Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



लोकप्रिय विरुवा पेन्जि
प्रकाश गोयल



pansy

लोकप्रिय बिरुवा पेन्जिलाई नेपालीमा पुतली फुल पनि भन्ने गरिन्छ। यो बिरुवाले चिसो तापक्रम मन पराउँछ र माइनस सम्मको तापक्रम सहन सक्छ। यो बिरुवालाई मध्यम हिउँद ऋतु हुने अर्थात धेरै चिसो नहुने क्षेत्रहरुमा शरद ऋतुको शुरु देखि वसन्त ऋतुको अन्त्यसम्मनै मजाले हुर्काउन सकिन्छ। तर धेरै चिसो हुने क्षेत्रहरुमा भने हिउँदको चिसो टरे पछिमात्र रोप्नु पर्दछ।

शुरुवातः-

Young pansy Plant
पेन्जिलाई बिउबाट सजिलै उमार्न सकिन्छ। तर यसका बिउ अति साना हुने हुनाले बिउ राख्दा बिशेष ध्यान पुर्याउनु पर्दछ। पेन्जिका बिरुवाले चिसो सहन सक्ने भए पनि बिउ उम्रिनका लागि भने न्यानो तापक्रमको आबश्यकता पर्दछ। बाहिरको तापक्रम न्यानो तथा मध्यम छ भने बाहिर नै बिउ राख्नु उचित हुन्छ। तर यदि बाहिर बढी चिसो छ र घरभित्र बिउ राख्ने हो भने वसन्तऋतु शुरु हुनु ८-१० हप्ता अघि राख्नु पर्दछ। पेन्जिका बिउ उम्रन अँध्यारो चाहिने हुनाले नउम्रिनउनजेल पत्रिकाले छोप्नु पर्दछ। बिउ छरिसके पछि समय समयमा पानी हाली माटो ओसिलो पारिराख्नु पर्दछ। बिउ नउम्रिनउनजेल २० देखि ३० डिग्री तापक्रममा राख्नु पर्दछ र उम्रिसके पछि बिस्तारै १५ देखि २० डिग्री सम्म तापक्रम घटाउन सकिन्छ। उम्रिन करिब १० देखि २० दिन लाग्छ बाहिरको चिसो कम भएपछि बिस्तारै बाहिरको वातावारणमा बानी पारेर विरुवा बाहिर सार्नु पर्दछ। चिसो कम भएपछि बारिमा सोझै बिउ राख्न पनि सकिन्छ।

कहाँ रोप्ने तथा राख्ने:-
पेन्जि फुल फुल्ने बिरुवा भएकोले पुरा दिन घामलाग्ने ठाउँमा रोप्नु पर्दछ। पानी राम्ररी तहरिने ठाउँ र मलिलो माटोमा यो बिरुवा राम्ररी हुर्कन्छ। यसले तातो तापक्रम सहन नसक्ने हुनाले घाम बढी चर्को छ भने छायाँमा रोप्नु पर्दछ। बिरुवा सार्दा एक-अर्को विरुवा बिच चार देखि छ ईन्च को फरक पार्नु पर्दछ।

हेरविचार:-
pansy takecare
पेन्जि हुर्काउन अति सजिलो बिरुवब हो। तर पेन्जिका उन्नत तथा हाइबि्रड गरिएका बिरुवा हुर्काउन भने अलि बढि ध्यान दिनु पर्दछ। हाइबि्रड गरिएका बिरुवालाई तोकिएको समयमा तोकिएको मात्रामा मल तथा पानी हाल्नु पर्दछ। तर माटो हिलो वा गिलो हुनेगरी पानी हल्नु हुदैन। समय समयमा फुलिसकेका तथा ओइलाएका फुल, सुकेका पात डाँठ सहित काटीदिनु उर्दछ। यसो गर्दा विरुवा सफा देखिने र नयाँ कोपिला लाग्नुका साथै बिरुवामा लामो समयसम्म फुल फुलिरहन्छ। माटोको ओसिलोपन बचाउन माटोको सतहमा दुई ईन्च जति मल्च गर्नु उपयूक्त हुन्छ। नियमित झार गोड्ने र जराको माटो खुकुलो बनाउनाले बिरुवा राम्ररी हुर्कीरहन्छ।

रङ्ग र प्रयोग:-
Container      Edging
पेन्जि होचा किसिमका बिरुवा हुन। यि प्राय ४ देखि ९ इन्च सम्म अग्ला हन्छन्। यसका फुल पाँच पात भएका गोलाकार हन्छन्। गाडा हरिया पातमाथि एकैनासे तथा दुई-तिन रंग मिसिएका फुल अति आर्कषक देखिन्छन्। पेन्जि प्राय सबै रङ्गमा पाईन्छन्। पेन्जि को प्रयोग प्राय एकैनासे बगैँचा (Bedding), बगैँचाका छेउ (Edging), ढुङ्गे बगैँचा (Rock Garden), गमला(Container) र काटेर फुलदानिमा सजावटका रुपमा गरिन्छ।

Pansy in Vase










धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू