Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन







ग्रीष्म ऋतुका बोटबिरुवा

Phoolbari Logo

Summer Garden
ग्रीष्म गर्मी मौसमको अर्को नाम हो । क्षेत्रिय जलवायू अनुसार गि्रष्म ऋतुको तापक्रम क्षेत्र क्षेत्र अनुसार फरक फरक हुन सक्छ । उष्ण प्रदेसिय क्षेत्रहरुको गि्रष्म ऋतु अत्यधिक तातो हुन्छ भने उपोष्ण, शितोष्ण र शमशितोष्ण क्षेत्रहरुको तापक्रम कम तातो तथा मध्यम किसिमको हुन्छ । धेरै जसो बोटबिरुवाहरुले मध्यम किसिमको तापक्रम रुचाउने भए पनि ठण्डाको तुलनामा गि्रष्म तथा तातो रुचाउने बोटबिरुवाहरु नै धेरै छन् । प्राय ओसिलो गि्रष्म अर्थात प्रसस्त वर्षा हुने क्षेत्रहरुमा धेरै किसिमका बोटबिरुवाहरु हुर्कन्छन् । सुख्खा गि्रष्म हुने ठाउँमा पनि हुर्कन्छन् तर पानी तथा सिंचाइको ब्यवस्था प्रभावकारी हुनु पर्दछ ।

वसन्त ऋतुको अन्त्य र शरद ऋतु भन्दा अगाडी आउने गि्रष्म ऋतुको शुरु र अन्त्यका दिनहरुको तापक्रम मध्यम खालको हुन्छ र यस्तो मौसममा धेरै जसो गृीष्मकालीन बोटबिरुवाहरु राम्ररी फस्टाउँछन् । वसन्त ऋतुको अन्त्य तिर विस्तारै तापक्रम बढ्न थालेपछि तातो सहन नसक्ने किसिमका एक बर्षिय बोटबिरुवाहरु भए फोस्रिन तथा मर्न थाल्छन र ठण्डा रुचाउने बहुवर्षिय बोटबिरुवाहरु आराम गर्दछन अर्थात सिजन सकिए पछि फूल्न-फल्न छाड्छन् तथा बढ्दैनन् तर हरिया र आकर्षक रहीरहन्छन् र गि्रष्म ऋतुको अन्त्य तथा शरद ऋतुको शुरुमा चिसो बढ्न थाले पछि पतझर बोटबिरुवाहरुमा पात खस्न थाल्छन् भने सदाबहार बोटबिरुवाहरु हरिया रहीरहन्छन् ।

गि्रष्म ऋतुमा न्यानो तापक्रम रुचाउने किसिमका समवेदनशिल (गि्रष्म तथा तातो रुचाउने बोटबिरुवाहरु) एक वर्षिय बोटबिरुवाहरु सजिलै हुर्काउन सकिन्छ र यि लामो समय सम्म फूलीरहन्छन् ।



बालसम जालपा पोर्टुलाका
साइप्रस-भाइन मर्निंग-ग्लोरी वाक्स-बेगोनिया

गि्रष्मकालिन केही एकवर्षिय बोटविरुवाहरु -:
ब्लु डेजी
कास्टर बिन
सिलोसिया
साइप्रस भाइन
निकोटीना
जालपा
ह्यासिन्थ
विन भाइन
जोसेफकोट
सालभिया
मेक्सीकन् हिथर
मेक्सीकन् सनफ्लावरर
मुनभाइन
मर्निङ्गग्लोरी
मेक्सीकन् सेज
सिल्कफ्लावर
स्टारफ्लावर
सनफ्लावर
बालसाम
इम्पासीयन
पोर्टुलाका
पप्पि
बेल-अफ-आयरल्यान्ड
जब्स टियर
जिनिया
प्लेन ब्रीस्टल ग्रास
कक्सकम्ब
लभ-लाइज-ब्लीडिंग
डेलिया
डस्टी मिलर
सिगार प्लान्ट
डेलबर्ग डेजी

सुख्खा क्षेत्रहरुका लागि गि्रष्मकालिन एकवर्षिय बोटविरुवाहरु -:
अफ्रीकन डेजी
भीन्का
कोरीयोपिस
कोसमोस
कि्रपिङ्ग जिनिया
डस्टी मिलर
ग्लोब अमारन्थ
ग्लोरीयोसा डेजी
गोल्ड मेडालियोन
पोर्टुलाका
स्नो-इन-द-माउन्टेन्
स्पाइडर फ्लावर
जिनिया
भरबेना
ग्लाडियोलाश


गि्रष्म तथा तातो तापक्रम रुचाउने समवेदनशिल बोटबिरुवाहरुको बिउ वसन्त ऋतुको अन्त्य तथा ग्रिष्म ऋतुको शुरुतिर राख्नु पर्दछ र विरुवाको उचाई तीन-चार इन्च भए पछि स्थाई ठाउँमा सार्नु पर्छ ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन