Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



हिउँदे बगैचा तथा बोटबिरुवा
सिर्जना भण्डारी

Winter Garden

Phoolbari Logo

Geranium in Winter
बिभिन्न क्षेत्र अनुसार हिउँद ऋतुको वातावरण तथा जलवायु फरक फरक किसिमको हुन्छ। सामान्यतया तराइ क्षेत्रको हिउँद ऋतु सामान्य ठण्डा किसिमको हुन्छ भने पहाडी तथा हिमाली क्षेत्रको हिउँद ऋतु ठण्डा तथा अत्यधिक ठण्डा किसिमको हुनुका साथै कतिपय क्षेत्रहरुमा हिउँ तथा तुषारो पनि पर्ने गर्दछ।

बोटबिरुवा राम्ररी हुर्कनु र नहुर्कनुमा जलवायु तथा तापक्रमको महत्वपुर्ण भुमिका र प्रभाब रहने गर्दछ। मानिस तथा अन्य प्राणीहरु जस्तै बोटबिरुवाहरु पनि जिवित र चेतनशिल वस्तु हुन्। तसर्थ बोटबिरुवाहरुने पनि तातो-चिसो, उज्यालो-अध्यारो तथा सुख्खा-ओसिलो आदिको अनुभब गर्दछन र वातावरण अनुसारकै बिषेताहरु देखाउँछन्। प्राय धेरैजसो बोटबिरुवाहरु मध्यम तथा न्यानो किसिमको वातावरण रुचाउँछन् र त्यस्ता वातावरण भएका क्षेत्रहरुमा राम्ररी हुर्कन्छन्। हिउँद ऋतु अत्यधिक ठण्डा हुने क्षेत्रहरुमा केही चिसो सहन सक्ने किसिमका बोटबिरुवाहरु मात्र हुर्काउन सकिन्छ। यस्ता चिसो सहन सक्ने किसिमका बोटबिरुवाहरुलाई सहनशिल बोटबिरुवा (Hardy Plants) भन्ने गरिन्छ।

सामान्य ठण्डा हुने क्षेत्रहरुमा धेरै किसिमका बोटबिरुवाहरु हुर्काउन सकिन्छ। यस्ता क्षेत्रहरुमा सामान्य ठण्डा र सामान्य न्यानो तापक्रम रुचाउने किसिमका बोटबिरुवाहरु सजिलै र राम्ररी हुर्काउन सकिन्छ। तसर्थ हिउँदे बगैचा लगाउनका लागि बोटबिरुवाहरुको चयन गर्नु अघि तपाईंको क्षेत्रको जलवायु कस्तो किसिमकॊ हो त्यो जान्नु आवश्यक हुन्छ। यदि तपाईं तराइ क्षेत्रमा बस्नु हुन्छ भने यस क्षेत्रको हिउँद ऋतु सामान्य ठण्डा मात्र हुने भएकोले चाहे अनुसारका बोटबिरुवाहरु हुर्काउन सकिन्छ (ग्रीष्मकालिन बोटबिरुवा बाहेक)। पहाड तथा भित्री पहाड क्षेत्रमा बस्नु हुन्छ भने यस क्षेत्रको हिउँद ऋतुको तापक्रम अलि ठण्डा हुने हुनाले चिसो रुचाउने तथा चिसो सहन सक्ने किसमका बोटबिरुवाहरुको चयन गर्नु पर्दछ। त्यस्तै यदि तपाईं उत्तर पहाड तथा हिमाली क्षेत्रमा बस्नु हुन्छ भने यस क्षेत्रको हिउँद ऋतुको तापक्रम अत्यधिक ठण्डा हुने भएकोले अति ठण्डा (हिउँ तथा तुषारो समेत खप्न सक्ने) सहन सक्ने कडा सहनशिल बोटबिरुवाहरुको चयन गर्नु पर्दछ। अत्यधिक ठण्डा हुने क्षेत्रहरुमा चिसो खप्न नसक्ने तथा सामान्य चिसो मात्र खप्न सक्ने किसिमका बोटबिरुवाहरु उम्रीन तथा राम्ररी हुर्कन सक्दैनन् र चिसो बढ्न थाले पछि पात तथा डाँठभित्रको पानी जमेर बोटबिरुवाहरु मर्न थाल्छन्।

हिउँदे बगैचाका लागि केही हिउँदे बोटबिरुवाहरु
तापक्रम तथा समयअबधिका आधारमा एकवर्षिय वोटविरुवालाई तिन किसिममा बिभाजन गरिएको छ।

१. सहनशिल-: अत्यधिक चिसो (तुषारो देखि हिउँ सम्म) सहन सक्ने वोटविरुवाहरु सहनशिल वर्गमा पर्दछन्। प्यान्जी, स्वीटपि, ट्युलिप, लार्कसपुर, क्यालेन्डुला, ब्याचलरबटन आदि सहनशिल वोटविरुवा हुन्।

प्यान्जी स्वीटपि ट्युलिप

लार्कसपुर क्यालेन्डुला ब्याचलरबटन

२. कम सहनशिल-: सामान्य चिसो सहन सक्ने वोटविरुवाहरु कम सहनशिल वर्गमा पर्दछन्। गरबेरा, गजानिया, डियनथुस, कोसमोस, कोलियोस, पिटुनिया आदि कम सहनशिल वोटविरुवा हुन्।

गरबेरा गजानिया डियनथुस

कोसमोस कोलियोस पिटुनिया

३. समवेदनशिल-: चिसो सहन नसक्ने अर्थात मध्यम तथा न्यानो तापक्रम रुचाउने वोटविरुवाहरु समबेदनशिल वर्गमा पर्दछन्। बालसम, जालपा, पोर्टुलाका, साइप्रस-भाइन, मर्निंग-ग्लोरी, वाक्स-बेगोनिया आदि समबेदनशिल वोटविरुवा हुन्।
बालसम जालपा पोर्टुलाका

साइप्रस-भाइन मर्निंग-ग्लोरी वाक्स-बेगोनिया

यस्ता चिसो सहन नसक्ने तर मध्यम तथा न्यानो तापक्रम रुचाउने समबेदनशिल वोटविरुवाहरु मध्य केहीलाई ग्रीष्मकालीन वोटविरुवाका रुपमा पनि लगाउने गरिन्छ। जस्तै: बालसम, जालपा, पोर्टुलाका, साइप्रस-भाइन, मर्निंग-ग्लोरी, वाक्स-बेगोनिया, सलभिया आदि।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू