Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




मनी प्लान्ट
सिर्जना भण्डारी

Phoolbari Logo

Veregated Leaves Pothos
वैज्ञानिक नाम एपिप्रेम्नुम औरयूम(Epipremnum aureum) भएको मनी प्लान्टको अर्को लोकप्रिय नाम पोथोस हो । पोथोस अति लोकपि्रय फूल नफूल्ने बहुबर्षिय लहरे बिरुवा हो तर ठण्डा क्षेत्रहरुमा यसलाई एकवर्षिय बिरुवाका रुपमा हुर्काइन्छ । यो दछिण पूर्बी एशिया(मलेसिया) को उष्ण प्रदेशिय जंगलमा पाइने रैथाने बिरुवा हो । पोथोस मलेसियाको जंगलको रैथाने बिरुवा भएपनि पृथ्वीका अन्य क्षेत्रहरुमा पनि सजिलै पाउन सकिन्छ । पोथोस छोटो लहरा जाने देखि निकै लामो लहरा जाने सम्मका पाइन्छन् । यसका थुप्रै प्रजाती र किसिमहरु रहेका छन् । यसका प्रजाति तथा किसिमहरु पातका आकार, रङ्ग, लहरा जाने प्रकृति आदिका आधारमा
Yellow Leaves Pothos
छुट्याइन्छन । पोथोस घरेलु बिरुवाका रुपमा अति लोकपि्रय छ । प्राकृतिक रुपमा यसले न्यानो तापक्रम र उच्च प्रकाश रुचाउने भए पनि कम प्रकाश उपलब्ध हुने ठाउँमा पनि सजिलै हुर्काउन सकिन्छ । तसर्थ घरभित्र हुर्काउने बोटबिरुवाहरुमा पोथोस अति लोकपि्रय र हुर्काउन सजिलो बिरुवाका रुपमा मानिन्छ । यो बिरुवा बालबालिकाहरुले पनि सजिलै हुर्काउन सक्छन् । सामान्यतया हरिया र रङ्गीन तथा छिर्केमिर्के पातका लागि हुर्काइने यस बिरुवाका पातका रङ्ग पहेला, हरियोमा सेता र पहेला थोप्ला भएका, हरिया-पहेला, गाडा हरिया आदि रङ्ग भएका हुन्छन् । यि मध्य हरियोमा पहेला थोप्ला भएका र पहेला पात भएका पोथोस बढि मन पराइन्छन् । तर यस्तो रङ्गका पात भएका पोथोसलाई उच्च प्रकाशको आवश्यक्ता पर्दछ । पर्याप्त प्रकाश पाएन भने पातका रङ्ग हरिया हुँदै जान्छन् । यो बिरुवाले घरभित्रको वातावरण समेत सफा राख्ने कुरा विभिन्न बैज्ञानिकहरु तथा वातावरणविदहरुले पत्ता लगाएका छन् ।

प्रजनन्
Propagating New Plant
लहराको टुप्पो तथा बिचको भाग काटेर माटो तथा सादा पानीमा मात्रै पनि सजिलै मनी प्लान्टको प्रजनन् गर्न सकिन्छ । नयाँ बिरुवा सर्न मौसम अनुसार तापक्रम चिसो भए तिन-चार हप्ता र न्यानो भए एक-दुई हप्ता लाग्छ । नयाँ बिरुवा राम्ररी नसरुन्जेल छायाँमा राखी पर्याप्त पानी हाल्नु पर्दछ र राम्ररी नसरुन्जेल मल हाल्नु हुदैन ।

प्रयोग
Decoration
Decoration
मनी प्लान्ट लहरे तथा झुन्डीने प्रकृतिको बिरुवा भएकोले लहरा चढाएर तथा झुन्ड्याएर आकर्षक किसिमले यसको सजावट गर्न सकिन्छ । अग्ला गमलाका डिलबाट तलतिर खसाएर तथा होचो गमला अग्लो ठाउँमा राखी गमलाको बिटबाट झारेर, झुन्ड्याउने गमलामा रोपी तलतिर झुन्ड्याएर, थांग्रो तथा डोरीमा लहरा चढाएर घर भित्र गमलामा रोपी घरको भित्ता, झ्याल तथा धोका माथि चढाएर तथा घर बाहिरका विभिन्न स्थानहरुमा रोपी आकर्षण बढाउन र बोटबिरुवाको आनन्द लिन सकिन्छ ।










धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन