Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



पुष्प खेती (Floriculture)
सिर्जना भण्डारी

Phoolbari Logo

Floriculture/Tulip
पुष्प खेती तथा पुष्प ब्यबसायलाई अंग्रेजीमा फ्लोरीकल्चर (Floriculture) भनिन्छ । केही बर्ष अघि सम्म फुल तथा सजावट जन्य बोटबिरुवा आबश्यकता र सोखका लागि हुर्काउने गरिन्थ्यो तर आज यसले (पुष्प खेती) ब्यबसाइक रुप लिसकेको छ । पुष्प खेती बिभिन्न उदेश्यले गरिने भए पनि मुख्यतया सजावटमा प्रयोग गरिने आकर्षक बोटबिरुवाहरु हुर्काउनु यसको प्रमुख अभिप्राय हो ।

बनस्पति जगतमा उपलब्ध हुने बिभिन्न बोटबिरुवाहरुलाई मानिसहरुले आफ्नो आबश्यकता अनुसार घरेलुकरण गर्दै र तिनको उपयोग गर्दै आइरहेका छन्। बोटबिरुवाका उपयोग असिमित छन् ती मध्य सजावट एक हो। सजावटका लागि हुर्काइने बोटबिरुवाहरु अन्य प्रयोजनका लागि हुर्काइने भन्दा फरक किसिम तथा फरक प्रकृतिका हुन्छन् । ढकमक्क रङ्गीबिरङ्गी फूल फुल्ने, लामा डाँठ भएका, लामो समय सम्म खप्ने, आकर्षक आकार र रङ्गका पात भएका बोटबिरुवाहरु पुष्प सजावटका लागि हुर्काइन्छन् । पुष्प सजावटमा उपयोग गरिने फूल तथा बिरुवाहरुलाई कटफ्लावर (Cutflower) भनिन्छ । लामा डाँठमा फुलेका फूलहरु डाँठ समेत काटेर आफ्नो सोख अनुसारका फूलदानीहरुमा सजाइने हुनाले यस्ता फूलहरुलाई कटफ्लावर नाम राखिएको हो ।

Floriculture/Daisy
आजभोलि यस्ता कटफ्लावरको प्रयोग र ब्यापार विश्वभरी नै हुने गरेको छ र पुष्प खेती पनि दिनप्रतिदिन बढ्दो र लोकपि्रय बन्दै गैरहेको छ । अन्य ब्यवसायको तुलनामा पुष्प खेती तथा ब्यवसाय गर्नु निश्चय पनि अलि जटिल कार्य हो तर यसो भन्दैमा अति मुस्कील र असम्भव नै भने होइन । बोटबिरुवाहरु जिवित वस्तु भएका कारण यिनलाई हुर्काउन अनुकुल वातावरणको आवश्यकता पर्दछ । तर अन्य ब्यवसाय गर्न बोटबिरुवा हुर्काउन जस्तो विविध पक्षहरुमा ध्यान दिराख्नु पर्दैन । यसका साथै अन्य ब्यवसायहरुमा केही काम बाहेक सबै मिसिनबाट गर्न-गराउन सकिन्छ तर बोटबिरुवाका सम्बन्धमा यसको ब्यवस्थापन र अन्य केही कि्रयाकलापमा मिसिनको प्रयोग गर्न सकिए पनि बढि जसो काम प्रत्यक्ष रुपमा मानिसलेनै गर्नु पर्ने हुन्छ र अत्यधिक सावाधानीको आवश्यकता गर्दछ । यसै कारण पुष्प ब्यवसायलाई जटिल र जोखिमपूर्ण मानिन्छ ।

Floriculture/Pot Plants
पूष्प खेतीमा जलवायु तथा वातावरणको महत्वपूर्ण भूमिका र प्रभाव रहेको हुन्छ । तसर्थ उपयुक्त जलवायु भएका क्षेत्रहरुमा मात्र पुष्पखेती सफलतापूर्वक गर्न सकिन्छ । जलवायू मात्र नभइ पुष्पखेतीमा माटोको प्रकार, जमिनको अवस्था, प्रकाशको उपलब्धता, तापक्रम, पानीको सुविधा जस्ता थुप्रै पक्षहरुको महत्वपूर्ण प्रभाव रहने गर्दछ । यि सबै परिस्थीतीहरु अनुकुल भएका क्षेत्रहरुमा मात्र पुष्प ब्यवसाय सम्भव हुन्छ । हुन त वनस्पति जगतमा पाइने बोटबिरुवाहरुका किसिम थुप्रै छन् र तिनका प्रकृति र विशेषताहरुमा पनि ब्यापक विविधता छ । केही बोटबिरुवाहरु ठण्डा तापक्रम रुचाउँछन् भने केही न्यानो तथा उच्च तापक्रम रुचाउँछन् । यस्तै केही सुख्खा तथा औषत माटोमा
Cutflowers
हुर्कन्छन् भने केहीलाई ओसिलो माटो तथा अत्यधिक पानीको आवश्यकता पर्दछ । प्रकाशको सम्बन्धमा पनि केही बोटबिरुवाहरु उच्च प्रकाश उपलब्ध हुने स्थानमा मात्र हुर्कन्छन् भने केही अर्ध प्रकाश तथा छायाँमा पनि राम्ररी हुर्कन्छन् । बोटबिरुवाहरुका प्रकृतिका आधारमा अनुकूल क्षेत्रहरुको चयन गरी पुष्प खेती गर्न सकिन्छ । तर विभिन्न खोज तथा तथ्यहरुले देखाए अनुसार पुष्प ब्यवसायका लागि हुर्काइने बोटबिरुवाहरुमा धेरै जसो एक वर्षिय बोटबिरुवा पर्दछन् र यस्ता एकवर्षिय बोटबिरुवाहरुलाई राम्ररी हुर्कनकालागि न्यानो तापक्रम, उच्च प्रकाश, औषत तथा मलिलो माटो, समतल जमिन र प्रसस्त पानीको आवश्यकता पर्दछ ।

ग्लाडियोलास, स्न्यापड्रागन, डेजी, मम, लार्कसपुर, गुलाफ, आईरिस, कार्नेसन, गर्बेरा, टुलिप, आदि फूल तथा बिरुवाहरू कटफ्लावरका लागी लोकप्रिय मानिन्छन ।

अर्को: नेपालमा पुष्प ब्यवसायको सम्भाब्यता








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू