Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



केराउ फूल(Sweet Pea)
प्रकाश गोयल




Sweep Pea Plant

Phoolbari Logo

Sweet Pea Flower
     लोकप्रिय बिरुवा स्वीट पीलाई नेपालीमा केराउ फूल पनि भन्ने गरिन्छ। पुतली जस्तै देखिने अति आकर्सक फूल फुल्ने केराउ फूल प्राकृतिक रुपमा लहरे विरुवा हो। यसका लहरा चार देखि छ फिट लामा हुन्छन् तर आजभोलि हाइब्रिड गरी होचा तथा लहरा नजाने खालका पनि उत्पादन गरिएका छन। यो बिरुवाले चिसो तापक्रम मन पराउँछ र अत्यन्त चिसो तथा माइनस तापक्रम सम्म सहन सक्छ। यो बिरुवालाई मध्यम हिउँद ऋतु हुने अर्थात धेरै चिसो नहुने क्षेत्रहरुमा शरद ऋतुको शुरु देखि वसन्त ऋतुको अन्त्यसम्मनै मजाले हुर्काउन र फुलाउन सकिन्छ। तर धेरै चिसो हुने क्षेत्रहरुमा भने हिउँदको चिसो तथा हिऊँ टरे पछिमात्र रोप्नु पर्दछ।

शुरुवातः-
Sweet Pea Seeds
पेन्जि जस्तै केराउ फूल पनि सहनशील बिरुवा हो। पेन्जिलाई जस्तै केराउ फूललाई पनि बिउबाट सजिलै उमार्न सकिन्छ। केराउ फूलका बिउ खाने केराउका जस्तै हुन्छन् तर यी बिषालु हुन्छन्। यसका बिउका आकार ठूला हुने हुनेले पनि बिउ राख्दा सामान्य ध्यान पुर्याए पुग्छ। केराउ फूलका बिरुवाले चिसो सहन सक्ने भए पनि बिउ उम्रिनका लागि भने न्यानो तापक्रमको आबश्यकता पर्दछ। बाहिरको तापक्रम न्यानो तथा मध्यम छ भने बाहिर नै बिउ राख्नु उचित हुन्छ। तर यदि बाहिर बढी चिसो छ र घरभित्र बिउ राख्ने हो भने वसन्तऋतु शुरु हुनु करीब ४-६ हप्ता अघि राख्नु पर्दछ। केराउ फूलका बिउ उम्रन १०-१५ दिन लाग्छ। नउम्रिनउनजेल माटोको चिस्यान बचाउन तथा माटो न्यानो पारीराख्न पत्रिकाले छोप्नु पर्दछ।
Young Sweet Pea Plant
चाडै उमार्नाका लागी दाना लाई २४-४८ घण्टा मनतातो पानीमा भिजाइ दिउल नफुट्ने गरी बोक्रा छोड़ाएर रोप्नु पर्दछ बिउ छरिसके पछि समय समयमा पानी हाली माटो ओसिलो पारिराख्नु पर्दछ। बिउ नउम्रिनउनजेल २० देखि ३० डिग्री तापक्रममा राख्नु पर्दछ र उम्रिसके पछि बिस्तारै १५ देखि २० डिग्री सम्म तापक्रम घटाउन सकिन्छ। बाहिरको चिसो कम भएपछि बिस्तारै बाहिरको वातावारणमा बानी पारेर विरुवा बाहिर सार्नु पर्दछ। चिसो कम भएपछि बारिमा सोझै बिउ राख्न पनि सकिन्छ।

कहाँ राख्नेः-
दिनभरि घाम लाग्ने ठाउँ, राम्ररी पानी तहरिने, मलिलो (कम्पोस्ट मल बढ़ी भएको) र पानी बढ़ी रुचाउने भएकोले अलिक खँदिलो माटोमा यसलाई सजिलै हुर्काउन सकिन्छ। केराउ फूलले हल्का गुलियो (Soil PH:- Alkaline) र क्याल्सियम युक्त माटो बढी रुचाउँछ।

हेरविचारः-
Supporting Sweet Pea
केराउ फूलका विरुवालाई ६-१२ ईन्चको फरकमा रोप्नु पर्दछ। यसले माटोमा ओसिलोपन बढी रुचाउने भएकाले नियमित रुपमा पानी हाल्ने गर्नु पर्दछ। माटोमा ओसिलोपन बचाउन जरामा माटो चढाउनुका साथै २ ईन्च बाक्लो मल्च गर्नु उपयुक्त हुन्छ। बोट ठूलो बनाउन तथा धेरै फूल फुलाउन विरुवा अलि ठुलो भएपछि हरेक लहराको मुण्टा चिमोट्नु पर्दछ यसो गर्दा विरुवा झाँङ्गीएर आउँछ तर कोपिला लाग्नु भन्दा केही हप्ता (२-3) अघि यो काम बन्द गर्नु पर्दछ नत्र ढिलो फुल्ने वा कहिले काहिँ नफुल्ने पनि हुन सक्दछ। पुराना तथा ओइलाएका फूल तथा पात काटनु पर्दछ र समय समयमा झार गोडि जराको माटो खुकुलो बनाउनु पर्दछ। यो प्राकृतिक रुपमा लहरा जाने विरुवा भएकाले उचित किसिमको थाङ्ग्रोको ब्यवस्था गर्नु पर्दछ।

रङ्ग र प्रयोगः-
Coloeful Sweet Pea Flowers
केराउ फूल धेरै रंगमा फुल्दछन। सादा तथा मिसिएका धेरै रङ्गमा फुल्ने यो विरुवा लहरा जाने तथा नजाने दुवै खालका पाईन्छन्। लहरा छ फिटसम्म लामो हुन्छ भने लहरा नजने ३० ईन्चसम्म फराकिलो हुन्छन।
Sweet Pea in Container
बार तथा थाङ्ग्रोमा चढाएर, झुन्डयाउने गमालमा झुण्ड्याएर, लहरा नजानेलाई एकैनासे बगैँचामा, साँधमा, गमलामा, बगैचाको बिच-बिचमा रोपर र घरभित्र कट फ्लावारका रुपमा फूलदानिमा सजाउन यस फूलको प्रयोग बढी गर्ने गरिन्छ।

Sweei pea in Vase











धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू