु- पुर्णघाम, खुल्ला आकाश, पानी राम्ररी तहरिने ठाऊँ र मलिलो माटो आदि हुन्। एकवर्षिय वोटविरुवाहरु चाँडै हुर्कने र चाँडै जिवनचक्र पुरा गर्ने भएकाले यीनीहरुलाई सम्पुर्ण रुपमा सन्तुलित वातावरणको आवश्यकता पर्दछ। तर कतिपय बोटबिरुवाहरु घाम,छायाँ, पानी, माटो, मल आदि सामान्य भन्दा कम तथा बढी रुचाउने प्रकृतिका पनि हुन्छन्। सन्तुलित रुपमा वोटविरुवा हुर्काउन तिनका प्रकृति र आवश्यकतामा विशेष ध्यान दिनु पर्दछ।

सहनशील विरुवा र तिनलाई हुर्काउने तरीका
चिसो सहन सक्ने तथा शीत ऋतुमा हुर्कने वोटविरुवाहरुलाई अंग्रेजीमा हार्डी प्लांट्स (Hardy Plants) र नेपालीमा सहनशील विरुवा भन्ने गरिन्छ।

गोदाबरी (Chrysanthemum)

पेन्जि (Pensy),

अफ्रीकन डेजि (African Dasy),

अर्नामेन्टल क्यावेज तथा काले (Ornamental Cabbage),

पट मेरिगोल्ड (Pot marigold),

ब्याचलर वटन (Batchlor button),

वाल फ्लावर (wall Flower),

फेयरवेल टु स्प्रिङ्ग (Farewell to Spring),

लार्कसपुर (Larkspur),

चाईनिज फर्गेट मि नट (Chinese Forget me not),

क्यालिफोर्नियाँ पप्पि (California Poppy),

बेबिज वि्रथ (Baby's Breath),

स्वीट पि (Sweet pea),

फ्लोक्स फ्लावर (Phlox Flower),

स्विट एल्जुम (Sweet Allsum)

एनीवल फ्लोक्स (Anniual Phlox),

आईसलेन्ड पप्पि (Ice-land Poppy),

फिल्ड पप्पि (Field Poppy)
आदि लोकप्रिय सहनशील वोटविरुवा हुन्।

सहनशील वोटविरुवाहरुलाई शरद ऋतू (Fall Season)मा हल्का चिसो बढ़न थाले पछि नै शुरु गर्न सकिन्छ। तर हरेक किसिमका बिउ उम्रन न्यानो तापक्रम (२० देखि ३० डिग्री) चाहिने हँदा विउको प्याकेटमा दिएका सुझाबहरुको अनुशरण गरी वातावरणीय अबस्था हेरेर घर बाहिर तथा घरभित्रै विरुवा उमार्न पनि सकिन्छ।

Indoor Seedlings
घर बाहिर उमारीएका विरुवाहरु ४-५ इन्च अग्ला भए पछि वातावरणीय अबस्था हेरेर इच्छाइएको ठाऊँमा सार्न सकिन्छ। तर घरभित्र उमारीएकालाई भने केही दिन बाहिर बानी पारेर मात्र बाहिर तथा बगैचामा रोप्नु पर्छ। घरभित्र हुर्काइएका विरुवा बानी पार्न हरेक दिन एक- एक घण्टा बढाउदै बाहिर राख्नु पर्छ। हप्ता दिन भएपछि १८ दखि २४ घण्टा नै बाहिर राख्नु पर्छ र बाहिर पूर्ण रुपमा बानी परिसके पछि बगैचा तथा गमलामा सार्नु पर्छ। एकवर्षीय वोटविरुवाहरु गमलामा पनि राम्ररी हुर्कन्छन् र आकर्षक देखिन्छन् तर विरुवाको प्रकृति अनुसार सानो, ठुलो, गहिरो, थेप्चो आदि किसिमका गमलाहरुको प्रयोग गर्न सकिन्छ।

क्रमश..










धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू