Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस


ऋतु र नेपाल
(बालबालिकाका लागि)
सिर्जना भण्डारी



         बसन्तऋतु           ग्रीष्मऋतु           शरदऋतु            हिउँदऋतु           Four Season चार ऋतु

Phoolbari Logo तुलाई अंग्रेजीमा सिजन भन्ने गरिन्छ । पृथ्वीको वातावरण तथा हावापानीमा आउने विभिन्न परिवर्तित अवस्थाहरुलाई ऋतु नामाकरण गरिएको छ । तातो तापक्रम हुने हावापानीलाई ग्रीष्म ऋतु भनिन्छ ठण्डा तापक्रम हुने हावापानीलाई हिउँद ऋतु भनिन्छ । ग्रीष्म पछि र हिउँद अघि मध्यम तापक्रम हुने हावापानीलाई शरद ऋतु भनिन्छ र हिउँद पछि र ग्रीष्म अघि मध्यम तापक्रम हुने हावापानीलाई वसन्त ऋतु भनिन्छ । यसप्रकार अन्तराष्ट्रिय रुपमा ऋतु चार किसिममा बिभाजन गरिएका छन् ।

ऋतु र महिना

अंग्रेजी महिना
मार्च, अप्रिल, मे - वसन्त
जुन, जुलाई, अगष्ट - ग्रीष्म
सेप्टेम्बर, अक्टोबर, नोभेम्बर - सरद
डिसेम्बर, जनवरी, फेब्रुवरी - हिउँद


नेपाली महिना
चैत, बैसाख, जेठ - वसन्त
असार, साउन, भदौ - ग्रीष्म
असोज, कात्तिक, मंसिर - सरद
पुस, माघ, फागुन - हिउँद


तर नेपालमा जलबायू विविधता भएको कारण एउटै ऋतुमा पनि तराइ देखि हिमाल सम्मको मौसम फरक-फरक हुने गर्दछ । तराइको वसन्त ऋतुको तापक्रम तातो हुन्छ, पहाडको वसन्त ऋतुको तामक्रम मध्यम हुन्छ । उत्तर पहाड र हिमाली क्षेत्रको वसन्त ऋतुको तापक्रम ठण्डा हुन्छ । यि क्षेत्रको वसन्त ऋतुको तापक्रम झण्डै-झण्डै तराइको हिउँद ऋतुको जस्तो हुन्छ । तसर्थ बोटबिरुवा चयन गर्दा तापक्रम र बोटबिरुवाको रुची तथा आवश्कतामा ध्यान दिनु पर्दछ ।

वसन्त ऋतु-

Full Bloom in Spring
वसन्त ऋतुलाई ऋतुहरुको राजा भन्ने गरिन्छ । यस ऋतुको तापक्रम मध्यम तथा न्यानो हुन्छ । धेरै जसो बोटबिरुवाहरु वसन्त ऋतुको मौसम मन पराउँछन् । वनस्पतिहरु मात्र नभएर मानिस तथा अन्य प्राणीहरु पनि वसन्त ऋतु नै बढि रुचाउँछन् । वसन्त ऋतुमा थुप्रै किसिमका एकवर्षिय बोटबिरुवाहरु सफलतापूर्वक हुर्काउन सकिन्छ । पेन्जि, पिटुनिया, कोरीयोपीस, स्वीट पि, असर्की, गजानिया, जालपा, कक्सकम्ब, स्न्यापड्रागन, जिनिया र अन्य थुप्रै एकवर्षिय बोटबिरुवाहरु हुर्काउन अति सजीला हुन्छन् ।

ग्रीष्म ऋतु-
Hot Sun/High Temperature
ग्रीष्म ऋतुको तापक्रम न्यानो तथा तातो हुन्छ । न्यानो तथा तातो तापक्रम रुचाउने बोटबिरुवाहरु ग्रीष्ममा राम्ररी हुर्कन्छन् । ग्रीष्म ऋतुमा प्रसस्त वर्षात हुने हुनाले यस ऋतुमा बढि पानी रुचाउने किसिमका बोटबिरुवाहरु लगाउनु पर्दछ । धेरै जसो बोटबिरुवाहरु न्यानो तथा तातो तापक्रम र प्रसस्त पानी रुचाउँछन् र राम्ररी हुर्कन्छन् । त्यसैले वसन्त र ग्रीष्म ऋतुमा बढि हरियाली हुने गर्दछ ।

सरद ऋतु-
Fall/Falling Leaves
सरद ऋतुको मौसम पनि वसन्त ऋतुको जस्तै मध्यम तथा न्यानो हुन्छ तर सरद पछि हिउँदऋतु आउने हुनाले विस्तारै चिसो बढ्दै जान्छ त्यसैले वसन्त ऋतुमा हुर्कने सबै बोटबिरुवाहरु सरद ऋतुमा हुर्काउन सकिदैन । सरद ऋतुमा चिसो तापक्रम रुचाउने खालका बोटबिरुवाहरु लगाउनु पर्दछ । असर्फी, ब्याचलर बटन, लार्कसपुर, स्न्यापड्रागन, गजानिया, प्यान्जी, स्वीट पि आदि चिसो सहने खालका बोटबिरुवा हुन् ।

हिउँद ऋतु -
Low Temperature
हिउँद ऋतुको मौसम क्षेत्र अनुसार सामान्य ठण्डा देखि अति ठण्डा सम्म हुन्छ । तराइ क्षेत्रको हिउँद ऋतुको तापक्रम सामान्य ठण्डा हुन्छ भने पहाडी क्षेत्रको तापक्रम ठण्डा तथा अति ठण्डा हुन्छ र हिमाली क्षेत्रको तापक्रम अझ बढ़ी ठण्डा हुन्छ अर्थात बर्षको धेरै जसो समय हिउँ जम्ने गर्दछ । धेरै जसो बोटबिरुवाहरु ठण्डा तापक्रम रुचाउँदैनन् । यस्तो वातावरणमा धेरैजसो एकवर्षिय बोटबिरुवाहरु मर्छन् र
Plant Rest Plant in Snow
ठण्डा सहन सक्ने खालका बोटबिरुवाहरु मात्र हुर्कन सक्छन् । प्राय बहुवर्षिय बोटबिरुवाहरु धेरै ठण्डा मौसममा आरम गर्दछन् र धेरै जसो बहुवर्षिय बोटबिरुवाहरुको पात खस्छ र वसन्त ऋतुमा तापक्रम न्यानो हुन थाले पछि बिस्तारै तिनमा पालुवा पलाउन थाल्छन । स्वीट पि, टुलिप, क्रूकोस, प्यान्जी, असर्फी, ब्याचलर बटन आदि तुषारो देखि अति ठण्डा र हिउँ समेत खप्न सक्ने बोटबिरुवा हुन् ।








प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू