Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस





गमलाको विकल्प
सिर्जना भण्डारी

Phoolbari Logo

मलामा बगैंचा लागाउँदा हुने विभिन्न फाइदा तथा सहजपनका कारण आजभोलि गमलामा बोटबिरुवा लगाउने प्रचलन निकै लोकपि्रय बन्दै गैरहेको छ । फुर्सद कम हुने, जग्गा-जमीनको कमी (शहरि क्षत्रहरुमा घर वरपर कम जग्गा का साथै कम र अनुपयुक्त माटो हुन्छ) हुनेहरुका लागि र घर आगनका विभिन्न आकर्षक/अनाकर्षक तथा उपयोग विहीन स्थानहरु आकर्षक देखाउन र उपयोगमा ल्याउनका लागि गमला बगैंचाले सम्भव बनाइदिएको छ ।


गमलामा बोटबिरुवा हुर्काउन आकर्षक र महङ्गा गमला नै हुनु पर्छ भन्ने छैन साथै यो सबैका लागि सम्भव तथा ब्यवहारीक नहुन पनि सक्छ । यो सत्य हो कि आकर्षक गमलामा बोटबिरुवा अझ आकर्षक देखिन्छन् तर बोटबिरुवाको सम्पूर्ण आकर्षण गमलामा मात्र भर परेको हुँदैन । फूलबगैंचाका अनुभवीहरुका अनुसार गमला र विरुवा मध्य नब्बे भन्दा बढि प्रतिसत आकर्षण गमलामा नभई बोटबिरुवाका सुन्दरतामा भर परेको हुन्छ । अब सोच्नुस् त बाँकी दश भन्दा कम प्रतिसतले के फरक पार्छ! यसको मतलब यो हो कि, हामी जस्तोसुकै गमला तथा भाँडामा सन्तुलित
रुपमा बोटबिरुवा हुर्काएर गमलामा बगैंचाको पूर्ण आकर्षण र आनन्द लिन सक्छौ चाहे त्यो दुधको ग्यालेन होस्, रङ्गको टिन तथा बाल्टीन होस्, काठका डुँड वा डोका-डाला जे सुकै हुन् । तर तिनको सरसफाई चाहीं राम्ररी गर्नु पर्छ र तिनका बैठकमा पानी तहरीने प्वालहरु अनिवार्य रुपमा हुनु पर्दछ र माटो भर्नु अघि पैठकमा १-२ इन्य गिटी तथा चोकर हाल्नु पर्दछ ।
यसका साथै उक्त गमलामा लगाइने बोटबिरुवाको प्रकृति अनुसार बिरुवा हुर्कन पर्याप्त ठाउँ भएको आकारको (गहिरो वा फराकिलो) हुनु पर्दछ । बोटबिरुवाका न्यूनतम आवश्यकता परिपूर्ति गरेर सन्तुलित रुपमा तिनलाई हुर्काइएकोछ र बिरुवा आकर्षक र प्रगतिशिल देखिएको छ भने गमलाको किसिम र आकर्षण आफैं गौण भएर जान्छ ।


कस्ता गमला/भाँडामा कस्ता बोटविरुवा लगाउने
कस्ता बोटबिरुवाहरु कस्ता भाँडामा रोप्ने भन्ने कुरा एक महत्वपूर्ण विषय हो जसले बोटबिरुवाको आकर्षणमा प्रत्यक्ष्य प्रभाव पार्दछ । एक-दुइ सिजन गमलामा बोटबिरुवा लगाउने काम गरीसकेका फूलबिरुवा प्रेमीहरुलाई यस बारे कम बढि अनुभव भएकै हुन्छ किनकी यो गरेर र देखेर जान्ने प्रकृया हो । तर जो नयाँ र कम अनुभवी हुनुहुन्छ वहाँहरुलाई यस लेखले पक्कै मद्दत गर्न सक्छ । हामी सबैलाई थाहा छ कि बोटबिरुवाका किसिम विभिन्न छन् र तिनका रुचीहरु पनि भिन्न भिन्न छन् । तसर्थ बोटबिरुवाको प्रकृति अनुसार जरा गहिरो गाडिने खालका बोटबिरुवाहरुलाई साघुरो तथा गहिरो भाँडोमा प्रसस्त
जैविक/कम्पोस्ट मल भएको धेरै माटो हालेर रोप्नु पर्दछ । जस्तै-स्वीट पि मर्नीङ्ग ग्लोरी, स्न्यापड्रागन आदि । त्यस्तै कम जरा गाड्ने बोटबिरुवाहरुलाई मुख फराकिलो र कम गहिराइ भएका गाँडामा रोप्नु पर्दछ जस्तै लिभिङ्ग-स्टोन-डेजी, गजानिया, स्वीट विलियम, गाना जातका बोटबिरुवाहरु आदि । र मझौला किसिमका बोटबिरुवाहरुका लागि अवस्था र आवश्यकता हेरी साना, मझौला तथा ठूला भाँडामा रोप्न सकिन्छ । गहिरा गमलाका विकल्पका रुपमा दुधका ग्यालेन तथा ठेकी, पुराना बाल्टीन, रङ्गका बालटिन (सरसफाई चाहीं राम्ररी गर्नु पर्छ), काठका डुँड आदिको प्रयोग गर्न सकिन्छ भने
साना तथा फराकिला मुख भएका गमलाका विकल्पका रुपमा दहीका कतरा, साना टिनका भाँडाहरु, प्लास्टीकका बाटा आदिको प्रयोग गर्न सकिन्छ । यसका अतिरिकत अलि अनाकर्षक देखिने भाँडाहरुमा झुन्डीने तथा लत्रिने किसिमका बोटबिरुवा लगाएर ति भाँडाहरुका नराम्रा पक्ष बोटबिरुवा बाटै लुकाउन सकिन्छ । अलि राम्रा देखिने भाँडाहरुमा हलक्क बढ्ने र माथि गएर झ्याम्म हुने किसिमका बोटबिरुवा लगाउनु उपयुक्त हुन्छ । सबैतिर यस्ता गमला तथा भाँडाहरुको प्रयोग गर्न सिकन्छ तर सम्भव भएसम्म फूलबगैंचा तथा घर आगनका मुख्य आकर्षणका स्थानहरुमा भने बजारमा पाइने माटो तथा प्लास्टीकका आकर्षक गमलाहरुमा बोटबिरुवा लगाउँदा घर आगन तथा फूलबगैंचाको आकर्षणमा अझ बढि रौनक थपिन्छ ।









धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू