Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




क्याक्टस (Cactus)
सिर्जना भण्डारी

Torch Cactus

क्याक्टस अति आकर्षक र लोकपि्रय सजावटजन्य बहुबर्षिय बोटबिरुवा हुन् । क्याक्टसलाई छोटकरीमा क्याक्टी पनि भन्ने गरिन्छ । यी दक्षिण अमेरिका महादेशका रैथाने बिरुवा हुन् । क्याक्टाकेई (Cactaceae) परिवारमा पर्ने यस बिरुवाका थुप्रै डिभीजनहरु रहेका छन् । क्रमबद्ध रुपमा गरिएको डिभिजन तथा जातीकरणलाई टेक्सोनोमी भनिन्छ ।

क्याक्टसको टेक्सोनोमी
डिभिजन -क्लास -अर्डर -परिवार -उपरिवार -ट्राइब -वंश -प्रजाती -कल्टीभर र किसिम क्याक्टसका टेक्सोनोमी हुन् । क्याक्टसको समूह निकै ठूलो छ र यसभित्र थुप्रै किसिमका वंश प्रजाति र किसिमकाहरु रहेका छन् । यी सबै किसिमहरुलाई सामूहिक रुपमा क्याक्टस भन्ने गरिन्छ ।

Prekly Pear Cactus
क्याक्टस अन्य सामान्य बोटबिरुवाभन्दा फरक विशेषता भएका हुन्छन् । धेरैसजो क्याक्टस काँडादार र अनौठा आकार प्रकारका हुन्छन् । यी सुख्खा क्षेत्रका रैथाने बिरुवा भएकाले यिनका पात तथा डाँठ बाक्ला र रसिला हुन्छन् । क्याक्टसका केही प्रजातीमा बाहेक धेरै जसोमा पात हुँदैनन् । क्याक्टसका बाक्ला डाँठले नै पातको काम गर्दछन् । बाक्ला फ्लेसी पात तथा डाँठ भएका कारण क्याक्टसलाई सुकुलेन्ट बिरुवा पनि भन्ने गरिन्छ तर वनस्पति विज्ञानमा भने क्याक्टस र सुकुलेन्ट दुई फरक किसिमका बिरुवा हुन् । सुख्खा क्षेत्रमा पर्याप्त पानी र आद्रताको कमी हुने हुनाले क्याक्टसका बिरुवाले सुख्खा तथा बढी तापक्रमको प्रतिकुलताबाट आफूलाई सुरक्षित राख्न बाक्ला पात तथा डाँठमा पानी भण्डारन गर्ने गर्दछन् । यसै कारण लामो खडेरीमा पनि क्याक्टसका बिरुवाहरु बाँची रहन सक्छन् र कतिपय हरिया नै रहिरहन्छन् ।
Rubi-ball Cactus

क्याक्टसका वंश प्रजाति कल्टीभर तथा किसिमहरु थुप्रै छन् । आजभोली पुष्प व्यवसायमा क्याक्टसको प्रयोग निकै बढ्दै गएको छ । क्याक्टसलाई अर्नामेन्टल सजावटजन्य बिरुवाका रुपमा हुर्काउने गरिन्छ । सजावटका साथै रैथाने क्षेत्रहरुमा क्याक्टसलाई विभिन्न उद्देश्यको लागि हुर्काउने गरिन्छ । यसका केही प्रजातीका अन्नका रुपमा हुर्काउने गरिन्छ भने केहीलाई जंगली जनावरहबाट सुरक्षा लिन छेकबारका रुपमा प्रयोग गर्ने गरिन्छ ।

Rat-tail Cactus
सोखका लागि क्याक्टस हुर्काउने फूलबिरुवा प्रेमीहरु प्राय आकर्षक फूल फुल्ने अलग र अनौठो किसिमका पात तथा डाँठ भएका क्याक्टसका बिरुवाहरुको चयन गर्ने गर्दछन् । क्याक्टस फूल फूल्ने र फूल नफूल्ने दुवै किसिमका हुन्छन् । फूल फुल्ने भएपनि अन्य बोटबिरुवाहरुमा जस्तो क्याक्टसमा चाँडै फूल फुल्दैन । क्याक्टस राम्ररी परिपक्क भएपछि मात्र फुल्न थाल्छ । कतिपय क्याक्टसहरुलाई पूर्णरुपमा परिपक्क हुन तथा फूलफुल्न वर्षौ लाग्ने गर्दछ । तर धेरैजसो फूलबिरुवा प्रेमीहरु क्याक्टसलाई फूलका लागि भन्दा पनि यसका आकर्षक तथा अनौठा पात, डाँठ तथा आकृति आकार-प्रकारका लागि हुर्काउने गर्दछन् ।

सजावटका लागि हुकाईने केही लोकपि्रय क्याक्टसहरु
कि्रसमस क्याक्टस
स्पाइडर क्याक्टस
टोर्च क्याक्टस
रुवीवल क्याक्टस
पिनकुशन क्याक्टस
गोल्डेन ब्यारेल क्याक्टस
होली डे क्याक्टस
वल्डम्यान क्याक्टस
र् याट टेल क्याक्टस
वरग्यान पाइप क्याक्टस
पि्रक्ली पियर क्याक्टस
गोल्डेन वल क्याक्टस
परभियन क्याक्टस
टेफ्रो क्याक्टस
रिबुटीया क्याक्टस
स्टापेलीया क्याक्टस
फेरो क्याक्टस
माउन्टेन सोरेयूस क्याक्टस
सान पेड्रो क्याक्टस
मोले क्याक्टस


क्याक्टसको हेरबिचार
Soil and Pot Change
क्याक्टस हुर्काउन अति सजिला बिरुवा हुन् । यसलाई अति उच्च प्रकाश तथा तापक्रम देखि सामान्य तथा कम प्रकाश तथा तापक्रममा पनि सजिलै हुर्काउन सकिन्छ । यही विशेषताका कारण क्याक्टसलाई भित्रिय बगैँचामा पनि व्यापक रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । अति कम पानीको आवश्यक पर्ने र सामान्य हेरबिचार मात्र गरे पुग्ने भएकोले जो कोही फूलबिरुवा प्रेमीहरुले पनि क्याक्टसलाई सजिलै हुर्काउन सक्छन् ।

सुख्खा क्षेत्रको रैथाने बिरुवा भएको र कम पानीको आवश्यकता पर्ने हुनाले पानी चाँडै तहरिने किसिमको बलौटे तथा दोमट माटो क्याक्टसका लागि उपयुक्त मानिन्छ । यदि तपाईंको बारीको माटो चिम्ट्याइलो तथा खँदिलो छ भने त्यसमा आधा वा सो भन्दा बढि बालुवा तथा बलौटे माटो मिसाएर र बढी बलौटे तथा कंकड भए आबश्यकता अनुसार चिम्ट्इलो माटो तथा प्रांगारीक मल मिसाएर क्याक्टसका लागि उपयुक्त माटो आफैं तयार गर्न सक्नुहुन्छ । सामान्यतया क्याक्टस बिरुवाका जरा उति गहिरो नजाने हुनाले स-साना तथा थेप्चा गमला माटोको गहिराई कम भएका क्यारीहरु आदिमा पनि सजिलै हुर्काउन सकिन्छ ।
नया बिरुवा

माटो सन्तुलित छ भने सोखका लागि हुकाईएका घरेलु क्याक्टसका बिरुवाहरुलाई अतिरिक्त मलको खासै आवश्यकता पर्दैन तर क्याक्टसका हाइवि्रड तथा कल्टीभर बिरुवाका लागि भने तोकिएको परिणाम पाउन अर्थात सफलतापूर्वक हुर्कन तथा हुर्काउनका लागि तोकिएकै मलको आवश्यकता पर्दछ । आजभोली बाजरमा क्याक्टसकै लागि भनेर छुट्टै प्रविधिबाट तयार पारिएका विशेष किसिमका मल तथा माटो पनि प्रसस्त उपलब्ध गराइएका छन् । नजिकैको नस्ररी तथा अनुभवीहरुलाई साधेर पनि क्याक्टस र यसका आवश्यकता तथा यसलाई हुर्काउने विधि आदि बारे जानकारी लिन सकिन्छ ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन