Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन










अन्तरवार्ता


" श्रमशक्ति सस्तोमा उपलब्ध हुनेहँदा यसको सदुपयोग गरी बिभिन्न प्रजातीका फूलको बोटबिरुवा उत्पादन गरी आन्तरिक बजार र बाह्य बजारको मागको परिपुर्ति गर्न सकिन्छ " ।


फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN): एक परिचय

फ्लोरिकल्चर एशोसिएसन नेपालको स्थापना वि.सं. २०४९ साल कार्तिक ३० गते भएको हो । यस संस्थाको प्रमुख उद्देश्य पुष्प व्यवसायीहरुको समस्याको सामुहिक समाधान, अधिकार प्राप्ति, कर्तव्यको पालना, राज्यकै पुष्प व्यवसायको प्रगती र उन्नतीका लागि सरकारी तथा गैर सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी समय अनुसार नीतिहरुको तर्जुमा गर्दै अघि बढ्नु रहेको छ ।

केन्द्रिय तथा जिल्ला स्तरिय गरी ३२५ जना सदस्य रहेकोमा २४० जना सकि्रय सदस्य रहेकाछन् । यस फ्लोरिकल्चर एशोसिएसन नेपालले १७ औं वसन्त पार गरी १८ औं वसन्तमा प्रवेश गर्दासम्म पछिल्ला दिनहरुलाई हेर्दा सुरुका वर्षहरुमा सतप्रतिशत आयातमा निर्भर रहेको यस व्यवसायले आजको दिनमा ६५ देखि ७० प्रतिशत आयातलाई प्रतिस्थापन गर्न सफल भएको छ । त्यस्तै आज नेपालको ३५ जिल्लामा फूलको व्यवसायीक खेती भैरहेको छ । यो व्यवसाय प्रगतीको मार्गमा अग्रसर भइरहेको मान्न सक्ने अवस्थामा छ ।

प्रस्तुत छ फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष श्री अरुण क्षेत्रीसँग फुलवारी सौगातले लिएको अन्तरवार्ता :

१. हाल नेपालमा फ्लोरिकल्चरको अवस्था कस्तो छ ?
- समग्रमा भन्नुपर्दा नेपालमा पुष्प व्यवसायको अवस्था राम्रो मान्न सकिन्छ । खुल्ला जग्गा छाडेर ढाकिएको जग्गामा लगभग ८० हेक्टर भुभागमा फूल तथा बोटबिरुवाको व्यवसायीक खेती भइरहेको छ । व्यवसायीक हिसाबले हेर्ने हो भने नेपालमा झण्डै बार्षिक ३० करोड भन्दा बढिको कारोबार हुने गरेको छ । निर्यात तर्फ त्यति उल्लेख्य बृद्धि नभए पनि गतबर्ष रु २।४२ करोडको कारोबार भएको छ । आन्तरिक तथा बाह्य बजारको माग पनि प्रतिवर्ष बढ्दो छ ।

२. नेपालको जलबायु बिबिधतालाई हेर्दा फ्लोरिकल्चरको सम्भावना कस्तो छ र यसले मुलुकको आर्थिक विकास तथा गरिबी निवारणमा कस्तो योगदान पुर् याउन सक्दछ ?
- नेपालको भौगोलिक तथा जलबायुको विविधताका कारण सिमित दुरीमा नै फूल तथा वोट बिरुवालाई आबश्यक पर्ने सबै खाले हावापानी प्राप्त गर्न सकिने प्रसस्तै ठाँउहरु उपलब्ध हुने हुँदा बाह्रै महिना नेपालको पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्म नै फूल बिरुवा उत्पादन गर्न सकिने प्रशस्तै ठाउँहरु उपलब्ध छन् । श्रमशक्ति सस्तोमा उपलब्ध हुनेहँुदा यसको सदुपयोग गरी बिभिन्न प्रजातीका फूलको बोटबिरुवा उत्पादन गरी आन्तरिक बजार र बाह्य बजारको मागको परिपुर्ति गर्न सकिन्छ । यो व्यवसाय सानो लगानी देखि ठूलो लगानीमा पनि गर्न सकिने व्यवसाय हो । यसको बजार शहरमा बढि भएपनि उत्पादन कुनै पनि जिल्लामा गर्न सकिन्छ । यसको प्रयोग धार्मिक स्थल पर्यटन क्षेत्र स्वागत तथा बिदाई आदी कार्यक्रमहरुमा हुने भएकाले बिभिन्न जिल्ला धार्मिक तथा पर्यटन क्षेत्रमा त धेरै घर परिवार यहि पेशामा निर्भर हुन सक्ने अवस्था छ । यस व्यवसायबाट आफू स्वारोजगार हुनुको साथै धेरैले स्थानिय स्तरमा नै रोजगारी पनि पाउन सक्दछ । यो पेशा सिमीत लगानीबाट पनि गर्न सकिने एक नगदेबाली कै रुपमा रहेको हँुदा ग्रामिण कृषकले पनि गर्न सक्दछ । त्यस्तै प्रति बर्ष १० प्रतिशत भन्दा बढिले यसको बजार माग बृद्धि भैरहेका अवस्था छ । त्यसैले यस व्यवसायले मुलुकको आर्थिक विकास तथा गरिबी निबारणमा समेत महत्वपूर्ण योगदान पुर् याउन सक्दछ ।

३. फ्लोरिकल्चरको व्यवस्थापन र यसका चुनौतीहरु के कस्ता छन ?
- फ्लोरिकल्चरको बजार व्यवस्थापन एउटा ठूलो चुनौती हामी माझ रहिआएको छ । फूल बिरुवाको मुल्यमा एकरुपता नहुनु अस्वस्थ प्रतिस्पर्धा गुणस्तरयुक्त बोटबिरुवा उत्पादनमा कमी आदि । हुनत मौसमी फूलबिरुवाको मुल्यमा एकरुपता ल्याउनका लागि ँब्ल् ले एक अभियान नै चलायो । जसमा आंशिक सफलता पनि हात पार् यो तर पूर्ण सफल हुन नसकेकाले यस अभियानलाई निरन्तरता दिई आएको छ । विश्व बजार खुल्ला व्यापार प्रतिस्पर्धामा गइरहेको बेला पुष्प व्यवसायी चाहीँ मुल्यमा एकरुपता भनिरहनु विडम्बनाको कुरा हो तर हामी खुल्ला व्यापार प्रतिस्पर्धाको विरोधी होईनौं गुणस्तर सहितको खुल्ला प्रतिसपर्धा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । जसको सम्बन्ध मर्यादित व्यवसायसँग जोडिएको छ । त्यस अर्थमा हामीले हाम्रो व्यवसायलाई मर्यादित बनाउन खोजेको हो । हाम्रो यो अभियान तबमात्र पुरा हुन्छ जब उपभोक्तालाई फूलको गुणस्तर र प्रयोग सम्बन्धमा पुर्ण ज्ञान हुन्छ ।

४. यस संस्थाको विकास र गुणस्तर व्यवसथापनका लागि के कस्ता कार्यक्रम गरिराख्नु भएको छ ?
- यस संस्थाको मुख्य सम्पत्ती भनेको हामी सदस्य पुष्प व्यवसायीहरु नै हौं । तसर्थ जब सदस्यहरुको विकास हुन्छ तब मात्र संस्थाको बिकास हुन्छ । त्यस्तै जति धेरै मात्रामा व्यक्तिहरु पुष्प व्यवसायमा प्रबेश गर्छन् त्यति नै धेरै संस्थाका सदस्यहरु बढ्दै जान्छन् । त्यसैले गर्दा हाम्रा सदस्यहरुका व्यवसायीक समस्या समधानका लागी सरकारी तथा गैरसरकारी संघ संस्थासँग नीतिगत सुधारका कार्यक्रम निरन्तर गरिरहेका हुन्छांै । पुष्प व्यवसायको विकास विस्तार तथा प्रबद्र्धनका लागि आवश्यक हुने सबैखाले कार्यक्रम गरि रहेको हुन्छौ । पुष्प व्यवसायमा प्रबेश गर्न चाहनेहरुका लागि तालिम प्रशिक्षण र सल्लाह दिने व्यवसायीहरुलाई बजार सुचना उपलब्ध गराउने नयाँ नयाँ विकास भएका प्रबिधीका बारेमा सदस्यहरुलाई जानकारी गराउने व्यवसायीक प्रबद्र्धनका लागि मेला तथा प्रदर्शनीको आयोजना गर्ने आदि कार्यक्रम गरि रहेका हुन्छौं ।

५. नेपालको सन्दर्भमा फ्लोरिकल्चर नयाँ सन्दर्भ हो । यसको व्यापक प्रचार प्रसार र सम्भावनाका लागि के कस्ता काम गरीरहनु भएको छ ?

- नेपालको सन्दर्भमा फ्लोरिकल्चर बिषय नयाँ नै भए पनि यसले व्यवसायीक रुप धारण गरेको दुई दशक भैसकेको छ । यस संस्थाले फ्लोरिकल्चरको प्रचार प्रसारका लागि हरेक बर्ष एउटा राष्ट्रिय स्तरको पुष्प व्यापार÷प्रदर्शनी एउटा गोदावरी मेला र एउटा क्षेत्रियस्तरको मेला गरी वर्षमा तीन वटा मेलाको आयोजना गर्ने गरेको छ । त्यस बाहेक सदस्यहरुलाई सुचनामुलक कार्यक्रमहरु जस्तै ः पुष्प सम्बन्धि बिबिध बिषयमा कार्यशाला गोष्ठि अन्तरकि्रया बजार सम्बन्धि सुचना पुष्प ब्यबसाय सँग सम्बन्धित लेख आदि पनि प्रमुखताका साथ अवबलम्बन गर्दै आएको छ । पुष्प सम्बन्धि अध्ययन अनुसन्धान पनि गर्ने गरेको छ । यसबाट निस्केका निष्कर्ष सम्बन्धित सरोकारवाला व्यवसायी जिल्ला निकायसम्म पुर् याउने गरेको छ ।

६. यस व्यवसायमा विदेशीहरुको तुलनामा हामी कहाँ छौं ?
- विकशित देशहरुको तुलनामा हामीे गर्भमा नै छौं । क्रमशः विकासको अवस्था हेरी कुनै देशको तुलनामा भरखर जन्मेका छौं कुनैको तुलनामा वामे सरिरहेका छौं भने कुनैकॊ तुलनामा हिँड्न सक्ने भएको छांै ।

७. नेपालमा फ्लोरिकल्चर व्यवसायको लागि चुनौती र सुधार गर्नुपर्ने कुराहरु के के छन् ?
- चुनौती कै कुरा गर्दा सबभन्दा पहिला त पुष्प व्यवसाय १८ वर्ष पुगि सक्दा सम्म पनि राज्यले यसलाई हेर्ने दृष्टिकोणमा जुन राष्ट्रिय पुष्प नीति हो आउन सकेको छैन । त्यसपछि फूल बोटबिरुवामा लाग्ने रोग देखि विभिन्न समस्याका समधानको लागि दक्ष प्राविधिकहरु छैनन् । यस व्यवसायका लागि सरकारी स्तरबाट खोज र अनुसन्धानको कार्यमा लगानी प्राय शुन्य छ । आज पनि कूलमागको २५ देखि ३० प्रतिशत आयातमा निर्भर रहनु परेको अवस्था छ । बेला बखत विदेशबाट अस्वस्थ र गुणस्तरहिन बोटबिरुवा आयात गरी टोक्रे र फुटपाथहरुमा कम मुल्यमा बिक्री गर्ने व्यापारी संगको प्रतिस्पर्धा पनि एउटा चुनौतीको बिषय रहिआएको छ । पुष्प र पुष्पजन्य वस्तुहरुमा प्रयोग हुने कुनै पनि बस्तुको आयात वा निर्यातमा अनुदान छैन । सरकारी तथा नीजि बैंकहरुको पुष्प व्यवसायमा लगानी २ ३ प्रतिशत पनि छैन र त्यस्तो व्यवस्था छ भने पनि त्यो सामान्य व्यवसायीहरुको पहुँच भन्दा बाहिर छ । यी सबै विषयहरुलाई समाधान गर्न स्पष्ट सरकारी दृष्टिकोण सहितको पुष्प नीति यथाशीघ्र आउनु जरुरी छ । कृषकलाई यस व्यवसायमा आकर्षित गर्न वैज्ञानिक खेती प्रबिधी सहित अनुदान सहयोग हुनु जरुरी छ । दक्ष प्राबिधिक तथा जनशक्तीको बिकासमा जोड दिनु जरुरी छ । जैबिक बिबिधता तथा उपयुक्त जलबायु भएको हाम्रो देश नेपाल पुष्प खेतीका लागी अति नै उपयुक्त छ । यसको विकासका लागि नीजि क्षेत्रको पहलबाट मात्र संभव नहुने भएको हुँदा सरकारी स्तरबाट पनि उत्तिकै सहयोग हुनु जरुरी छ ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन