Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



बोटबिरुवाका आधारभूत आबश्यकताहरु -1
(Basic needs of Plant)

सिर्जना भण्डारी





बोटबिरुवा प्राणी होइनन् तर प्राणीहरुमा जस्तै बोटबिरुवामा पनि बिभिन्न किसिमका पौष्टिक तत्वहरुको माध्यमबाट बृदि बिकास हुने गर्दछ। तसर्थ विज्ञानले बोटबिरुवाहरुलाई जिवीत बस्तु मानेको छ। बोटबिरुवा राम्ररी हुर्कन बिभिन्न किसिमका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ। यस्ता अति आबश्यक पौष्टिक तत्वहरुलाई बोटबिरुवाका आधारभुत आबश्यकता भन्ने गरिन्छ।

बोटबिरुवाका आधारभुत आबश्यकताहरु निम्न अनुसार छन्।

प्रकाश,   पानी,   हावा,   तापक्रम,   मल,   माटो,   आद्रता  

क) प्रकाश (Light)

Sun light
बोटबिरुवाहरुको पहिलो आवश्यकता प्रकाश हो। बोटविरुवा राम्ररी हुर्कनमा प्रकाशको प्रमुख भूमिका रहेको हुन्छ। प्रकाश आभाव वा कम भएमा कुनै पनि बोटबिरुवाहरु बाँच्न तथा हुर्कन सक्दैनन्। बोटबिरुवाहरुले प्रकाशको सहयोगमा खाना बनाउँछन् र हुर्कन्छन्। कुनै विरुवा कम प्रकाशमा पनि राम्ररी हुर्कन सक्छन् भने कुनैलाई पर्याप्त प्रकाश चाहिन्छ। जुन विरुवालाई बढी प्रकाशको आवश्यकता छ, तर त्यसले कम प्रकाश पाइरेहेको छ भने विरुवा पहेंलो भएर जाने, पातला हाँगा, मसिना पात हुने र अग्लो भएर जाने, पात पहेंला र खुइलिएका जस्ता देखिने र अन्त्यमा बिरुवा नै मर्ने हुन्छ भने जुन बिरुवालाई कम प्रकाशको आवश्यकता छ तर बढी प्रकाश पाइरहेको छ भने बिरुवा जिङरिङ्ङ परेको नराम्रो देखिने, पात कोप्रिने र गुजुमुज्ज पर्ने, पातमा काला र पहेँला थोप्ला देखिने, पातको छेउछेउमा पहेँलो र कालो घेरा देखिने, डढेको जस्तो हुने र अन्त्यमा सम्पूर्ण पात सुकेर जाने र बिरुवा नै मर्ने जस्ता समस्या देखिन्छन्।

ख) पानी (Water)
Water
सम्पूर्ण प्राणी तथा वनस्पतिको महत्वपूर्ण आधारभूत आवश्यक तत्व पानी हो। प्राणीहरुका शरिरमा झन्डै ८० % पानीको मात्रा रहेको हुन्छ भने बोटबिरुवाहरुमा ९० % भन्दा बढी पानीको मात्रा रहेको हुन्छ। प्राणीले झै बोटबिरुवाहरु प्यास खप्न सक्दैनन् तसर्थ पानीको कमी भयो भने तुरुन्त वोइलाउँछन्। प्रसस्त पानी पाएका बोटबिरुवाहरु लहलहाउँदा र स्वास्थ्य हुन्छन्। तर पानी अतिआपश्यक तत्व भए पनि बढि हाल्दा वा चाहिने भन्दा बढी पानी भएमा बोटबिरुवाहरु मर्न पनि सक्छन्। बोट-बिरुवाहरुको किसिम अनुसार पानीको आवश्यकता मा फरक पर्द्छ। पानीको आवश्यकता बिशेस गरी बिरुवाको प्रकृति, हुर्कने प्रवृत्तिका साथै अन्य बाहिरी वातावरणमा भरपर्दछ। केही बिरुवा पानीमै हुर्कने खालका हुन्छन्, केहीलाई अलि बढी पानीआवश्यकता पर्दछ र केहीलाई कम पानी आवश्यकता पर्दछ।

बाहिरी वातावरण तातो छ भने पानीको आवश्यकता बढी पर्दछ र चिसो वा मध्यम छ भने कम आवश्यकता पर्दछ। यस्तै बिरुवा सानो तर गमला ठूलो छ भने कम पानी र बिरुवा ठूलो र गमला सानो छ भने बढी पानीको आवश्यकता पर्दछ। पानीको आवश्यकता माटोको प्रकृतिमा पनि भरपर्दछ। यदि माटो बलौटे तथा गिर्खे खालको छ भने बढी पानी र माटो चिम्टे, लेसाइलो, पागो छ भने कम पानीको आवश्यकता पर्दछ। यस्तै माटोमा जैविक मलको मात्रा बढी मिसाइएको छ भने मध्यम तथा कम पानीको आवश्यकता पर्दछ।

बोट-बिरुवा हुर्कनमा पानीको महत्वपूर्ण भूमिका हुने भए पनि पानी बढी या कम भयो भने बिरुवा मर्न पनि सक्छ । पानीको मात्रा जान्न सर्वप्रथम बिरुवाको प्रकृति र प्रवृत्ति बुझ्न जरुरी हुन्छ। गमलामा रोपिएको बिरुवामा पानी हाल्दा गमलाको प्वालबाट निस्किने बेलासम्म हाल्नुपर्दछ र प्लेटमा तहरीएको पानी फाल्नु पर्दछ र अर्को पटक पानी हाल्दा गमलाको माटोको सतहमा औँलो गाडेर विचार गरी यदि एक देखि डेढ इन्च सुक्खा छ भने मात्र पानी हाल्नु पर्दछ र चिसो छ भने सुकुन्जेल पानी नहाले पनि हुन्छ।

क्रमश..


Balance Flower Garden


Previousअगाडी पाना
अर्को पानाNext









धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू