Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




बोटविरुवाको बिभाजन
सिर्जना भण्डारी





Phoolbari Logo
बोटविरुवाका किसिमहरु धेरै छन्, ति मध्य हालसम्म कम मात्र पत्ता लागेका छन् र धेरै पत्ता नलागेकै अबस्थामा छन्। वनस्पति जगतमा सयौं परिवार, हजारौं वंश, दशौं हजार प्रजाति र लाखौं किसिमका वोटविरुवाहरु रहेका छन्। वोटविरुवाहरुलाई तिनका प्रकृति, विषेशता र अन्य आधारमा विभिन्न समुहमा बिभाजन गरिएका छन्। यस्तो बिभाजनले अध्ययन कार्यमा र बुझ्न सहजता प्रदान गरेको छ।


वोटविरुवा बिभाजनका मोटामोटी आधारहरु-
१. वोटविरुवाका प्रकृति र हुर्कने समयअबधिका आधारमा
२. फुल फुल्ने तथा नफुल्ने आधारमा
३. कडा/नरम काठ तथा डाँठका आधारमा

अन्य आधारहरु
वोट, पात, फुल, आदिका आकार तथा वनावट, जराका प्रकृति, मौसम तथा तापक्रम, उपयोगको उदेश्य आदि।

हुर्कने समयका आधारमा

हुर्कने समयका आधारमा वोटविरुवाहरुलाई तीन किसिममा बिभाजन गरिएको छ।
१. एकवर्षिय वोटविरुवा
२. दुईवर्षिय वोटविरुवा
३. वहुवर्षिय वोटविरुवा

एकवर्षिय वोटविरुवा

मौसमी तथा तीन महिना देखि एक वर्ष जिवन अबधि भएका वोटविरुवाहरु एकवर्षिय वोटविरुवा अन्तर्गत पर्दछन्। धेरै जसो घरेलु वोटविरुवाहरु यस वर्गमा पर्दछन्। एकवर्षिय वोटविरुवालाई ऋतु तथा मौसम, तापक्रम र समयअबधि आदिका आधारमा निम्न किसिमले बिभाजन गरिएको छ।

तापक्रम तथा समयअबधिका आधारमा एकवर्षिय वोटविरुवालाई तिन किसिममा बिभाजन गरिएको छ।
१. सहनशिल-: अत्यधिक चिसो (तुषारो देखि हिउँ सम्म) सहन सक्ने वोटविरुवाहरु सहनशिल वर्गमा पर्दछन्। प्यान्जी, स्वीटपि, ट्युलिप, लार्कसपुर, क्यालेन्डुला, ब्याचलरबटन आदि सहनशिल वोटविरुवा हुन्।

प्यान्जी स्वीटपि ट्युलिप

लार्कसपुर क्यालेन्डुला ब्याचलरबटन

२. कम सहनशिल-: सामान्य चिसो सहन सक्ने वोटविरुवाहरु कम सहनशिल वर्गमा पर्दछन्। गरबेरा, गजानिया, डियनथुस, कोसमोस, कोलियोस, पिटुनिया आदि सहनशिल वोटविरुवा हुन्।

गरबेरा गजानिया डियनथुस

कोसमोस कोलियोस पिटुनिया

३. समवेदनशिल-: चिसो सहन नसक्ने अर्थात मध्यम तथा न्यानो तापक्रम रुचाउने वोटविरुवाहरु समबेदनशिल वर्गमा पर्दछन्। बालसम, जालपा, पोर्टुलाका, साइप्रस-भाइन, मर्निंग-ग्लोरी, वाक्स-बेगोनिया आदि समबेदनशिल वोटविरुवा हुन्।

बालसम जालपा पोर्टुलाका

साइप्रस-भाइन मर्निंग-ग्लोरी वाक्स-बेगोनिया

दुईवर्षिय वोटविरुवा

दुईवर्ष जिवन अबधि भएका अर्थात दुई वर्षमा जिवन चक्र पुरा गर्ने किसिमका वोटविरुवाहरु यो वर्गमा पर्दछन् जस्तै स्वीटविलियम, फक्सग्लोब, होलीहक आदि। दुईवर्षिय वोटविरुवाहरु पहिलो वर्ष हुर्कन्छन् र दोसो्र वर्ष मात्र फुन्छन् तथा फन्छन्। सामान्यतया औषत जलवायु भएका क्षेत्रहरुमा यस्ता वोटविरुवाहरु दुई वर्ष भन्दा लामो समयसम्म बाँच्दछन् तर पछिल्ला वर्षहरुमा केहिले उत्पादन दिदैनन् भने केहिले कम र कमसल उत्पादन दिन्छन्।

स्वीटविलियम फक्सग्लोब होलीहक

वहुवर्षिय वोटविरुवा

सामान्यतया तिन वा सो भन्दा लामो समयसम्म बाँच्ने किसिमका वोटविरुवाहरु यो वर्गमा पर्दछन् जस्तै जिरेनियुम गुलाफ बेगमबेली पारिजात आदि। वहुवर्षिय वोटविरुवाहरु सधैं बाँची रहन्छन् र मौसम अनुसार फुल्छन् तथा फल्छन्। हुर्कने समय अबधिका आधारमा वहुवर्षिय वोटविरुवाहरुलाई दुई किसिममा बिभाजन गरिएको छ समबेदनशिल वहुवर्षिय र टिकाऊ वहुवर्षिय। तीन देखि पाँच वर्ष सम्म बाँच्ने वोटविरुवाहरुलाई समबेदनशिल वहुवर्षिय भनिन्छ। जिरेनियुम, गोदाबरी, सालभिया आदि समबेदनशिल वहुवर्षिय वोटविरुवा हुन्।

जिरेनियुम गोदाबरी सालभिया

लामो समयसम्म बाँचीरहने र मौसम अनुसार उत्पादन दिरहने वोटविरुवाहरुलाई सहनशिल वहुवर्षिय भनिन्छ। पारिजात, वेगमबेली, गुलाफ आदि टिकाऊ वहुवर्षिय वोटविरुवा हुन्।

पारिजात वेगमबेली गुलाफ

धेरै जसो वहुवर्षिय वोटविरुवाहरु हिउँद अर्थात ठण्डा तापक्रम भएका अबस्थामा आराम (वृदि विकास कम तथा शुन्य) गर्दछन् र तापक्रम तात्दै गए पछि पुन: हुर्कन थाल्छन्। आरामको अबस्थामा वोटविरुवाहरुले शक्ति संचय गर्दछन् र सबै वोटविरुवाहरुका लागि यो प्रक्रिया अति आवश्यक हुन्छ। सबै किसिमका वोटविरुवाहरुमा जलवायु तथा तापक्रमले प्रत्यक्ष्य प्रभाव पार्दछ र यसै आधारमा वहुवर्षिय वोटविरुवाहरुलाई सदावहार र पतझर गरि दुई किसिममा बिभाजन गरिएको छ। सदावहार वोटविरुवा बाह्रै महिना हरिया रहीरहन्छन भने शरद ऋतु लागे पछि पतझर वोटविरुवाका पात जर्न थाल्छन र हिउँद ऋतु लाग्दा सम्ममा पुर्ण रुपमा नांगा हुन्छन्। वसन्त ऋतुको आगमन पछि पतझर वोटविरुवामा पात पलाउन थाल्छन् र पुन: हराभरा हुन्छन्।

सदावहार वोटविरुवा पतझर वोटविरुवा सदावहार र पतझर








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन