Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस





औजार तथा सामग्री
सिर्जना भण्डारी

Gardening Tools Garden Tools

Phoolbari Logo फुलबारी तथा बगैचामा काम गर्न उपयोग गरिने औजार तथा सामग्रीहरुले काम चाँडो र सजिलो सँग पुरा गर्न सघाउँछन्। फुलबगैचामा काम गर्न कति र कस्ता किसिमका औजार तथा सामग्रीहरुको

Digging Tools
आवश्यकता पर्छ भन्ने कुरा बगैचाको विषेशता, हुर्काइने बोटबिरुवाको मात्रा, तिनका विशेषता, बाताबरण तथा जलवायुको अवस्था, माटोको किसिम, आफु खट्न सक्ने समय, खर्चको बजेट लगायतका कुराहरुमा भर पर्दछ। बिभिन्न अबस्था र आवश्यकता अनुसार औजार तथा सामग्रीहरुको आवश्यकता पर्ने भए पनि केही आधारभुत तथा नभइ नहुने सामग्रीहरु छन् जसको अभाबमा काम गर्न कठिन तथा असम्भब हुन्छ। प्रयोगका आधारमा फुलबगैचाको काममा प्रयोग गरिने औजार तथा सामग्रीहरुलाई दुई किसिममा बिभाजन गरिएको छ-

१) आधारभुत औजार तथा सामग्री

२) बैकल्पीक औजार तथा सामग्री


आधारभुत सामग्रीहरु अति आबश्यक हुन्छन्। खन्ने औजार, काट्ने औजार, गोडमेलका औजार आदि आधारभुत सामग्री तथा औजारहरु हुन् जस्तै- कोदालो, हँसिया तथा खुकुरी, कुटो, खुर्पी आदि। बैकल्पीक सामग्रीहरु नभई नहुने सामग्री होइनन्, यस्ता सामग्रहरु नभए पनि बारी तथा बगैचाको काम गर्न सकिन्छ। तर यो सत्य हो की यस्ता सामग्रीहरुको सहयोगमा बगैचाको काम सजिलो हुनुका साथै चाँडै सम्पन्न गर्न सकिन्छ। यसका साथै बैकल्पीक सामग्रीहरुको प्रयोग गरी रोपिएका तथा सारीएका
Pruning Tools
बोछबिरुवाहरु चाँडै उमि्रने, चाँडै सर्ने तथा हुर्कने गर्दछन्। केही बैकल्पीक सामग्रीहरु काम गर्दाको समयमा बोटबिरुवाका साथै बगैचामा काम गर्नेलाई समेत सुरक्षा प्रदान गर्ने किसिमका हुन्छन्। हजारी, पन्जा, चस्मा, बेल्ट, थांग्रो तथा टेको, डम्फर आदि बैकल्पीक सामग्री हुन्। यसका अतिरीक्त काम गर्ने क्षेत्र, बोटबिरुवाको प्रकृति, खेतीको उदेश्य, आबश्यकता आदिका दृष्टिकोणबाट कतिपय बैकल्पीक सामग्रीहरु आधारभुत तथा अति आबश्यक पनि हुन सक्छन्। आजभोलि बजारमा फुलबगैचामा काम गर्ने थुप्रै किसिमका सामग्रीहरु किन्न पाइन्छन्।

प्रयोगका आधारमा औजार तथा सामग्रीहरु आधारभुत तथा बैकल्पीक हुने भए पनि सामान्यतया फुलबगैचा तथा करेसाबारीमा काम गर्न निम्न औजार तथा सामग्रीहरु अति आबश्यक मानिन्छन्।

१) कोदालो, कोदाली(पहाडे कोदालो), बेल्चा

२) हँसिया तथा खुकुरी

३) डल्लेठो, हेंगा, दाँते

४) कुटो, खुर्पि, सिडर (झार गोड़ने)

५) डम्फर (सानो गाडा ), बाल्टीन, हजारी





अर्को: औजार र तिनको उपयोग

अर्को पानाNext


1








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू