Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




लुज रोज बुके
सिर्जना भण्डारी

Rose Bouquet
फूलका लुज बुके पुष्प गुच्छाहरु प्राय गिफ्ट दिनका लागि बढि प्रयोगमा ल्याइन्छन् । फ्लोरल प्लास्टीकमा बेरेर तयार पारिने फूलका लुज बुकेहरु हेर्दा अति आकर्षक देखिन्छन् । फूल नाशवान वस्तु भएकोले लुज बुके बनाउँदा फूल चाँडै नओइलावस भन्नका लागि विशेष ध्यान पुर् याएर तयार गर्नु पर्दछ ।

लुज बुके बनाउने तरिका:
सर्वप्रथम आफूलाई मन परेका फूलका किसिम र रंग छान्ने ।
यसपछि फूलका डाँठका लम्बाई हेरी अग्ला र होचा र फूलका आकार-प्रकार, साना-ठूला छुट्टयाउने ।
पुराना पहेंला र ओइलाएका भाँचिएका तथा च्यातिएका पात, फूल तथा हाँगाहरु सावधानीपूर्वक निकाल्ने अर्थात फूल तथा पात सफा गर्ने ।

T Plant Fern
फ्लोरल प्लास्टीकलाई आवश्यक आकारमा सफा टेबलमा छड्के पारेर फीजाउने । फीजाइएको प्लास्टीकको चार कुना मध्ये अगाडिको कुनाको सिधा पारी ४-५ वटा अग्ला डाँठ भएका हरिया पात फेर्न तथा टी प्लान्ट डाँठका फेद एकै ठाउँमा अर्थात नजिक नजिक पर्ने गरी पर्ने गरी मिलाएर राख्ने ।

अब हरिया पात माथि छनौट गरिएका अग्ला डाँठ भएका फूल हरिया पातका टूप्पा भन्दा २/३/४ इन्च तल पर्ने गरि मिलाएर राख्ने ।
Focus Flower

अब अग्ला डाँठ भएका फूल भन्दा २/३/४ इन्च तल पर्ने गरि पुष्प गुच्छामा फोकस गर्न खोजिएका फूलहरु मिलाएर राख्ने गुलाफ सनफ्लावर अर्किड अर्नामेन्टल लिलि अल्स्ट्रोमेरीया जरबेरा आसीयाटीक लिलि काला लिलि ठूला गोदावरी आदि फोकस फूलहरु हुन् । फोकस फूलले बुकेको आर्कषण बढाउनुका साथै कुन प्रयोजनका लागि पुष्प गुच्छा प्रदान गरिएको हो त्यसको अर्थ समेत बताउँछन् र यस्ता फूलहरु प्राय बुकेको सेन्टरमा रहने गर्दछन् ।
अब बुकेको सबभन्दा अगाडिपट्टि फोकस फूल भन्दा २/३ इन्च तल पर्ने गरि साना तथा छोटा डाँठ भएका फूल र अलिकति ४-५ वटा हरिया पात राख्ने । यस्ता फूलहरुलाई फिलर फ्लावर भनिन्छ ।
यसरी लुज फूल तथा हरिया पातहरु अग्लाई र आकार प्रकार मिलाएर फ्लोरल प्लास्टीक माथि सेट गरिसकेपछि फूल चाँढै ओइलाउन नदिन सबैतिर पर्ने गरी हल्का पानी स्प्रे गर्ने र दायाँ तथा बायाँ दुवैतिरबाट प्लास्टीक उठाई सबै फूल तथा पातहरुलाई प्लास्टीकभित्र पर्ने गरी विस्तारै हल्का हातले प्याकिड्ड गर्ने र नखुस्कीले गरि फूल तथा पात नचेपिकन प्लास्टीकमा स्टीच लगाउने ।
बुकेको तल्लो भाग अर्थात समाउने ठाउँमा वरिपरिको प्लास्टीकले कस्सीने गरी फनफनी बेर्ने र बलियो पारेर सेलो टेप लगाउने । फूलका डाँठका फेदबाट हावा छिरी फूलको पानी सुक्न गई फूल चाँढै ओइलाउने हुनाले हावा नपस्ने गरी फूलका डाँठका वरिपरी प्लास्टीकले बेर्नु पर्दछ । आवश्यकता परे अतिरिक्त प्लास्टीकको पनि प्रयोग गर्न
सकिन्छ ।
लुज बुके तयार भयो । बुकेलाई अझ आकर्षक देखाउन बुकेमा प्रयोग गरिएका फूलका रंगर आकार प्रकार हेरी आकर्षक ढंगबाट कम्वीनेसन मिल्ने गरी समात्ने ठाउँमा फ्लोरल रिबन बाध्नु पर्दछ ।

नोटः फूलदानी तथा बास्केटका सजावट भन्दा लुज बुकेका सजावट चाँडै ओइलाउने हुनाले बेला बेलामा सबैतिर पर्ने गरी बुकेका फूलमा पानी स्प्रे गर्नु पर्दछ । एक पटक गरेको पानी सुकेपछि मात्र फेरी स्प्रे गर्ने बुकेका फूललाई लामो समयसम्म टिकाइराख्नका लागि गिफ्ट लिने दिने काम सकिएपछि जति सक्दो चाँढो बुकेको डाँठ वरिपरिको प्लास्टीक काटेर सबै डाँठहरुले पानी छुने गरी फूलदानीमा राख्नु पर्दछ ।

Loose Bouquet







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन