Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




सिम्बेडियम अर्किडबारे सामान्य जानकारी
दीपा राई (पुन)

Phoolbari Logo

Orchid
र्किड शब्द ग्रीक भाषाको अर्किस(Orchis) शब्दबाट आएको हो । नेपालीमा यसलाई सुनाखरी भन्ने गरिन्छ । अठारौं शताब्दी देखि नै यो फूल लोकपि्रय हुँदै आएको पाइन्छ । इतिहासलाई हेर्दा चीनमा यो फूलको खेती झण्डै २५०० वर्ष पहिले देखि नै हुँदै आएको पाइन्छ ।

अर्किड ओखतीमूलक हुनुको साथसाथै सुन्दर, बास्नादार र लामो समयसम्म टिकीरहनॆ फूल तथा बिरुवा अन्तर्गत पर्दछ । हालसम्म नेपालमा १०२ वशंका ३८५ प्रजातीका अर्किडहरु नामाड्कन भएका छन् । यो उच्च हिमाली क्षेत्र अर्थात अति चिसो तापक्रम देखि प्रचण्ड गर्मीमा पनि हुर्कन सक्ने विरुवा हो ।

Orchid
नेपालमा व्यवसायिक रुपमा अर्किड खेती झण्डै १५ वर्ष पहिले देखि गरीदै आइएको छ । व्यवसायिक रुपमा गरिएका अर्किड हाईवि्रड विरुवा हुन् । हाईबि्रडलाई नेपाली भाषामा विकासे भन्ने गरिन्छ । हाइबि्रड विरुवाको उत्पादन दुई जंगली वंश र प्रजाति तथा हाईबि्रडसँगै क्रस गराएर गर्ने गरिन्छ । शुरुका अवस्थामा अर्किडको ब्यबसाइक खेतीका लागि आवश्यक प्रविधि सामग्री तथा अर्किडका बिरुवा समेत भारतको सिक्किम र दार्जिलिङबाट आयात गरिएका थिए भने हाल जापानबाट सिकेको नयाँ प्रविधिलाई पनि उत्पादकहरुले प्रयोगमा ल्याउनुका साथै टिस्यूकल्चर प्रबिधिबाट उत्पादित अर्किडका स-साना विरुवाहरु थाइल्यान्डबाट झिकाएर हुकाईरहेका छन् । उत्पादकले बिरुवा उत्पादन गानाको सुड र टिस्यूकल्चर गरी दुई प्रकारले गरिरहेका छन् । पुरानो बोटको गानाबाट उत्पजदित बिरुवा बढ्दै गए पनि नयाँ जस्तो नह टिस्यू कल्चरबाटने तर टिस्यूकल्चरबाट उतपादित बिरुवा गुणात्मक फ्रेस र नयाँ किसिमको हुने हुनाले निश्चित रुपमा ग्राहकहरु त्यसपैति मोहित हुन्छन् ।

Orchid
सिम्बेडियम अर्किडलाई 'अर्किडको राजा' मान्ने गरिन्छ । अन्य अर्किडहरुको तुलनामा यो बिशेष लोकपि्रय छ । सामान्यतया १३०० देखि १७०० मि। सम्मको उचाईमा रहेको देश चीन जापान र अन्य पूर्वी एशियाली मुलुकका हिमाली क्षेत्र लगायत अष्टे्रलियामा पनि यसको खेती गरिन्छ ।

नेपालमा हाल ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा ९ वटा नस्ररीहरु इख्इए एक गाउँ एक उत्पादनको मातहतमा यस फूलको खेती गरिरहेका छन् । निजी तथा सरकारी साझेदारी अवधारणा अनुसारको यस प्रोजेक्टले प्रथम वर्ष (२०६४&/०६५)मा व्यवसायिक उत्पादकहरुलाई समेटेर दोस्रो वर्ष (२०६५/०६६)मा स्थानीय उत्पादकहरुलाई समूह बनाई सिम्बेडियम अर्किडको खेती गरीरहेका छन् । यस कार्यक्रमको उद्देश्य स्थानीय उत्पादकहरुको सामाजिक आर्थिक अवस्थामा परिवर्तन ल्याउनुका साथै सिम्बेडियम अर्किडलाई निर्यात वस्तुको रुपमा विकास गर्नु रहेको छ । यसमा सरकार र उत्पादकहरुले बिरुवाको लागत खर्चमा आधा आधा बेहोरेका छन् भने नयाँ प्रविधि र बजार व्यवस्थापनका लागि सक्दो सहयोगका लागि सरकारका तर्फबाट कोशिश जारी रहने प्रतिबद्धता आएको छ ।

अन्तराष्ट्रिय बजारमा हाईबि्रड सिम्बेडियम फूलको ठूलो माग रहेको छ । नेपाली उत्पादकहरुले यदि विदेशी स्तरको गुणात्मक र संख्यात्मक स्तरलाई कायम राख्न सक्ने हो भने स्वदेशी मागलाई पुरा गर्नुका साथै विदेशी बजारमा समेत उचित बजार र मूल्य पाउने सम्भावना प्रसस्त देखिन्छ ।

सिम्बेडियम अर्किड उत्पादन अहिलेसम्म उत्पादकहरुको आफ्नै पहलमा मात्र भएको देखिन्छ । त्यसैले खेतीका लागि आवश्यक सामग्री र प्रविधि नेपालमा आयात गर्न आवश्यक छ । तर फूल उत्पादन गर्दा लाग्ने आर्थिक भार उत्पादकहरुद्धारा वहनयोग्य हुनु पर्दछ । उत्पादकहरुले परम्परागत किसिमले खेती गरिरहेका हुँदा आधुनिक प्रबिधिबाट गर्न गराउन सरकारबाट कम ब्याजमा ऋण प्रवाह गराउनु अति आवश्यकका साथै प्रभाबकारी देखिन्छ । उत्पादकहरुको आफ्नै प्रयास र सिकाईले उनीहरुलाई दक्ष बनाउँदै लगे पनि अर्किड विशेषज्ञबाट नै उनीहरुलाई सहयोग र सल्लाहको खाँचो रहेको छ । सरकारी तवरबाटै देशमा अर्किड अनुसन्धान केन्द्र (Research Center) भईदिए काममा अझ सरलता र प्रभाबकारीता आउने थियो । अर्किड उत्पादकहरुलॆ आफ्नो समस्या सुल्झाउँदै आधुनिक प्रविधिबाट संख्यात्मक र गुणात्मक उत्पादन गरि बाह्य बजारमा नेपालको पनि नाम थप्न सक्ने थिए ।

नेपालमा प्रथम पटक सिम्बेडियम अर्किड प्रदर्शनी २००९, चैत्र ८/९ (March 21/22)मा भएको थियो । उत्पादकहरुले प्रत्येक वर्ष प्रदर्शनी गर्ने र "सिम्बेडियम अर्किड हर मौसम" नारा सहित अगाडि बढ्ने लक्ष्य पनि राखेका छन् ।

सिम्बेडियम अर्किड खेती कसरी गर्ने
सिम्बेडियम अर्किडलाई राम्ररी हुर्कन प्रशस्त हावा चाहिने र हल्का छायाँ दिनुपर्ने हुनाले जमिनबाट अलग गरी सेडहाउस बनाएर राखिन्छ । यसलाई रोप्नको निम्ति गाईको पाकेको गोबर मल सुकेका पातपितंगर कोइला इट्टाको टुक्रा बालुवा र सुकेका वा सडेका रुखका बोक्राहरु मिलाई मल तयार गरिन्छ । गमलामा रोप्न यसका बोटका साईज अनुसारका गमला प्रयोग गर्ने गरिन्छ । अर्किड रोप्दा यसको बोटलाई ठाडो पारी गाना (Bulb) आधा देखिने गरि रोप्नु पर्छ । यो परम्परागत प्रविधि हो भने आधुनिक प्रविधि अनुसार सल्लाको बोक्रामा बिरुवालाई रोपेर नियमित रुपमा आवश्यक मात्रामा तोकिएको मल हालेर (N.P.K.-१५:११:१५ अनुपातमा र विकल्प १५:५:२५) हरेक १४ दिनमा पनि केहि उत्पादकहरुले प्रयोगको प्रयास गरेका छन् तर यस प्रयोगको नतिजा भने हेर्न बाँकी नै छ । पीना र हडडी्को धुलो ७:३ गरेर महिनाको एकपटक मलको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

तापक्रम तथा आद्रता
सिम्बेडियम अर्किडलाई फूल फूल्नको लागि रातीको तापक्रम घटेर १० डिग्री सेन्डिग्रड र दिनमा अधिकतम २९ डिग्री सेन्टिग्रेड हुनु पर्दछ । १८ डिग्री सेन्टिग्रेडमा फूलको डाँठ तुलनात्मक रुपमा राम्ररी हुर्किने हुन्छ । यसलाई सापेक्षिक आद्रता ५० प्रतिशत देखि ७० प्रतिशत चाहिन्छ । बोट बढ्दै जाँदा आद्रता पनि बढाउँदै लानु पर्छ ।

प्रकाश
सिम्बेडियम अर्किडले बिहानको र दिउँसोको सूर्यको प्रकाश मन पराउँछ । अति साना बिरुवा जुन ँभिकज बाट निकालेर ऋयुगलष्तथ एयत मा सारीएको हुन्छ त्यसबेला प्रकाश ५० प्रतिशत देखि ७० प्रतिशत हुनै पर्छ यसो नभए बिरुवा हुर्कन गाह्रो हुन्छ । केही हुर्किएका बिरुवाहरुलाई ३० प्रतिशत देखि ५० प्रतिशत प्रकाश चाहिन्छ भने फूल फूल्ने बेलामा राम्रो फुल फुलाउन अनिबार्य रुपमा ६० प्रतिशत प्रकाश छिर्नु पर्छ । यसका लागि उत्पादकहरुले जाडोमा ५० प्रतिशत तलको एग्रोनेट लगाउनु उपयुक्त हुन्छ । दिन ढल्ाकीदै गएको अर्थात पश्चिमी घाम बिरुवा तथा फुलमा नपरेकै राम्रो हुन्छ । यस्तो प्रकाशले बिरुवाका पात तथा फुलहरुमा हानी पुर्याउँछ ।

घाम झुल्केको एक घण्टा पछि र दिउँसो २ बजे भन्दा अगाडि कै समय पानी हाल्नका लागि उपयुक्त मानिन्छ । यसको एज्-५।२ देखि ५।५ सम्म राम्रो हुने हुनाले चिस्यान हुनु राम्रो भए पनि धेरै बढी पानी हुँदा जरा बढ्दैन् । त्यसैले राम्रो एरेसन र ड्रेनेज हावा पास हुने र पानी निकास हुने हुनु जरुरी हुन्छ । फिल्टर भएको अर्थात पिउनयोग्य पानीको प्रयोग गर्दा बिरुवा स्वस्थ्य हुन्छ । फूल फूले पछि फूलमा पानी पर्नु हुँदैन जोगाएर जरामा मात्र पर्ने गरी हाल्नु पर्दछ । फुलमा पानी पर्यो भने फुलका पेटल तथा पातमा थोप्ला तथा धब्बा बस्छ र पुरै बिरुवा नै अनाकर्षक देखिन्छन् साथै सबै मेहनेत समेत खेर जान्छ


बिरुवालाई कसरी छुटट्याउने
Propagation by Division Propagation by Tissue-culture
बिरुवा र गाना गमला तथा रोपिएको स्थानमा अटाई नअटाई हुँदा फुल कम फुल्ने गर्दछ । यो बिरुवा तथा गाना छुटट्याउनु पर्ने अवस्था हो । फुल फुलिसके पछि अथवा हुर्केको फुललाई काटेर बिरुवा छुटट्याउन सकिन्छ । मार्च देखि जुन सम्म बिरुवा सार्न तथा छुटट्याउन उपयुक्त समय मानिन्छ । तर बिरुवा छुटट्याउने् क्रममा निकै ध्यान पुर्याउनु पर्दछ । बोटसँग पुरानो बुढो गाना र नयाँ टुसा हुनु आवश्यक हुन्छ अर्थात बजै आमा र बच्चा हुनै पर्छ । अकिडका यी तीन पुस्तालाई एउटा सग्लो बिरुवाको रुपमा लिईन्छ । यसो नगरीए बिरुवामा फुल फुल्दैन । गमलामा बिरुवा रोप्दा गमलाको बैठकमा एक ईन्च प्वाल पारी ईट्टाकॊ टुक्राहरु राखि बोटलाई सिधा बनाएर मल तथा माटो भर्नु पर्दछ । जसले गर्दा पानी निकास हुन र हावा खेल्न सजिलो हुन्छ र बोट राम्ररी फस्टाउँछ ।

Orchid
अर्किडको खेती दिर्घकालीन उद्योग हो । विश्मा हरेक किसिमका फुलका बजार विशाल हुनाको साथै दिन प्रति दिन यसको माग बढ्दो छ । नेपालमा पनि पुष्प ब्यबसायमा सरकारी तबरबाट स्पस्ट नीति तथा नियम तय गरी ब्यबसायलाई बढावा दिई बजार ब्यबस्थापनको प्रबन्ध मिलाई राष्ट्रका लागि बिदेशी मुद्रा आर्जन गर्ने बलियो श्रोत प्रदान गर्न सकिन्छ ।
लेखिका अर्किड उत्पादक हुनुहुन्छ







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन