Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




बालबालिकाका लागि


बोटबिरुवा र प्रजनन्
सिर्जना भण्डारी

Phoolbari Logo

Cutting Propagation Rooting in Water
याँ बिरुवा उमार्नु तथा तयार गर्नु नै बोटबिरुवाको प्रजनन् हो । प्रजनन् विभिन्न तरिकाबाट गर्न सकिन्छ जस्तै - बिउबाट, हाँगा काटेर, मुन्टा चिमोटेर, पात काटेर, जरा विभाजन गरेर आदि । यि मध्य बिउबाट बिरुवा उमार्नु सबभन्दा पुरानो, सजिलो र लोकपि्रय प्रजनन् विधि हो । बालबालिकाहरुका लागि बिउबाट बिरुवा उमार्ने प्रजनन विधि सबभन्दा सजिलो र उपयोगी हुन्छ । प्रकृतिका धेरैजसो वनस्पतिहरुमा फूल फूलेर तिनमा कोशा लाग्छ र कोशामा विउ पाक्दछ । यसरी पाकेका हरेक विउमा एउटा नयाँ बिरुवा प्रजनन् गर्ने क्षमता हुन्छ ।

Seed Propagation Seed Propagation
विउबाट बिरुवा प्रजनन् गर्ने विधि सजिलो भए पनि सबै बोटबिरुवाका विउ उमार्न उत्रिकै सजिलो हुँदैनन् । बालबालिका तथा नयाँ फूलबिरुवा प्रेमीहरुका लागि उमार्न र हुर्काउन सजिला बोटबिरुवाहरुको चयन गर्नु पर्दछ । सयपत्री, मखमली, असर्फी, जालपा, पेन्जी, लार्कसपुर, पिटुनिया, स्न्यापड्रागन, ब्याचलर-बटन, स्वीट-विलियम, चाइना-पिङ्क, स्वीट-पि, कोसमोस, मर्निङ्ग-ग्लोरी, साइप्रस-भाइन, भिन्का, भरबेना र गाना जातक बिरुवाहरु आदि बिउबाट सजिलै प्रजनन् गर्न र सजिलै हुर्काउन सकिने बोटबिरुवा हुन् ।

विउ राख्दा जान्नु पर्ने कुराहरु
Healthy Seedlings
यि बोटबिरुवाहरुको विउ उमार्न सजिला भए पनि यिनीहरु बिच विभिन्न किसिमका विभिन्नताहरु हुन्छन् । जस्तै विउका आकार, साइज, उमि्रन उज्यालो तथा अध्यारो चाहीने, उमार्नु अघि भिजाउनु पर्ने, छोप्नु पर्ने तथा नपर्ने आदि । फरक जे जस्ता भए पनि सामान्यतया विउ राख्नु अघि निम्न कुराहरुमा विशेष ध्यान दिनु पर्दछ ।

- सर्बप्रथम बिउ स्वाथ्य र सफा हुनु पर्दछ ।

- विउ छरिने माटो मसिनो, खुकुलो(जैविक मल प्रसस्त भएको बलौटे)र झार-ढुंगा-इँटा-छेस्का केलाईएको सफा हुनु पर्दछ ।

- बिउ राख्ने ब्याड हल्का उठाउनु पर्द्छ (छ देखि आठ इन्चेज) ताकी ब्याडमा पनि नजमोस ।

- सबै किसिमका विउ उमि्रन न्यानो तापक्रम(कम्तिमा १५ डिग्री से. भन्दा माथि) को आवश्यकता पर्दछ ।

- मसिना विउहरुलाई माटोले छोप्नु हुँदैन यि आफैं माटोमा लुकछन् । मसिना विउहरु माटोले छोप्दा नउम्रिने सम्भावना बढी हुन्छ ।

- ठूला विउहरुलाई माटोले छोप्नु तर आधा इन्च भन्दा बढि वा गहिरो छोप्नु हुँदैन ।

- सकेसम्म विउलाई माटोले भन्दा बालुवा, काठको थूलो, पिटमोस, पराल, छवाली आदिले छोप्नु पर्दछ तर विउ टुसाए पछि जति सक्दो चाढो छोपी एका सामग्रीहरु हटाउनु पर्दछ ।

- विउ नउम्रीउनजेल माटो ओसिलो(तर हिलो हुनु हुदैन)भइरहनु पर्दछ ।

- भर्खर उम्रिएका कलिला बिरुवाहरूमा कुनै पनि किसिमको मल हाल्नु हुदैन, बिरुवा चार पात तथा पाँच-छ भए इन्चका पछि पानीमा घुल्ने नरम खालका रासायानीक तथा जैविक मल पानीमा पातलो पारी घोलेर बिरुवाका मुना तथा पातमा नपर्ने गरि हाल्नु पर्द्छ ।

- भर्खर उमि्रएका कलिला बोटबिरुवाहरुलाई चाँडो चाँडो बढ्न र स्वस्थ्य रहनका लागि न्यानो तापक्रम र उच्च प्रकाशको आवश्यकता पर्दछ तसर्थ सकेसम्म पारिलो स्थानमा बिउ छर्नु पर्दछ ।

- बिरुवा ४-५ इन्च भएपछि होसीयारी पूर्वक स्थाइ ठाउँमा सार्नु पर्दछ ।

यस्ता विउबाट उमार्न सजिला यस्ता बोटबिरुवाहरुलाई जहाँ हुर्काउने हो त्यही विउ राख्नु उपयुक्त हुन्छ । यसो गर्दा बिरुवा सारीरहनु पर्दैन र कतिपय बोटबिरुवाहरु त ठाउँ सारेको उति मन पराउँदैनन् जस्तै लार्कसपुर, स्वीट पि, स्न्यापड्रागन आदि । ठाउँ सार्दा उक्त कलिला बिरुवाहरुलाई नयाँ ठाउँमा बानी पर्न गाह्रो पर्दछ र ढिलो बढ्छन् । ठाउँ सारेका भन्दा नसारेका बिरुवा स्वस्थ्य, प्रगतिशिल हुन्छन् र चाँढै फूल्नुका साथै गुणस्तरीय फूल तथा फल लाग्दछन् । बोटबिरुवा फराकिलो र आकर्षक बनाउन र धेरै फूलाउन ५-६ इन्च अग्ला भएपछि मुन्टा चिमोट्नु पर्छ । मुन्टा चिमोट्ने काम कोपिला लाग्ने डेढ देखि दुइ महिना अगाडी सम्म गर्न सकिन्छ । यो अवस्थाका बोटबिरुवाहरुलाई राम्ररी हुर्कन प्रसस्त पानी र मलको आवश्यकता पर्दछ ।









धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन