Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



करेसाबारी र तरकारीजन्य बोटबिरुवा
सिर्जना भण्डारी

Egg Plant

Phoolbari Logo सामान्य अर्थमा घरको अगाडी पछाडी तथा घरको वरपरको खालि जग्गा जहाँ आफुलाई आबश्यक पर्ने तरकारी तथा फलफुल लगाउने गरीन्छ त्यस्तो जग्गालाई करेसाबारी भन्ने गरिन्छ। यस्तो जग्गा प्राय शहर, शहर उन्मुख गाउँ तथा गाउँघर आदि सबै ठाउँका घरहरुमा राखिएको हुन्छ। आफ्नॊ ब्यबहारीक आबश्यकता हेरी करेसाबारीमा तरकारीका साथै केही फुलबिरुवाका बोटबिरुवा र केही फलफुलका बोटबिरुवा लगाउने गरिए पनि सामान्यतया बढि जसो तरकारी नै लगाउने गरिन्छ। आफ्नै करेसाबारीमा फलेका तरकारीहरु ताजा, पोषिला र स्वादिला हुनुका साथै केही हदसम्म घरखर्चको आर्थिक बोझ समेत हल्का गर्ने हुनाले प्राय धेरै जसो फुलबिरुवा पे्रमीहरु करेसाबारीमा फुलबिरुवा लगाउन रुचाउँछन्। यसका अतिरीक्त नियमित रुपले करेसाबारीमा काम गर्नाले सन्तुलीत ब्यायामका कारण शारिरीक स्वास्थ्यमा समेत सकारात्मक प्रभाब पर्ने हुनाले यही फाईदा लिनका लागि भए पनि आजभोलि बिषेश गरी शहर उन्मुख गाउँ तथा शहरहरुमा करेसाबारीमा तरकारी लगाउने काम बढ्दै र लोकप्रिय बन्दै गइरहेको छ। घरको वरीपरी थोरै जग्गा हुने तथा जग्गा नै नहुनेहरुले समेत घरको छत, कौशी, बरण्डा तथा गमलामा तरकारी, फलफुल तथा फुलबिरुवा लगाउने गरेका उदाहरण प्रसस्त पाइन्छन्। आफ्नै बारीमा आफैंले तरकारी फलाउनु तथा हुर्काउनु बिभिन्न दृष्टिकोणले अति लाभकारी भएका कारण यसबारे सामान्य जानकारी लिएर तरकारी उत्पादन गर्दा थोरै तथा सिमीत लगानी, समय र मेहनेतमा धेरै उत्पादन लिन सकिन्छ।

बनस्पति जगतमा धेरै किसिमका बोटबिरुवाहरु छन् र तिनका प्रकृति तथा बिषेशताहरु एक अर्कामा भिन्न भिन्न हुन्छन् जस्तै आधारभुत तत्वहरुको आबश्यकता, उमार्ने, रोप्ने तथा सार्ने, हेरबिचार गर्ने, बाली भित्र्याउने आदि जस्ता कामहरु फरक फरक किसिम र तरीकाबाट गर्नुपर्ने हुन्छ।

बोटबिरुवा हुर्कनका लागि अति आबश्यक पर्ने अर्थात नभइ नहुने तत्वहरुलाई आधारभुत तत्व भनिन्छ। प्रकाश, पानी, तापक्रम, माटो, हावा, मल आदि बोटबिरुवाका आधारभुत तत्वहरु हुन्। बोटबिरुवा राम्ररी हुर्कन तिनलाई आबश्यक पर्ने आधारभुत तत्वहरुको महत्वपुर्ण भुमिका रहेको हुन्छ। बोटबिरुवाका प्रकृति अनुसार तिनका आधारभुत तत्वका आबश्यकीय मात्रामा फरक पर्ने गर्दछ। पुर्ण रुपमा हुर्कनका लागी केही बोटबिरुवाहरुलाई उच्च प्रकाश, प्रसस्त पानी, खुकुलो तथा मलिलो माटो, खुल्ला आकाश, ताजा हावाको आबश्यकता पर्दछ भने केही बोटबिरुवाहरु सामान्य पस्थितीमा पनि राम्ररी हुर्कन सक्छन् र अझ केही बोटबिरुवाहरु त बिना हेरबिचार पनि सफलतापुर्बक हुर्कन्छन् र उत्पादन पनि राम्रो दिन्छन्। प्राय सम्बन्धीत क्षेत्रका रैथाने बोटबिरुवाहरु कम तथा बिना हेरबिचार हुर्कन सक्छन् किनकी यस्ता बोटबिरुवाहरु उक्त क्षेत्रमा उपलब्ध हुने जलवायु तथा वातावरणमा राम्ररी बानी परेका हुन्छन् र जस्तोसुकै प्रतिकुल परिस्थितीको सामना गर्दै हुर्कन सक्छन्। हुर्कॉउन सजिला र रैथाना बोटबिरुवाकाबारे नजिकैका कृषि कार्यालय तथा नर्सरीहरुबाट जानकारी लीन सकिन्छ।










धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू