Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




जैविक मल
सिर्जना भण्डारी

Phoolbari Logo

Organic Matters
जैविक मललाई अंग्रेजीमा ओर्ग्यानिक मल चनीन्छ । यो जैविक तत्वहरुबाट बन्ने तथा बनाइने हुनाले यसलाई जैविक मल भनिएको हो । हाम्रो वरपर प्रकृतिमा भएका सड्ने तथा कुहीने वस्तुहरुलाई जैविक तत्व भनिन्छ जस्तै - मानिस जनावर अन्य प्राणीहरु वनस्पतिहरु आदि । जैविक तत्वहरु परिचक्र अर्थात इकोसिस्टम(Ecosystem)का महत्वपूर्ण अंग हुन् जो प्रकृतिबाट उत्पन्न हुन्छन् र अन्तमा प्रकृतिमै मिल्दछन् ।

जैविक मलको महत्व र उपयोग
मललाई दुइ किसिममा बिभाजन गरिएको छ - जैविक मल र रासायनिक मल । रासायनिक मल कृत्रिम प्रकि्रयाबाट बनाइन्छन् र यस्तो मलमा बढि रासायनिक तत्वहरु हुन्छन् । तुलनात्मक रुपमा यस्ता रासायनिक तत्वहरु प्रयोग गरि हुर्काइएका बोटबिरुवा र माटोको गुण्स्तर भन्दा जैविक मल प्रयोग गरि हुर्काइएका बोटबिरुवा र माटोको गुण्स्तर कमशल हुने गर्दछन् । त्यसैले बोटबिरुवा तथा माटो विशेषज्ञहरु सकेसम्म जैविक मलको प्रयोग गर्न सल्लाह दिने गर्दछन् । जैविक मल प्रयोग गरि उत्पादन गरिएका बोटबिरुवाहरुका फल तथा तरकारीहरु स्वादिला, पोसिला र स्वास्थ्यकर हुनुका साथै यो मलले माटोको समेत गुणस्तर र स्वास्थ्यम सकारात्मक प्रभाब पार्दछ ।

Organic Fertilizer/Jaiwik Mal
जैविक मल, रासायनिक मलको तुलनामा कम र ढिलो लाग्छ तर यसले लामो समय सम्म काम गरिरहन्छ र माटोमा भएका अन्य जैविक तत्वहरुलाई समेत मलमा परिणत गर्दछ जसको परिणम स्वरुप माटोको गुणस्तर र स्वास्थ्य अझ राम्रो बन्दै जान्छ । जैविक मलको प्रयोग गर्न रासायनिक मलको जस्तो मात्रा अड्कलि राख्नु पर्दैन । जैविक मलको मात्रा धेरै वा थोरै भएर बोटबिरुवा र माटोमा खासै फरक पर्दैन । जैविक मल रासायनिक मलको तुलनामा यति नरम हुन्छ कि जैविक मलकै थुप्रो माथि पनि बोटबिरुवा हुर्कन सक्छन् । तर रासायनिक मल यति कडा अर्थात प्रभाबशाली हुन्छ कि तोकिएको मात्रा भन्दा अलिकति बढि भयो भने बोटबिरुवा चाहीने भन्दा हौसिन्छन् र कोपिला नलाग्ने, लागे पनि थोरै लाग्ने र साना फूल फूल्ने, फल नलाग्ने, फल लागे पनि दाना/बियाँ नलाग्ने, पात, डाँठ तथा जरा कुहिने आदि समस्याहरु देखिन्छन् ।

गमलामा हुर्काइएका घरेलु बोटबिरुवाहरुमा जैविक मलको प्रयोग गर्नु सबै दृष्टिकोणले अति उपयोगी र सुरक्षित हुन्छ । गमलामा ठाउँ साँघुरो हुने र माटो थोरै हुने हुनाले थोरै रासायनिक मल तथा गोबर मलको प्रयोग गरे पनि यसले बोटबिरुवाहरुलाई नकारात्मक असर पार्दछ किनकी रासायनिक मलमा बढि रासायनिक तत्व हुन्छ र गोबर मलमा बढि अम्मलिय अर्थात एसिड तत्व हुन्छ र यि दुबे तत्वहरु विषालु हुन्छन् । तर जैविक मलमा यि दुबै तत्वहरु अति न्पून हुने हुनाले बोटबिरवाहरुमा कुनै पनि नकारात्मक समस्याहरु देखिदैनन् । गमलामा लगइएका बोटबिरुवाहरुमा रोपिसके पछि जैविक मलको प्रयोग गर्नु भन्दा गमलामा भरिने माटो मै मिलाएर बोटबिरुवा रोप्दा निकै नै प्रभावकरी हुन्छ । सामान्य तथा तिन भागमा एक भाग जैविक मल मिसाउनु प्रभावकारी हुन्छ । यसवाहेक पनि बोटबिरुवाहरुका आवश्यकता विचार गरी कम तथा बढि जैविक मलको प्रयोग गर्न सकिन्छ । जैविक मल प्रयोग गरिएको माटो हिलो हुन दिनु हुँदैन यसो भएमा बोटबिरुवाका जरा कुहिन्छन् र बिरुवा मर्छन् ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन