Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



बोटबिरुवा प्रजनन्
सिर्जना भण्डारी

Phoolbari Logo

Zinnia Seed
प्रजनन् नयाँ बिरुवा जन्माउने प्रकि्रया हो। प्रकृतिमा भएका हरेक जिवीत वस्तुहरुको बिस्तार प्रजनन् बाटै हुने गर्दछ र एक पछि अर्को पुस्ता चलिरहन्छ। प्रकृ्रतिमा जिवन भएका बस्तुहरु प्राणी र वनस्पति मात्र हुन्। प्राणी र वनस्पति दुबैमा प्रजनन् प्रकि्रया निरन्तर चलिरहन्छ। प्रजनन् प्रकि्रया दुई किसिमबाट हुन्छ प्राकृतिक प्रजनन्अप्राकृतिक प्रजनन्। प्राणीहरुमा प्रजनन् प्रकि्रया प्राकृतिक किसिम बाट मात्र हुन्छ तर वनस्पतिहरुमा प्राकृतिक र अप्राकृतिक दुबै किसिमबाट हुन्छ। बीउ तथा भ्रुणबाट हुने तथा गरिने प्राकृतिक प्रजनन् हो यस्तो प्रजनन् प्रकि्रयालाई अंगे्रजीमा सेक्स्युल (Sexual) प्रजनन् भनिन्छ। बोटबिरुवाका बिभिन्न अंगहरु जस्तै- हाँगा, जरा, पात, मुन्टा, गाना तथा कोष (Cell or Tissue) बिभाजनबाट गरिने अप्राकृतिक प्रजनन् हो यस्तो प्रजनन् प्रकि्रयालाई अंगे्रजीमा एजसेक्स्युल (Asexual)प्रजनन् भनिन्छ।


Seed Propagation
बोटबिरुवामा सदियौं देखि प्राकृतिक प्रजनन् हुँदै आइरहेको छ र आजभोलि प्रबिधिहरुका बिकासका कारण सरल तथा जटिल बिभिन्न किसिमबाट अप्राकृतिक प्रजनन् कार्य गर्ने गरिन्छ। सामान्यतया सरल अप्राकृतिक प्रजनन् प्रकि्रया बोटबिरुवाका हाँगा, पात तथा मुन्टा काटेर तथा चिमोटेर, जरा बिभाजन गरेर गर्ने गरिन्छ भने ग्राफ्टींग, लेयरींग, तथा टीस्यु कल्चर (Tissue Culture) आदि जटील अप्राकृतिक प्रजनन् प्रकि्रया हुन्।


Asexual Propagation/Pinching Asexual Propagation/Cutting
बोटबिरुवा प्रकृति र परिचक्रका (Ecosystem) महत्वपुर्ण अंगहरु हुन् त्यसैले तिनको संरक्षण र विकास गर्नु अति आबश्यक छ। बोटबिरुवाको बिस्तार गर्न तथा चाहे अनुसार उत्पादन बढाउन अप्राकृतिक प्रजननको ठुलो योगदान रहेको छ। यद्धपी यस कार्यमा प्राकृतिक प्रजनन् बिधि पनि उत्तिकै लोकपि्रय छ। प्रकृतिले पुस्ता निरन्तरताका लागि भिन्न भिन्न बोटबिरुवामा बेग्ला बेग्लै बिषेशताहरु प्रदान गरेको छ। प्रजननका आधारमा बोटबिरुवाहरुलाई दुई किसिममा बिभाजन रिएको छ-

- फुल फुल्ने बोटबिरुवा

- फुल नफुल्ने बोटबिरुवा


Flowering Plant/Pot Marigold Flowering Plant/Snap Dragon
फुल फुल्ने बोटबिरुवाहरुमा बीउ पाक्दछ र यस्ता बोटबिरुवाहरुका प्रजनन् प्राय प्राकृतिक बिधिबाट गर्ने गरिन्छ। फुल फुल्ने एकबर्षिय बोटबिरुवाहरु जस्तै सयपत्री, मखमली, लार्कसपुर, प्यान्जी, स्न्यापड्रागन आदि बोटबिरुवाहरुलाई सजिलै बीउबाट उमार्न सकिन्छ। बीउ पाक्ने केही बोटबिरुवाहरुलाई अप्राकृतिक बिधिबाट पनि प्रजनन् गर्ने गरिन्छ जस्तै- जीरेनियुम, डियन्थुस, इम्पासियन, गजानिया, आदि। फुल नफुल्ने बोटबिरुवाहरु जस्तै- फेर्न, मनी प्लान्ट, आइभी, रब्बर प्लान्ट आदि र फुल फुल्ने भए पनि फुलमा बीउ नपाक्ने प्राय गाना जातका बोटबिरुवाहरु जस्तै- डेफोडिल, लिलि, क्रोकुस आदिका अंग बिभाजन गरेर तथा अप्राकृतिक बिधिबाट प्रजनन् गर्ने गरिन्छ। यस्ता बोटबिरुवाहरुका यि प्रकृतिशिद्ध बिषेशता तथा गुणहरु हुन्।


Non-Flowering Plant/Money Plant Non-Flowering Plant/Fern
प्रजननका प्राकृतिक र अप्राकृतिक दुबै बिधिहरु उत्तिकै प्रभाबकारी छन् र यी दुबै बिधिका आ-आफ्नै फाइदा बेफाइदाहरु रहेका छन्। सदियौं देखि बनस्पतिहरुमा प्राकृतिक बिधिबाट प्रजनन् प्रकि्रया हुदै आइरहेको छ। मध्यम तथा न्यानो तापक्रम/जलवायु हुने क्षेत्रहरुमा फलमा बीउ पाकेपछि आफैं छरीन्छन् र अनुकुल मौसम आए पछि आफैं उम्रीन्छन्। केही बोटबिरुवाहरु प्राकृतिक बिधिबाट अति ढिलो उमि्रन्छन तथा हुर्कन्छन् र अप्राकृतिक बिधिबाट छिटो-छिटो हुर्कन्छन र उत्पादन पनि चाँढै र उही गुनास्तरको दिन्छन्।
Annual Plant/Verbena Perennial Plant/Rose
प्राय बहुबर्षिय बोटबिरुवाहरु (Perennial Plants) यस्ता प्रकृतिका हुन्छन् जस्तै- हिबिसकस, जीरेनियुम, वलेन्डर, ट्रमपेट भाइन, रोज आदि। त्यस्तै अन्य केही बोटबिरुवाहरु बीउबाट चाँढै हुर्कन्छन र उत्पादन पनि चाँढै दिन्छन् तर अप्रापृतिक बिधिबाट तिनको प्रजनन् कार्य अलि कठिन हुन्छ। प्राय एक बर्षिय बोटबिरुवाहरु (Annual Plants)यस्ता प्रकृतिका हुन्छन् जस्तै- प्यान्जी, लिभीग-स्टोन-डेजी, जालपा, बालसाम, भेरबेना आदि।


Young Seedlings








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू