Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



औजार र तिनको उपयोग
सिर्जना भण्डारी

Digging Tools watering Tools

Phoolbari Logo प्रयोगका आधारमा फुलबगैचाको काममा प्रयोग गरिने औजार तथा सामग्रीहरुलाई दुई किसिममा बिभाजन गरिएको छ-

१) आधारभुत औजार तथा सामग्री
२) बैकल्पीक औजार तथा सामग्री

Digging Tools
बगैचामा काम गर्न प्रयोग गरिने सामग्रीहरुमा कोदालो, कोदाली(पहाडे कोदालो), बेल्चा आदि खन्न प्रयोग गरिने आधारभुत तथा अति आबश्यक औजार हुन्। तर बगैचाको अबस्था हेरी जमीन खन्नुपुर्ब अन्य सामग्रीहरुको आबश्यकता पर्न पनि सक्छ। यदी बगैचामा पहिले लगाइएका तथा सिजन सकिएका बोटबिरुवाहरु छन् भने तिनलाई काट्नु तथा ओखल्नु पर्ने हुन्छ र यो अबस्थामा काट्ने (हँसिया, खुकुरी) तथा जरा ओखल्ने (खन्ती, पीकर) आदि औजारहरुको आबश्यकता पर्दछ। त्यस्तै बगैचामा झारको प्रकोप बढी छ भने तिनका जरासमेत निकाल्ने किसिमको औजारको(वीडर)आबश्यकता पर्दछ। बोटबिरुवाका यि काटीएका अंश र बगैचामा भएका ढुंगा, ईंटा, काठ तथा अन्य फोहरहरु पन्साउन, ओसार्न तथा फ्याक्नका लागि डम्फर (सानो गाडा)को आबश्यकता पर्दछ। त्यस्तै
Weeding Tools
जमीन सुख्खा भएको कारण पुराना बोटबिरुवा तथा झार ओखल्न र खन्न कठीन भएको अबस्थामा पानी पटाउने बाल्टीन, हजारी, पाइप जस्ता सामग्रीहरुको आबश्यकता पर्दछ। जमीन खनेपछि उक्त स्थानको माटोको किसिम अनुसार ठुला तथा साना डल्ला र झार तथा बोटबिरुवाका जरा निस्कन्छन्। त्यस्ता डल्ला फुटाई माटोको तयारी गर्न डल्ला फुटाउने औजार (डल्लेठो)को आबश्यकता पर्दछ भने खन्दा निस्कीएका जरा तथा अन्य फोहरहरु हटाउन फोहर केलाउने औजार (दाँते)को आबश्यकता पर्दछ। यि सबै किसिमले माटोको तयारी गरीसके पछि बीउ छर्न, बोटबिरुवा रोप्न तथा सार्नका लागि माटो अझ मसीनु पार्नु, ड्यांग बनाउनु, खोबिल्डा पार्नु आदि परेमा आबश्यकता अनुसार साना हाते औजारहरु जस्तै खुर्पी, कुटो, सिडर, आदिको प्रयोग गर्नु पर्दछ।


Cutting Tools
सामान्यतया फुलबगैचामा काम गर्न उपयोग गरीने बैकल्पीक औजारहरुको आबश्यकता बोटबिरुवा लगाउनु अघि भन्दा बोटबिरुवा लगाइसके पछि तिनका हेरबिचारका लागि बढि पर्दछ। जस्तै पानी पटाउने, मल प्रयोग गर्ने, काटछाँट गर्ने, हुरीबतास-घामपानी-बर्षा आदिबाट संरक्षण प्रदान गर्ने, औषधी छर्ने, झार गोड्ने, माटो खुकुल्याउने आदि कामहरु। काम र उदेश्य अनुसार कतिपय अबस्थामा बैकल्पीक सामग्रीहरु पनि प्राथमिक बन्न पुग्छन्। बोटबिरुवाको नर्सरी लगाउने, तरकारी खेतीगर्ने, पुष्प खेती गर्ने ब्याबसाईहरुका लागि प्राय सबै सामग्रीहरु आधारभुत तथा अति आबश्यक हुन्छन् जो सामान्य फुलबगैचा तथा करेसाबारीमा काम गर्नेहरुका लागि उति आबश्यक नहुनसक्छ।





Previousअगाडी पाना


2








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू