Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



अघिल्लो लेख

Plants Basic Needs



बोटबिरुवाका आधारभूत आबश्यकताहरु -2
(Basic needs of Plant)

सिर्जना भण्डारी



ग) हावा (Plants Take Air by Roots and Leaves)

Air
बोटबिरुवा राम्ररी हुर्कन हावाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। वनस्पति पनि जीवित तत्व मध्ये मै पर्ने भएको कारण श्वास-प्रश्वासको प्रक्रिया यसले पनि निरन्तर गरिरहेकै हुन्छ। केही वनस्पतिबाहेक प्राय सबै वनस्पतिहरूले कार्वनडाइअक्साइड लिने र अक्सिजन फाल्ने गर्दछन्। बोटबिरुवाका पात र जराले सास फेर्दछन्। जराले अक्सीजनको सहयोगमा माटोबाट पौष्टिक तत्व सोस्दछ र पातले कार्बन डाइअक्साइडको सहयोगमा खाना बनाउँदछ। माटो भित्र र वरिपरिको वातावरणमा हावाको कमी भयो भने बोटबिरुवा राम्ररी हुर्कन सक्दैनन् तसर्थ समय समयमा माटो खुकुल्याउने र वाक्ला भएका ठाउँका बिरुवा छाँट्ने गर्नु पर्दछ। साथै हावामा रहने तापक्रम र आद्रताले पनि बिरुवाको जीवनचक्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

घ) तापक्रम (Temperature)
Wilting Plant by High Temperature
वातावरणमा हुने चिसो र तातोपन नै तापक्रम हो। बोटबिरुवाहरूका विभिन्न प्रकृति तथा विशेषताहरू मध्ये तातो वा चिसोमा हुर्कने अर्को एउटा महत्वपूर्ण विशेषता हो। जस्तो वर्षे बिरुवा तातो तथा मध्यम तापक्रममा राम्ररी हुर्कन्छन् भने हिउँदे बिरुवाहरू चिसो तापक्रम मनपराउँछन्। बढी तापक्रम चाहिने बोटबिरुवालाई तापक्रम कम भयो भने ति राम्ररी बढ्न सक्दैनन् साथै कोपिला तथा फूल राम्ररी लाग्न सक्दैन। यसरी नै कम तापक्रम चाहिने बोटविरुवालाई तापक्रम बढी भयो भने बिरुवा राम्ररी हुर्कन नसकि जीन्ग्रीएर मर्छ। बोटबिरुवा राम्ररी हुर्कनु र नहुर्किनुमा तापक्रमले ठूलो प्रभाव पारेको हुन्छ। धेरै जसो बोटबिरुवाहरु अति चिसो र अति तातो तापक्रममा हुर्कन सक्दैनन् तसर्थ मौसम अनुसारका बोटबिरुवामात्र लगाउनु पर्दछ।

ङ) आद्रता (Humidity)
Lack of Humidity
हावामा पाइने पानीको वाफिलो मात्रा आद्रता हो। तापक्रमको जति महत्वपूर्ण भूमिका आद्रताको नभए तापनि बोटबिरुवा हुर्कनमा यसले पनि प्रभाब परिरहेको हुन्छ। आद्रतालाई प्रतिशतमा नापिन्छ। सामान्यतया ५० प्रतिशत सापेक्षिक आद्रतामा सबै बिरुवाहरू हुर्कन सक्छन् तर अपवादमा केही बिरुवालाई बढी आद्रता (९० प्रतिशत सम्म) आवश्यक पर्छ भने केही बिरुवालाई कम (१०-२० प्रतिशत) मात्र भए पुग्छ। तातो तापक्रममा हुर्कने बिरुवालाई बढी आद्रता चाहिन्छ र चिसोमा हुर्कनेलाई कम आद्रता चाहिन्छ। सबैजसो घरभित्र प्राय १५ देखि २५ प्रतिशत आद्रता उपलब्ध हुन्छ तसर्थ भित्र रोपिने बिरुवा चयन गर्दा यस कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ। बढी आद्रता मनपराउने बिरुवा भए घरभित्र उपलब्ध हुने आद्रतामा बानी पारेर मात्र राम्ररी हुर्काउन सकिन्छ्। आद्रता कम भयो भने पातको रङ अर्कै हुने (पहेलिने तथा खुइलिने), पात कोप्रीने, पहेँलो हुने, बिरुवा नबढ्ने जस्ता लक्षण देखाउँछन्। घर बाहिर हुर्काइएका र एकवषिर्य बिरुवालाई यसबारे उति ध्यान दिनु पर्दैन तर घरभित्र हुर्काइएका एकवषिर्य र बहुवषिर्य दुबै किसिमका बिरुवालाई ध्यान दिनुपर्ने हुन्छ। बहुवषिर्य बिरुवाहरू तातो तथा न्यनों तापक्रम र बढी आद्रतामा छिटो-छिटो हुर्कने र चिसो तापक्रम र कम आद्रतामा विस्तारै हुर्किने तथा आराम गर्ने खालका हुन्छन्। घरभित्रको तापक्रम र आद्रतालाई कृत्रिम रूपले मिलाएर बिरुवालाई सदाबहार रूपमा हुर्काउन पनि सकिन्छ। नर्सरी तथा ग्रीन हाउसहरूमा यसो गर्ने गरिन्छ ।

क्रमश..


अर्को: मल, माटो


Balance Garden


Previousअगाडी पाना
अर्को पानाNext


4








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू