Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



पृथ्बीमा पाइने जलवायुमा ब्यापक बिबिधता भएका कारण एक अर्को ठाउँमा फरक फरक किसिमका मौसम तथा ऋतुहरु पाइन्छन्।...




         बसन्तऋतु           ग्रीष्मऋतु           शरदऋतु            हिउँदऋतु           चार ऋतु




ऋतु विषेश

                                                                           सिर्जना भण्डारी

ऋतु, सूर्य र पृथ्बी बिचको दूरीको परिणाम हो।

नेपालको सन्दर्भमा

वसन्त-: चैत्र/वैसाख

ग्रीष्म-: जेष्ठ/आसाढ

वर्षा-: श्रावण/भाद्र

शरद-: आश्विन/कार्तिक

हेमन्त-: मंसिर/पौस

शिशिर/हिऊँद-: माघ/फाल्गुन

अन्तराष्ट्रिय मान्यताका ऋतुहरु


वसन्त-: फाल्गुन/चैत्र/वैसाख

ग्रीष्म-: जेष्ठ/आसाढ/श्रावण

शरद-: भाद्र/आश्विन/कार्तिक

शिशिर/हिऊँद-: मंसिर/पौस/माघ

=========================================

English Months and Seasons

Spring-: March/April/May

Summer-: June/July/August

Autumn-: September/October/November

Winter-: December/January/February



ऋतु र वोटविरुवा

मौसमी वोटविरुवाहरुलाई एक वर्षिय वोटविरुवा पनि भन्ने गरिन्छ। यस्ता वोटविरुवाहरु ऋतु अनुसार फरक फरक समयमा हुर्किन्छन्। ऋतु अनुसार मौसमी वोटविरुवाहरु निम्न चार भागमा बिभाजन गरिएका छन्-:

    -वसन्त ऋतुमा हुने वोटविरुवाहरु

    -ग्रीष्म ऋतुमा हुने वोटविरुवाहरु

    -शरद ऋतुमा हुने वोटविरुवाहरु

    -शिशिर/हिऊँद ऋतुमा हुने वोटविरुवाहरु

    वसन्त ऋतु र वोटविरुवा

पृथ्बीमा जलवायु बिबिधता भएका कारण क्षेत्र अनुसार तापक्रममा फरक पर्दछ। कुनै क्षेत्रको वसन्त ऋतु न्यानो हुन्छ भने काहींको ठण्डा हुन्छ। सामान्य ठण्डा हिउँद हुने क्षेत्रहरुलाई औषत क्षेत्र मानिन्छ। यस्ता क्षेत्रहरुमा हिउँद ऋतुको तापक्रम समेत दिनमा मध्यम तथा न्यानो र रातमा सामान्य ठण्डा हुन्छ।

वसन्त ऋतुको वातावरणिय अवस्था क्षेत्र अनुसार फरक फरक हुने भए पनि वसन्त ऋतुलाई ऋतुहरुको राजा मान्ने गरिन्छ। हिउँद र ग्रीष्म ऋतुको विचमा पर्ने यस ऋतुको तापक्रम न त बढि चिसो न त बढि तातो नै हुन्छ। मध्यम खालको तापक्रम हुनेहुनाले वातावरण अत्यन्त रमाइलो हुन्छ। यस्तो वातावरणमा सम्पुर्ण प्राणी तथा वनस्पतिहरु रमाएर खुशी पोख्दछन्। दिन लामा तथा न्यानो हुदै जानु, चराचुरुंगी कराउन थाल्नु वसन्त ऋतुका संकेत हुन्। धेरैजसो वनस्पतिहरुले वसन्त ऋतुको वातावरण रुचाउँछन र हिउँद भरी चिसोमा आरामको अवस्थामा रहेका वोटविरुवाहरुमा पालुवा पलाउन, फुल फुल्न र फल फल्न थाल्छन् र सम्पुर्ण वातावरण नै रमणिय, हराभरा र सुबासिलो देखिन्छ।

वसन्त ऋतुमा लगाइने वोटविरुवाहरु हिउँदको अन्त्यतिर लगाइन्छन् र ग्रीष्म ऋतुको शुरु तथा मध्य सम्म रहीरहन्छन्। तातो तापक्रम सहन सक्ने केहि समबेदनशिल (चिसो सहन नसक्ने) वोटविरुवाहरु जस्तै-पोर्टुलाका, जिनिया, मर्निंग ग्लोरी, जालपा आदि ग्रीष्म ऋतभरी पनि रहीरहन्छन्।

हिउँद बढि ठण्डा हुने क्षेत्रहरुमा वसन्त ऋतुको शुरुमै फुल फुलाउन घरभित्रको नियन्त्रीत वातावरणमा बीउ उमार्नु पर्दछ। घरभित्र बीउ उमार्न अनुकुल नभए नर्सरीबाट किन्नु पर्दछ। बगैंचाको लागि बिरुवा छान्दा सर्वप्रथम सम्बन्धीत क्षेत्रको मौसम र बिरुवाको प्रकृतिमा ध्यान दिनु पर्छ

वसन्त ऋतुका वोटविरुवाहरु
क्रमस..








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू