Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




(बालबालिकाका लागि)

फूल के हो
सिर्जना भण्डारी


Pollen on Stamen of Flower

Phoolbari Logo

Pollen on Stamen of Flower
बिउ पाक्ने जातका बोटबिरुवाहरु वयस्क भए पछि बिरुवाका हाँगा तथा टुप्पामा फूल्ने रङ्गचङ्गी अंग फूल हो । फूल बोटबिरुवाको वयस्कताको प्रतिक हो अर्थात फूलफूल्नुको मतलब उक्त बिरुवा प्रजननका लागि तयार हुनु हो । बोटबिरुवाका किसिम अनुसार तिनका रङ्ग र आकार प्रकार फरक फरक हुन्छन् तर ति सबै फूलहरुको अन्तिम उदेश्य बिउ पकाउनु र अर्को पुस्ताका लागि नयाँ बिरुवा उमि्रन सक्ने गुण तयार गर्नु हो । यसरी बिउ पाक्ने र पुस्ता चलाउने गुण बन्ने प्रकि्रया सबै फूलहरुमा एकै प्रकारको हुन्छ । फूलहरु थुप्रै रङ्गका हुन्छन् र आकार प्रकार पनि थुप्रै किसिमका हुन्छन् । फूलबगैंचाको आकर्षणमा बोटबिरुवामा फूल्ने फूलका रङ्ग र आकार प्रकारको महत्वपूर्ण प्रभाव हुन्छ । यसै विषयमा फूलबिरुवाप्रेमीहरुले थुप्रै किताबहरु पनि लेखेका छन् । एकपत्रे बहुपत्रे गोलाकार लाम्चाकार माइक आकारका टाँक आकारका झुप्पा मसिना आदि फूलका बनावट हुन ।

फूल दुई किसिमका हुन्छन् - पूर्ण र अपूर्ण ।

भाले र पोथी दुबै अंग एउटै फूलमा भएका पूर्ण फूल हुन् । भाले र पोथी अंग एउटै बोटमा भएका तर फरक ठाउँमा फुल्ने फूल अपूर्ण फूल हुन् ।

फूलका प्रमुख अंगहरु
- स्टामेन
- पिस्टील
- पराग
- गर्भासय
- पराग नली
- किराहरु

Pollenation Pistil Ovary Matured Seeds स्टामेनका टुप्पामा भएका पराग कणहरु किरा फट्याङ्ग्र जनावर हावा आदिका माध्यमबाट पिस्टीलको टुप्पोको चिपचिप लाग्ने फूलको रसीलो भागमा टाँसीन्छन र पिस्टील नली हुँदै गर्भासय सम्म पुगी गर्भासयमा भएका अंडकोष र परागकणको संसर्ग भइ भ्रुण बन्दछ र पछि त्यही भ्रुण बिउका रुपमा बढ्दै जान्छ । भ्रुण भित्रका दाना बढ्दै जाँदा गर्भासय सुन्नीदै जान्छ जसलाई हामी फलफूल तथा तरकारीका रुपमा प्रयोग गर्दछौं ।










धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन