Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




चौर(Lawn)
सिर्जना भण्डारी

Phoolbari Logo

Lawn Garden
मानिसका सोखहरु समय परिबर्तन, प्रबिधीको बिकास र बढ्दो शहरीकरणसँगै दिन परदिन बढ्दा छन्। मानिस-मानिस बिचका सोख तथा चाहनाहरु फरक-फरक हुने भएपनि अधिकांश मिल्दा जुल्दा नै हुन्छन्। यस्तै अनेकौं सोखहरु मध्य आफ्नो घर-आगन आकर्षक बनाउनु, घर वरपर फुलबिरुवा लगाउनु, सानो तथा ठुलो हरियो चौर बनाउनु, ढुंगे बगैचा तथा पानी बगैचा आदि बनाएर सकेसम्म आफ्नो वरीपरीको वातावरण मनमोहक तथा आकर्षक बनाउनु सबै मानिसमा हुने कमन खालका सोख हुन। यि सोखहरु मध्य चौर बनाउने र त्यसको वरीपरी फुलबारी लगाउने प्रचलन आजभोली बढ्दो छ र लोकपि्रय बन्दै गैरहेको छ।

आफ्नो घर अगाडि चाहे जुनसुकै आकार-प्रकारको होस हरियो गलैचा जस्तो लचक-लचक गर्ने दुबो रोप्न तथा चौर बनाउन कसलाइ पो रहर नलाग्ला र! कतिपय जाँगरीला र फुर्सदिला फुलबिरुवा प्रेमीहरु फुलबारी लगाउने देखि चौर ब्यबस्थापन गर्ने सम्म सबै काम आफैं गर्छन भने फुलबिरुवा प्रेमीहरु मन पर्ने तर नभ्याउने र काम गर्न जाँगर नलाग्नेहरु माली राखेरै भए पनि आफ्नो सोख पुरा गर्छन्। तर थोरै जग्गा भएका र सामान्य आर्थिक अबस्था भएकाहरुका लागी फुलबारी लगाउन तथा चौर ब्यबस्थापनका लागी माली राख्नु अब्यबहारीक र महंगो पर्न जान्छ। सामान्यतया यस्ता फुलबिरुवा तथा चौरका सोखीनहरु आफ्नो कम अनुभब तथा अपर्याप्त बुझाइका कारण आफ्नो इच्छा मार्न बाध्य हुन्छन। बास्तबमा फुलबारी तथा चौरमा दुबो लगाउने काम उति मुस्कील भने होइन तर सफलतापुर्बक फुलबिरुवा तथा दुबो हुर्काउन केही निश्चित पक्षहरुमा आबश्यक जानकारी, समय, धैर्यता, इच्छा शक्ती र सानो बजेटको आबश्यकता पर्दछ।


चौर ब्यबस्थापन
Beautiful Lawn
बनस्पतिहरु प्राकृतिक तत्व हुन्। प्रकृतिमा थुप्रै किसिमका फुलबिरुवाहरु छन् र तिनका प्रकृति तथा बिशेषताहरुमा ब्यापक बिभिन्नता रहेका छन्, जस्तै आधारभुत तत्वहरु - तापक्रम, प्रकाश, पानी, आद्रता आदि। पृथ्वीका क्षेत्र-क्षेत्रका जलवायुमा ब्यापक बिबिधता भएको कारण एक क्षेत्रको तापक्रम तथा वातावरण अर्को क्षेत्रसँग मिल्दैन। तसर्थ तपाईंको फुलबारी तथा चौरमा लगाउने फुलबिरुवा तथा दुबो (घाँस) लगाउदा सर्बप्रथम स्थानिय जलवायुका बारेमा जान्नु आबश्यक हुन्छ। जलवायुका अतिरीक्त उक्त क्षेत्र तथा स्थानको माटोको किसिम, प्रकाश तथा घाम-छायाँ, पानीको उपलब्धता आदिमा विचार गर्नु पर्दछ। प्रायजसो चौर खुल्ला ठाउँमा लगाइन्छ र यस्ता ठाउँहरुमा ग्रीष्म ऋतुमा दिनभरी चर्को घाम लाग्ने हुनाले अत्यधिक तातो तापक्रम हुन्छ भने यसको ठिक बिपरीत हिउँद ऋतुमा अत्यधिक ठण्डा हुन्छ। तसर्थ यदि स्थानिय क्षेत्रको तापक्रम बर्षमा आधा भन्दा बढी समय न्यानो तथा तातो हुन्छ भने यस्ता क्षेत्रका लागि तातो सहन सक्ने किसिमका फुलबिरुवा तथा दुबो (घाँस)को चयन गर्नु पर्दछ। त्यस्तै यदि स्थानिय क्षेत्रको तापक्रम बर्षमा आधा भन्दा बढी समय ठण्डा तथा कम तापक्रम हुन्छ भने यस्ता क्षेत्रका लागि चिसो सहन सक्ने किसिमका फुलबिरुवा तथा दुबो(घाँस)को चयन गर्नु पर्दछ।


तातो सहन सक्ने किसिमका दुबो तथा घाँसहरु -

तातो सहने घाँसहरु न्यानो तथा गर्मी तापक्रममा हुर्कन्छन र ठण्डा तापक्रममा आराम गर्दछन।

- बरमुडा ग्रास (Bermuda Grass)

- जोइसा ग्रास (zoysia Grass)

- बफेल्लो ग्रास (Buffallo Grass)

- ब्लुग्रामा ग्रास (Blue-grama Grass)

- ह्वीट ग्रास (Wheat Grass)


Bermuda Grass/Dobo Zoysia Grass Buffallo Grass Wheat Grass








ठण्डा सहन सक्ने किसिमका दुबो तथा घाँसहरु -

ठण्डा सहने घाँसहरु चिसो तापक्रममा हुर्कन्छन र तातो तापक्रममा आराम गर्दछन।

- केन्टुकी ब्लुग्रास (Kentucky Bluegrass)

- बेन्ट ग्रास (Bent Grass)

- रे ग्रास (rye Grass)

- फेसकुइस ग्रास (Fescues Grass)

Kentucky Bluegrass Bent Grass Rye Grass Fescues Grass








यि घाँसहरु फरक-फरक रंग, उचाइ, पातका आकार, बढ्ने तथा फैलिने पकृतिका हुन्छन्।

क्षेत्र अनुसार हरेक पक्षहरुमा विचार गरी सबै किसिमले क्षेत्र सुहाउँदो दुबो तथा घाँस लगाउँदा कम समय र कम मेहनेतमा बढि सफलता प्राप्त गर्न सकिन्छ।



अर्को: क्षेत्रिय जलवायु र घाँसको चयन







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन