Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस




आकर्षक बोटबिरुवा र उपयोग
(Use of Attractive Plants)

सिर्जना भण्डारी





बोटबिरुवा प्रकृतिका अनुपम सृजना तथा प्रमुख अंग हुन्। बोटबिरुवाका फाइदा र प्रयोग धेरै छन्। संसारका जिबित तत्वहरु मध्य बोटबिरुवा मात्र त्यस्तो तत्व हुन् जो आफ्नो जिवन यापनका लागि अरुमा निर्भर गर्दैन बरु अन्य प्राणीहरुलाई समेत बोटबिरुवाहरुले नै पालिरहेका छन्।

बोटबिरुवाका प्रयोगका सन्दर्भमा मानिसहरुले आफ्ना दैनिक आवश्यकता परिपुर्तिका अलावा तिनका प्राकृतिक तथा स्वस्फुर्त उपयोग तथा फाइदाहरु थुप्रै छन्।

बोटबिरुवा विभिन्न उदेश्यले लगाइने गरिन्छ, जस्तै-खाघान्न वाली, फलफूल तथा तरकारी वाली खानाका लागि लगाइन्छ भने नगदे वाली ब्यवसाइक उपयोगका लागि लगाइन्छ जसबाट लुगाफाटा तथा घरायसी प्रयोगका अन्य सामाग्रीहरु बनाउने गरिन्छ। वातावरण संरछणका दृष्टिकोणले साना तथा ठूला रुखहरु रोप्ने र वृछारोपण गरी जंगल बढाउने गरिन्छ। बोटबिरुवाहरुले हावामा भएको दुषित पदार्थ सोसेर हावा सफा राख्दछन्। बिरुवाका पातबाट पानी वाष्पीकरण भई वर्षात हुन्छ र वातावरण सन्तुलित रहन्छ। बोटबिरुवाहरुले बाढि पहिरो जानबाट रोक्छन् र पानीको श्रोत बचाउँछन् आदि।

आज भोलि परिबर्तित समय संगै बोटबिरुवाहरुको प्रयोग तथा उपयोगमा ब्यापकता आएको छ। तर हाम्रो बिषय फुलवारीसंग सम्बन्धित भएकोले यहाँ यसै सेरोफेरोमा लेख्नु उचित जस्तो लाग्छ।
सम्भबत हामी सबैका घरमा सानो वा ठुलो फुलवारी पक्कै पनि होला। सामान्यतया फुलवारी तथा बोटबिरुवा अन्य उपयोगका लागि भन्दा सोख तथा सुन्दरताका लागि लगाउने गरिन्छ। पृथ्वीको जलवायुमा बिबिधता भएका कारण सुन्दरताका लागि लगाइने बोटबिरुवाहरु ठाउँ र जलवायु अनुसार फरक पर्दछन्। आज भोलि घरभित्र बोटबिरुवा हुर्काउने क्रम पनि निकै लोकपि्रय बन्दै गैरहेको छ। सुन्दरता तथा सजावटका अलावा घर तथा कोठाको वातावरण स्वच्छ तथा सन्तुलित राख्ने उदेश्यले समेत घरभित्र बोटबिरुवा हुर्काउने गरिन्छ। जस्तै- मनी प्लान्ट सजाबटका अलावा घर तथा कोठाको हावा स्वच्छ राख्नका लागि लगाइन्छ त्यस्तै स्वीट बासिल, जिरेनियुम, असर्फी आदि हावामा भएका किटाणु भगाउनका लागि लगाउने गरिन्छन्।

आजभोलि सोख, रमाइलो र सजावटका लागि विभिन्न किसिमका फूलबिरुवाहरु हुर्काउने चलन बढ्दै गएको पाइन्छ। विभिन्न खालका फूल फूल्ने, फूल नफूल्ने र फल फल्ने खालका बोटबिरुवाहरु विभिन्न उदेश्ले हुर्काउने र सजाउने गरिन्छ। गुलाफ, हाइड्रेन्जा, जिरेनियूम, पेन्जी, स्न्यापड्रागन, डेजी, मम, क्याकटस, अर्किड, बालसाम, इम्पासियन, जसमिन, लिलि, कोर्टोन, मालती, बेगमबेली, बेगोनिया, फर्न, आदि आजभोलि सजावटको निमित्त लगाइने बहु-लोकपि्रय बोटबिरुवा हुन्।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू