Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



गुलाफ(Rose)
          मुकेश घिमिरे

गुलाफ/Rose

Phoolbari Logo
गुलाफ अति लोकप्रिय र सुन्दर बहुवर्षिय बिरुवा हो। गुलाफका किसिमहरु धेरै छन्। केही लहरामा फुल्दछन् भने केही अग्ला तथा होचा बोटमा फुल्दछन्। गुलाफलाई अंग्रेजीमा रोज भनिन्छ। यो रोज (Rosa-रोजा) परिवारमा पर्छ र यसको बंश पनि रोज नै हो। यस वंशमा सय भन्दा बढि प्रजाती र धेरै किसिम रहेका छन्। मुख्य रुपमा गुलाफ एशिया महादेशको रैथाने बिरुवा भए पनि संसारका धेरै ठाऊँमा पाइन्छन्। गुलाफका फुल साना र ठूला दुबै आकारमा, झुप्पामा तथा अलग-अलग फुल्दछन्। गुलाफका केही प्रजातीमा अति मिठो वासना आउँदछ भने केहीमा पटक्कै वासना आउँदैन। यो बिरुवा सजावट र उपयोग जस्तै - औषधी, सोन्दर्यका सामग्री र अन्य थुप्रै कामका लागि उपयोग गरिन्छ। ढकमक्क फूल्दा अति मनमोहक देखिने भए पनि यसका हाँगामा कोप्रे परेका तिखा काँडा हुन्छन्। तसर्थ यसको काम गर्दा हामी सावधान हुनु पर्दछ। आजभोलि गुलाफका विभिन्न प्रजाती बिच क्रस गरि थरीथरीका हाइब्रिड किसिमहरु निकालिएका छन्। हाइब्रिड गरि धेरै रङ्ग र किसिमका फूल निकालिएका भए पनि गुलाफको प्राकृतिक रङ्ग प्राय रातो, सेतो, पहेलो, गुलाफी, सुन्तले आदि हुन्। गुलाफका किसिम धॆरै भएकाले रैथाने स्थान र बिरुवाका प्रकृति अनुसार माटो मल र हावापानीको आवश्यक्तामा फरक पर्दछ। सामान्यतया गुलाफ फूल फूल्ने बिरुवा भएकोले धेरै र आकर्षक फूल फूलाउन दिनभरी घाम लाग्ने ठाउँ, खुकुलो र मलिलो माटो, राम्ररी पानी तहरीने ठाउँ र मध्यम मात्रामा पानीको आवश्यकता पर्दछ। फूलिसकेका तथा वोइलाएका फूल र पातहरु डाँठसहित काट्दा चाँडै धेरै नयाँ कोपिला लाग्छन् र ढकमक्क फुल्दछन्। गुलाफ मध्यम र न्यानो तापक्रम बढी रुचाउंछ। गुलाफको बिरुवामा बसन्त ऋतुका दिन तात्न थाले पछि नयाँ मुना पलाउँछन् र बिस्तारै कोपिला लाग्छ र फूल्न थाल्छन्। गुलाफमा प्राय ढुशी जातका रोग र लाही किराले बढि दु:ख दिन्छन्। बगैंचा सफासुघर र सन्तुलित हेरबिचार गर्नाले यस्ता रोग तथा किरा लाग्ने सम्भावना कम हुन्छ।

गुलाफका केही लोकप्रिय प्रजातीहरु
रोज (Rosa-रोजा) लाई छोटकरीमा आर. भनिन्छ। बोटबिरुवाको बैज्ञानिक नाम बंश र प्रजाती मिलाएर लेख्ने गरिन्छ।

आर. गालिका आर. बैंकसी
आर. गालिका             आर. बैंकसी

आर. अल्बा हाइब्रिड गुलाफ
आर. अल्बा             हाइब्रिड गुलाफ







धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू