Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



गमलामा फुलबगैचा
सिर्जना भण्डारी

Phoolbari Logo

Geranium in Container
जभोलि गमलामा बोटबिरुवा लगाउने प्रचलन निकै बढ्दो र लोकपि्रग बन्दै गैरहेको छ। बिशेष गरिकन आफ्नो सोख पुरा गर्न घरआगन तथा कोठा आकर्षक देखाउनमा सोखिनहरुलाई बोटबिरुवा लगाउने गमलाले उनीहरुको यो चाहना पुरा गर्न निकै सहयोग पुर्याएको छ। धेरै समय र मेहनेत खर्चिनु नपर्ने, चाहे अनुसारका बोटबिरुवा इच्छ्याइएका स्थानहरुमा हुर्काउन सकिने, प्रयोगमा नआएका अप्ठ्यारा ठाउँ तथा अनाकर्षक कुना काप्चाहरुलाई प्रयोगमा ल्याउन सकिने आदि कारणले गर्दा गमलामा फुलबगैचा लगाउने प्रचलन बढ्दै गएको पाइन्छ। खास गरिकन भित्रीय बगैचाका सोखिनहरुका लागि त यो बरदान कै रुपमा रहेको छ। यसका अतिरिक्त थोरै जमिन भएका तथा जमिन नै नभएका, सानो बजेट भएका र बेफुर्सदी फुलबिरुवा प्रेमीहरुका लागि पनि गमला तथा गमलामा बगैचा लगाउने सुबिधाले ठुलै फाइदा पुर्याएको छ।


Welcome Containers
ठण्डा हीऊँद मौसममा गेट, आगन, कोठा तथा बरन्डामा गमलै ढाक्ने गरी ढकमक्क फुलेका जिरेनियुम, पिटुनिया, भरबेना हुन वा न्यानो ग्रीष्ममा बोटका पातै ढाक्ने गरी फुलेका इम्पासियन, जालपा, पोर्टुलाका तथा हरिया लामा पात भएका फेर्न, टी-प्लान्ट हुन यस्ता बोटबिरुवाका आकर्षणसँग नखिचिने कोही हुदैनन्। गमलामा रोपिएका यस्ता बोटबिरुवाहरुले उक्त स्थानहरुको सोभा बढ्नुका साथै वातावरण नै रमणिय देखिन्छ र कता कता ति बोटबिरुवाहरुले आफुलाई स्वागत गरिरहेको भान हुन्छ। यसरी घर बाहिरको खुशी र रमणियता घरभित्र र मनभित्र सम्म ल्याउने काम गमला तथा गमलामा फुलबिरुवा लगाउने प्रचलनले सम्भब बनाईदिएको छ।


Colorful Container
आजभोलि बजारमा बोटबिरुवा हुर्काउने बिभिन्न किसिमका गमलाहरु किन्न पाइन्छन्, जस्तै आकर्षक रंगका, बिभिन्न आकार-प्रकारका, साना-ठुला, हलुका-गरुंगा, गुणस्तरीय, सस्ता-महंगा आदि। सामान्यतया माटो र पलास्टीकका गमलाहरु प्रयोग गरिने भए पनि काठ, ढुंगा, बाँस, सिमेन्ट आदिबाट बनाइएका गमलाहरु पनि उत्तिकै प्रचलनमा छन्। यस्ता गमलाहरु माटो र पलास्टीकका गमलाहरुका तुलनामा आकर्षक,
Cement Container
टीकाउ, गरुंगा हुनुकासाथै महंगा पनि हुन्छन्। प्राय गमलाहरु बोटबिरुवा रोपे पछि राखिने स्थानहरुलाई ध्यानमा राखेर बनाइएका हुन्छन् ताकि उक्त स्थानमा उपलब्ध हुने प्रतिकुल वातावरण जस्तै- घाम, पानी, तातो, चिसो, बर्षा हीऊँ आदिले बिगार्न तथा हानी गर्न नसकोस। वातावरणीय अबस्था बिचार गरी प्रयोगमा ल्याइएका गमलाहरु सामान्य हेरबिचार गरेर लामो समयसम्म टिकाउन सकिन्छ।


Cart as a Container
बिरुवा रोपे पछि राख्ने ठाउँ, रोप्ने बिरुवाको किसिम आदि बिचार गरि उपयुक्त किसिमका गमला किन्नु पर्दछ। फुलबिरुवा लगाउल र फुलबारी आकर्षक देखाउन रंगीन, ठुला र महंगा गमलानै हुनु पर्छ भन्ने छैन। आफ्नै घरमा उपलब्ध हुने खालि टीन, काठ तथा माटाका भाँडाहरु प्रयोग गर्न पनि सकिन्छ। बोटबिरुवा लगाउन घरमै उपलब्ध भाँडा तथा किनेका गमला जे को प्रयोग गरे पनि ति गमलाहरु आफुले
Drainage Hole
चाहेका बिरुवाहरु लगाउन आकार र अन्य किसिमले उपयुक्त छन कि छैनन् सर्बप्रथम त्यो बिचार गर्नु पर्दछ। बोटबिरुवाका किसिमहरुमा ब्यापक बिबिधता छ। केही बोटबिरुवा गहिरो जरा गाडिने र अग्लो तथा फराकिलो हुने खालका हुन्छन् भने केही अति कम जरा गाड्ने र साना तथा तेर्सो बढ्ने किसिमका हुन्छन्। बोटबिरुवाका बिभिन्न प्रकृतिहरु बिचार गरि गमलाको गहीराइ, फराकिलोपन, गोलाइ र आकार-प्रकारको निर्धारण गर्नु पर्दछ। यसका अतिरीक्त गमलामा हुर्काइने बोटबिरुवाहरुले साँगुरो ठाउँका कारण आबश्यकता भन्दा
Container Garden
कम माटो, पानी लगायत अन्य पौष्टिक तत्वहरु समेत कम पाउने हुनाले बगैचामा हुर्काइने बोटबिरुवाहरुका तुलनामा गमलामा हुर्काइएका बोटबिरुवाहरुलाई बिषेश हेरबिचारको आबश्यकता पर्दछ। कम माटोका कारण गमलामा हुर्काइएका बोटबिरुवाहरुमा प्राय पानी चाँढै सुक्न गई माटो चाँढै सुख्खा हुने, मल चाँढै रित्तिने हुनाले बिषेश गरीकन पानी र मलको प्रयोगमा बिषेश बिचार पुर्याउनु पर्दछ। जरा गहिरो जाने र अग्लो हुने तथा फैलिने, पातला र लामा/चुच्चा पात हुने किसिमका बोटबिरुवाहरुलाई बढि
Container Garden
पानीको आबश्यकता पर्दछ। यस्ता बोटबिरुवाहरुलाई कसिलो तथा हल्का चिम्ट्याइलो माटो भरी गहिरो गमलामा रोप्नु पर्दछ। लहरे, अग्ला, ठुला र मझौला आकारका बोटबिरुवाहरु जस्तै- रब्बर प्लान्ट, मर्निंग ग्लोरी, हाइड्रेन्जा, एजेलिया आदिका लागि गहिरा र बाक्ला भित्ता भएका गमलाहरुको प्रयोग गर्नु उपयुक्त हुन्छ। जरा गहिरो नजाने, कम पानी र खुकुलो माटो रुचाउने, माटोमा तेर्सो बढ्ने र बाक्ला पात भएका बोटबिरुवाहरु जस्तै- क्याकटस तथा सुकुलेन्ट, प्यान्जी, पिटुनिया, लिभिगं स्टोन डेजी, पोर्टुलाका आदिका लागि होचा थेप्चा तथा फराकिला र पातलो भित्ता भएका गमलाहरुको प्रयोग गर्नु उपयुक्त हुन्छ।


Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden Container Garden          Container Garden








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू