Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




बालबालिका र फुलवारी
सिर्जना भण्डारी


Phoolbari Logo बोटबिरुवाहरु जस्तै मानिसहरु पनि प्राकृतिक प्राणी हुन त्यसैले हामी प्रकृति प्रति आकर्षित हुन्छौं । आकर्षक फूलबिरुवाहरु प्रकृतिका अति सुन्दर सिर्जना हुन् जसले मानिस लगायत सम्पूर्ण प्राणीहरुलाई आकर्षित गर्दछन् । प्रकृतिविना संसार अधुरो हुन्छ ।

बालबालिकाहरु पनि एक किसिमले प्रकृतिका सुन्दर फूलहरु हुन् जो परिवार रुपी फूलबारीमा फूलिरहेका हुन्छन् । धेरै बालबालिकाहरु निकै सानो उमेर देखिनै प्राकृतिक रुपमै प्रकृतिमा रमाउने गर्दछन् भने केही अलि ठूला भइ प्रकृतिबारे बुझे पछि यस प्रति आकर्षिात हुन्छन् । फूलबगैंचाको हकमा धेरै जसो बालबालिकाहरु विभिन्न आकारमा फूल्ने फूल उक्त फूलहरुमा आउने किराहरु जस्तैः पुतली मौरी भमरा चरा आदि प्रति आकर्षिात हुन्छन् र तिनलाई खुब नियाल्ने तथा तिनको पछि पछि कुद्ने गर्दछन् । यसरी प्रकृतिसंग खेल्दा उनीहरुको अवोध दिमागमा विभिन्न तरङ्गहरु उत्पन्न हुन्छन् र अन्त्यहिन प्रश्नहरु सोध्न थाल्छन् जस्तः यो किन के हो कसरी आदि । बालबालिकाहरुको यस्तो जिज्ञासाको स्वागत गर्नु पर्दछ किनकी उनीहरुलाई प्रकृति प्रति आकर्षण गराउने र प्रकृतिबारे सिकाउने यो सुवर्ण अवसर हो । उनीहरुका हरेक जिज्ञासाहरुको जवाफ यसरी दिनुपर्छ कि उनीहरु आफैं उक्त काम गर्न जागरुक होउन् । उदाहरणका लागि यदि बालबालिकाले पुतली किन फूलमा बस्छ भनेर सोधे भने । फूलको रस चुस्न बस्छु भनेर एक वाक्यमा जवाफ नटुङग्याउनुहोस् । यो जिज्ञासालाई धेरै लम्ब्याउन सकिन्छ र उनीहरुलाई धेरै कुराहरु सिकाउन सकिन्छ ।

बालबालिकाका जिज्ञासाहरुलाई कसरी लम्ब्याएर धेरै कुराहरु सिकाउने:

-पुतली किन फूलमा बस्छ ?
-यसरी जवाफ दिनुहोस् -

-किनकी तिमीलाई पुतली मनपरे जस्तै पुतलीलाई फूल मन पर्छ ।

-किनकी पुतली फूलको मिठो खानेकुरा चोर्न आएको हो ।

-किनकी पुतली र फूल तिम्रो ममी-बाबा जस्तै मिल्ने साथी हुन् ।

-किनकी पुतलीले फूललाई अर्को सानो उ जस्तै बिरुवा बनाउन सक्ने शक्ती दिन्छ ।

-किनकी फूल बिना पुतली बाँच्न सक्दैन र पुतली बिना नयाँ बोटबिरुवाहरु बन्न सक्दैन ।

-तिमीले हुर्काएको फूलमा झन् धेरै पुतली आउँछन् र त्यो फूलले अझ धेरै नयाँ बिरुवा उत्पादन गर्न सक्छन् किनकी तिमी पनि पुतली र फूल जस्तै छौ ।

साथै यस बीचमा उनीहरुका अन्य जिज्ञासकहरुको जवाफ पनि दिँदै गर्नुहोस ।

यस्ता जवाफ दिएर उनीहरुलाई मोहीत गर्नु पर्दछ ताकि उनीहरु आफ्नो छुट्टै बिरुवा र छुट्टै बगैंचा लगाउन इच्छुक होउन । उनीहरुका लागि बेग्लै सानो फूलबारी बनाइदिँदा उनीहरुमा अझ बढि अभिरुची बढाउन सकिन्छ । अरुको अगाडि उनीहरुको कामको प्रसंसा गर्नुहोस् उनीहरुले हुर्काएका र फलाएका बोटबिरुवा तथा फलहरु अरुलाई पनि देखाउनुहोस् । यसो गर्दा उनीहरुमा अझ हौसला र उत्साह बढ्दै जान्छ । बोटबिरुवाहरुका उमि्रए देखि फल्ने सम्मका सबै प्रकि्रयाहरु बिरुवा बढ्दै जाँदा सम्झाउँदै जानु पर्छ । यसो गर्दा उनीहरुलाई बुझ्न सजिलो हुनुको साथै प्रत्यक्ष्य रुपमा ब्यावहारीक ज्ञान बढ्दै जान्छ ।

बालबालिकाका लागि छुट्याएर दिन मिल्ने गरी पर्याप्त जग्गा छैन भने उनीहरुलाई गमलामा आफू संगसंगै पनि सिकाउन सकिन्छ । प्राय गार्जेनहरुद्धारा बालबालिका फूलबारीमा गए पनि नजाउ तिमीलाई मतलबको कुरा होइन यो, तिमी सानो छौं, तिमीले सब बिगार्छौ आदि भनेर निरुत्साहीत गर्ने गरीन्छ । यसो गर्नु गल्ती मात्र नभएर उनीहरुको बालमनोभावनाको हत्या गर्नु र बालअधिकारको समेत हनन गर्नु हो । कृपया यसो नगर्नुहोस ।









धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन