Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



मिश्रीत बगैंचा
सिर्जना भण्डारी

Mix Garden

Phoolbari Logo

Mix Flower Garden
मिश्रीत बगैंचा भन्नाले सबैकिसिमका बोटबिरुवाहरु मिसाएर अर्थात एउटै बगैचामा बिभिन्न उदेश्यका बोटबिरुवाहरु लगइएको भन्ने बुझिन्छ। बोटबिरुवा लगाउने दृष्टिकोणबाट हेर्दा मिश्रीत बगैंचा र करेसाबारी उस्तै हुन् तर करेसाबारी घर वरपरको उपलब्ध जग्गामा ठाउँ उपलब्ध भए अनुसार उपयुक्त हुने किसिमका बोटबिरुवाहरु लगाइन्छन् भने मिश्रीत बगैंचामा बेग्लै उदेश्यले निश्चित किसिमका बोटबिरुवबहरु लगाउने तथा हुर्काउने तथा निर्माण गर्ने गरिन्छ। करेसाबारी जस्तै मिश्रीत बगैंचामा पनि आबश्यकता अनुसार एकातिर फुलबिरुवा, एकातिर तरकारी, अर्कोतिर फलफुल आदि लगाउने गरिने भए पनि ब्यबस्थीत तरिकाले लगाउने गरिन्छ।

मिश्रीत बगैंचाको फाइदा तथा महत्व

आजभोलि बोटबिरुवा लगाउने कामले ब्यबसाइक रुप लिइसकेको छ चाहे तरकारी खेती होस, पुष्प खेती होस वा फलफुल खेती होस। ब्यबसाइक रुपमा गरिने यस्ता खेतीहरु छुट्टाछुट्टै स्थानमा छुट्टाछुट्टै किसिमले निश्चित उदेश्यका लागि गर्ने गरिन्छ। तर ब्यबसाइक रुपमा नभइ सोखका लागि आबश्यकता पुर्तिका लागि गर्नेहरुले भने मिश्रीत बगैंचा लगाउँछन् र उनीहरुका लागि मिश्रीत बगैंचा नै उपयुक्त हुन्छ। कम समय कम श्रोत साधन र एकै पटक सबै किसिमका बोटविरुवाहरु हुर्कने र आफ्ना आबश्यकताहरु समेत पुरा गर्न सकिने हुनाले प्राय धेरै जसो बगैचा प्रेमीहरुले मिश्रीत बगैंचा लगाउन नै मन पराउँछन् किनकी मानसिहरुका दैनिक ब्यबहारमा बिभिन्न कुराहरुको अबश्यकता पर्ने गर्दछ, जस्तै- तरकारी, पूजा आजाका लागी फूल, आयुर्बेदिक औषधि आदि । यसका अतिरिक्त मिश्रीत बगैंचाको अन्य थुप्रै उपयोगिता र महत्वहरु रहेका छन्।

- एक बिरुवाले अर्को बिरुवालाई सघाउँछन्।

- वरिपरिको वातावरण स्वच्छ राख्छन्।

- बारी तथा बगैचामा रोगको संक्रमण घटाउँछन्।

- एकै ठाउँमा धेरै चिजहरु प्राप्त हुन्छन्।

- जमीनको पुर्ण उपयोग हुन्छ।

- औषधिको काम पनि लिन सकिन्छ।

- बगैचा सुन्दर तथा आर्कसक रहीरहन्छ।

- उत्पादन उपलब्ध भइरहन्छ।


एक बिरुवाले अर्को बिरुवालाई सघाउँछन्
Marigold
मिश्रीत बगैंचाको यो नदेखिने तर अति नै उपयोगी पक्ष हो। बोटबिरुवाका किसिम र बिशेषताहरु फरक फरक हुने भएकाले तिनका हुर्कने प्रकृति, फुल्ने तथा फल्ने प्रकृति, फुलफल र पातका वासना तथा गन्ध फरक फरक हुल्छन्। बोटबिरुवामा दु:ख दिने कतिपय रोग तथा किराहरु यस्ता बोटबिरुवाका वासना तथा गन्ध कारण हत्तपत्त कुनै पनि बोटबिरुवामा आक्रमण गनै सक्दैनन्। यस्ता बोटबिरुवाहरुलाई सहयोगी बोटबिरुवा तथा बगैचाका डाक्टर भन्ने गरिन्छ। यस्ता बोटबिरुवाहरु बगैचाका डाक्टर हुनुका साथै मानिस तथा प्राणीहरुका लागि पनि बिभिन्न रोगब्याधी निको पार्ने काममा बरदान साबित भएका छन्।

केही यस्ता उपयोगी बोटबिरुवाहरु
फुलबिरुवामा - सयपत्री, क्यालेन्डुला, जिरेनियुम, लानटाना, वेली-चमेली, टक्कर, घीऊकुमारी, भरबेना र अन्य वासना आउने फुलबिरुवाहरु।

तरकारीमा - लसुन, प्याज, सुप, छ्यापी, ज्वानो, धन्या, मेथी,तुलसी, पुदीना, बाबरी र अन्य वासना आउने तरकारी जन्य बोटबिरुवाहरु।

फलफुलमा - अम्बा, अमला, जामुन, डुरयन्दी र अन्य वासना आउने फलफुल जन्य बोटबिरुवाहरु।

घाँस तथा झारमा - काली झार, चरीअमिलो, अभिजालो, इलामे झार, दुधे झार र अन्य वासना आउने तथा गन्हाउने झार जन्य बोटबिरुवाहरु।











धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू