Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



बोटबिरुवा र समस्या
(Plant Problems)

सिर्जना भण्डारी




Totally Damage Plant


Wilting because of Hot & Dry
प्राणीहरुलाई जस्तै बोटबिरुवाहरुलाई पनि विभिन्न किसिमका समस्या पर्दछन्। खास गरि बोटबिरुवाहरुमा रोग र किराहरुको बढी समस्या हुने गर्दछ र कहिले काहीं प्रतिकुल मौसम जस्तै ठूलो बर्षात, हावा-हुन्डरी, अति चर्को घाम र अति चिसो तापक्रमका कारण पनि बोटबिरुवाहरुमा विभिन्न किसिमका समस्या देखा पर्दछन्।

रोग तथा किरा (Disease and Insects)
Wilting due to Diseases Rotten Flower Aphids बोटबिरुवाहरुमा विभिन्न कारणले रोग तथा किरा लाग्ने गर्दछ। खास गरिकन बोटबिरुवाका आधारभूत तत्वहरु राम्ररी उपलब्ध हुन नसकेमा, समय समयमा उचित किसिमले हेरबिचार नगरेमा र बगैचा तथा बिरुवाको सरसफाइमा ध्यान नदिइएमा रोग र किराको आक्रमणको सम्भावना बढि हुन्छ। तसर्थ रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिने उपाय गर्नु पर्छ। ठिक्क समय र ठिक्क मात्रामा पानी र मलको प्रयोग गरेर, पर्याप्त प्रकाश पुग्ने ठाउँमा (बोटबिरुवाको आबश्यकता अनुसार) बोटबिरुवा रोपेर र बगैचा तथा बोटबिरुवा सफा राखेर बोटबिरुवाहरुलाई रोग तथा किराको आक्रमणबाट बचाउन सकिन्छ। प्रकृतिको विशेषता अनौठो हुन्छ, कहिले के हुन्छ थाहा पाउन मुस्किल हुन्छ। बोटबिरुवाहरु खुल्ला आकासमुनि हुर्कीने हुनाले खराब वातावरणले तिनलाई छिट्टै प्रभाव पार्दछ। खास गरि ठूलो वर्षात, हुरी-वतास, अति चिसो र अति तातो तापक्रम आदिले बोटबिरुवाहरुमा बिभिन्न किसिमका समस्या ल्याउँदछन्। सकेसम्म, सम्भब भएसम्म र जानेसम्म आफूले यस्ता प्रतिकुल वातावरणबाट बोटबिरुवाहरुलाई जोगाउने प्रयास गर्नु पर्दछ।

बोटबिरुवामा लाग्ने केही रोग तथा किराहरू (Some Diseases and Insects)

रोग निम्त्यउने किराहरू

लाही किरा (Aphids)

झुसिल किरा (CatterPillars)

शंखे/चिप्ले किरा (Snails)

खुम्रे किरा (Grubs)

झींगा (Fies)

मथ (Moths)

स्केल (Scales)

मिलीबग्स (Mealybugs)

कमीला (Ants)

फट्याग्रा (Hoppers)

सेताझींगा (White Flies)

फगलेटे कीरा (Beetles)

बोरर (Borers)

कटवोर्म (Cutworms)

इयरविंग (Earwings)

माकुरा (Spiders)

थ्रिप (Thrips)


बोटबिरुवामा लाग्ने रोगहरू

डाठ कुहिने (Anthracnose)

थोप्ले (Spot)

वोइलाउने (Wilting)

फायरब्लाइट (FireBlight)

रस्ट (Rust)

पात कोप्रिने (Leaf Curl)

धुले रोग (Powdery Mildew)

स्क्याब (Scab)

जरा कुहिने (Root Rot)

भाइरस (Virus)

ढुसी (Fungy)

डच (Dutch)

गुभो कुहिने (Damping Off)

क्रमश..







































अर्को: आकर्षक बोटबिरुवा र उपयोग


Previousअगाडी पाना
अर्को पानाNext









धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू