Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन







सजावटका फूल टिकाउने टिप्स
सिर्जना भण्डारी

Phoolbari Logo

धेरै जसो फूल सजावटका सोखीनहरुलाई लामो समयसम्म फूल टिकाउने तरिका थाहा होला र कतिपयलाई नहोला पनि । सजावटका फूल लामो समयसम्म टिकाउन सकेमा फूलहरुको पूर्ण उपयोग हुनुको साथै केहीहद सम्म आर्थिक भार पनि कम हुन्छ ।

फूलबिरुवा जिवित वस्तु हुन् यिनीहरु पनि पानी खाना प्रकाशको साहारामा हुर्कन्छन् बढ्छन् र यसका लागि स्वस्थ्य वातावरणको अपेक्षा गर्दछन् । प्राणीहरुमा जस्तै फूलबिरुवाहरुमा पनि जसरी भए पनि बाँच्ने चाहना हुन्छ तसर्थ वातावरण अनुकुल भए सम्म हुर्कने प्रयास गर्दछन् । बोटबिरुवाका प्रत्यक अंग जिवित हुन्छन् तसर्थ माउ बोटबाट अलग्याए पनि खाना पानी प्रकाश ताजा हावा र उपयुक्त तापक्रम पाउन्जेल फूल पात हाँगा र फूलका पत्रहरु समेत बाँचीरहन्छन् । तर माउबोटबाट टिपिसकेपछि फूल तथा पातहरु अलि कमजोर हुन्छन् र वातावरणमा हुने सामान्य परिवर्तनबाट छिट्टै प्रभावित हुन्छन् ।

प्राय सजावटका फूलहरु लामो समय सम्म खप्छन् र अन्तिम अवस्था सम्म नै ताजानै देखिइरहन्छन् ।
तर त्यसका लागि सम्बन्धीत केही टिप्सहरु अपनाउनु पर्दछ ।

केही उपयोगी टिप्सहरु:
सर्वप्रथम सजावट कति खप्छ भन्ने कुरा प्रयोग गरिएका फूलका किसिम र गुणस्तरमा निर्भर गर्दछ ।
१. सजावटका फूलहरु सामान्य भन्दा हल्का ठण्डा तापक्रममा लामो समयसम्म खप्छन् ।

२. फूलदानीको पानी दिनैपिच्छे तथा दिन विराएर फेर्नु पर्दछ ।

३. हरेक पटक पानी फेर्दा फूलको खाना फ्लावर फूड हाल्नु पर्दछ । फ्लावर फूड धेरै भएमा फूल अनाकर्षक देखिनुका साथै पानी दुषित भइ डाँठ कुहिन पनि सक्छन् । फ्लावर फूड उपलब्ध नभएमा चियामा खाने चिनी तथा माउनटेन डिउ तथा सेभेनअपको पनि प्रयोग आवश्यकता अनुसार गर्न सकिन्छ ।

४. फूलका डाँठ फूलदानीको पिँधमा ठोकीनु हुँदैन यदि यसो भयो भने डाँठले साम्ररी पानी सोस्न सक्दैन र फूल चाँडै ओइलाउँछ ।

५. फूलका हरेक डाँठले अनिबार्य रुपमा पानी छोएकै हुनु पर्दछ ।

६. पानीमा डुबेका डाँठका भागमा पात हुनु हुँदैन । पात पानीमा डुब्दा चाँडै कुहीन्छन् र हानीकारण्क ब्याक्टेरीया उब्जीन गइ फूल ओइलाउनुका साथै डाँठ पनि कुहिन्छन् ।

७. हरेक पटक पानी फेर्दा आधा इन्च जति डाँठका फेद काट्नु पर्दछ यसो गर्दा डाँठले राम्ररी पानी सोस्न सक्छन् ।

८. सजावट सिधा घाम पर्ने ठाउँमा झ्यालको छेउमा अध्यारोमा फ्रीज चुल्हो रेडीएटर एसि आदि बढि तातो फाल्ने र बढि हावा फाल्ने ठाउँमा राख्नु हुँदैन ।

९. सजावट ओइलाउन लागेका तथा कुहीएका फूल जति सक्दो चाँडो हटाउनु पर्दछ ।

१०. केही फूलका डाँठ कुहिएर फूलदानीको पानी गन्हाएको छ भने फूलका डाँठका साथै फूलदानी पनि राम्ररी धुनु पर्दछ । फूलदानी साबनु तथा सर्फ पानीले धुनु राम्रो हुन्छ ।

११. सकेसम्म फूलदानीमा पानी फेर्दा मनतातो पानी हाल्नु पर्दछ किनकी मनतातो पानी फूलका डाँठले चाँडै सोस्छन् ।

१२. यदि घरभित्रको हावा तथा वातावरण सुख्खा छ भने सबै प्रकि्रया पुर् याउँदा पुर् याउँदै पनि फूल ओइलाउन सक्छन् । यो घरभित्रको हावामा आद्रता कम भएर देखिने समस्या हो । फूल तथा पातमा पुरै सजावटमा स्प्रे गरेर तथा पानी छर्केर पुूललाई आद्रता प्रदान गर्न सकिन्छ । यो प्रकि्रया आवश्यकता अनुसार घण्टै पिच्छे पनि गर्न सकिन्छ तर पहिले हालेको पानी सुकी सकेको हुनु पर्दछ । प्राय हिउँद ऋतुमा घरभित्रको आद्रता निकै कम हुने गर्दछ । झ्याल तथा भेन्टीलेसन खोली हावा आरपार हुन दिएर पनि यो समस्या समाधान गर्न सकिन्छ । यसो गर्दा घर भित्रको कम आद्रता भएको हलुका हावा बाहिर निस्कन्छ र बाहिरको आद्रता भएको हावा भित्र जान्छ । यही नै ताजा हावा हो ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन