Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




फूलबारी र रङ्गको महत्व
सिर्जना भण्डारी

Phoolbari Logo

फूलबिरुवा र तिनका आकर्षक सजावट मननपर्ने को होला र । कुनै पार्क तथा आकर्षक फूलबारी घुम्न गएका बेला हामीलाई त्यहाँको सेटिङ्ग तथा सजावट खुब मन पर्छ र आकर्षक लाग्छ र हामी सोच्ने गर्छौं कि जति मेहनत गरे पनि हाम्रो फूलबारी किन आकर्षक नभएको होला फलाना बिरुवा किन राम्ररी नहुर्ककॊ होला के नपुगेको होला के गर्नु पर्ने होला आदि आदि ।

फूलबारी आकर्षक देखिनु र नदेखिनुमा कुनै एक पक्षको मात्र नभई अनेक पक्षहरुको प्रमुख तथा सहायक भुमिका रहने गर्दछन् जो घरेलु फूलबिरुवा पे्रमीहरुलाई जानकारी नभएको पनि हुन सक्छ जस्तो बोटबिरुवाका प्रकृति, उचाइ, पातका आकार-प्रकार र रंग, फूल्ने फूलका प्रकुति, आकार-प्रकार, रंग आदि । तर व्यवासायिक रुपमा फूलबिरुवा लगाउनेहरुलाई यस सम्बन्धमा राम्रो अनुभव भएको हुनसक्छ र यसबारे समस्त अध्ययन तथा अनुभब गरेका हुनसक्छन् तसर्थ यस्ता व्यवासाइहरुले लगाएका तथा बनाएका फूलबगैंचा आकर्षक देखिन्छ तर हाम्रो घरेलु फूलबगैंचा उति आकर्षक देखिदैन । फूलबारी आकर्षक देखिनुमा मुख्यतया बोटबिरुवाका फूल र पातका रङ्गको मुख्य भूमिका रहने गर्दछ । रंगका साथै फूल तथा पातका आकार प्रकारले पनि महत्वपूर्ण प्रभाव पारेका हुन्छन् । यति मात्र नभइ बोटविरुवाका बढ्ने तथा हुर्कने प्रकृतिको पनि फूलबारी आकर्षक देखाउनमा उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका अतिरिक्त बगैंचाको आकार, उपलब्ध स्थान, बगैंचा वरिपरिका अन्य वस्तुहरु, बगैंचाको पृष्ठभूमिको रङ्ग, चौरको घाँसको रङ्ग, चौरको आकार, घरको रङ्ग, बार तथा कम्पाउन्डको रङ्ग, बगैंचामा घाम लाग्ने समय, छायाँ तथा सेप पर्ने स
मय आदि सबै किसिमले फूलबारी आकर्षक हुनु र नहुनमा प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य भूमिका खेल्ने हुनाले उल्लेखित कुराहरुमा विचार गरी बोटबिरुवाको छनोट गर्नु पर्दछ । एकबर्षिय बोटबिरुवा बोटबिरुवाहरुको छनौट गर्दा उति गम्भीर हुनु पर्दैन जति बहुबर्षिय बोटबिरुवा छनोटमा हुनु पर्दछ किन कि एकवर्षिय बोटबिरुवाहरु सिजनल तथा क्षणिक हुने हुँदा हरेक सिजनमा आफ्नो आवश्यकता र रुची अनुसार तिनका प्रयोगमा थपघट तथा परिवर्तन गर्न सकिन्छ । तर बहुवर्षिय बोटबिरुवाहरु स्थायी हुने हुनाले यस्ता बोटबिरुवाहरुको छनौट गम्भीरतापुर्वक गर्नु पर्दछ । यसबारे आफूलाई उति अनुभव तथा जानकारी छैन भने बरु सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको सल्लाह लिनु उचित हुन्छ । कुनै पनि फूलवारी तथा फूलबगैंचा आफंैमा आकर्षक तथा अनाकर्षक हुँदैनन् । फूलबगैंचाको सुन्दरता तथा आकर्षण मालीको कला र सीपमा भरपर्दछ । फूलबिरुवा लगाउनु तिनको छनौट गर्नु तिनका विभिन्न पक्ष-विपक्ष मिलाउनु एक कला हो । एउटा मालीले जसरी आफ्नो कला प्रस्तुत गर्छ परिणाम त्यही अनुसारको आउँछ । फूलबगैंचा र यसको कलाको सन्दर्भमा सर्वप्रथम हामी रङ्गसंग फूलबारी बारे जानौं ।

रङ्गसंग फूलबारी

रङ्गहरुलाई हेराई र अनुभूति गराईका आधारमा दुई किसिममा बिभाजन गरीएका छन्ः न्यानो र ठण्डा रङ्ग । उन्याला रङ्गहरु न्यानो रङ्ग अन्तर्गत पर्दछन् भने मधुरा रङ्गहरु ठण्डा रङ्ग अन्तर्गत पर्दछन् । बोटबिरुवाका फूल र पातहरुमा रङ्ग असीमित छन् । सबै रङ्गलाई नाम दिनु सम्भव पनि छैन । सामान्य तथा सम्झन र थाहा पाउन सजिला रङ्गहरु निम्न अनुसार छन्ः रातो सेतो हरियो पहेंलो सुन्तले प्याजी गुलावी निलो आदि तर वास्तविकतामा यी नाम उल्लेखित रङ्ग भन्दा कयांै गुणा धेरै रङ्गहरु उपलब्ध छन जो हेर्दा झन्डै झन्डै उस्तै देखिन्छन् । धेरैजसो यी रङ्गहरु निकै नै नजिक-नजिक देखिन्छन् तर वास्तविकतामा भने फरक किसिमका हुन्छन् ।

फूलबारीमा फूल तथा पातका रङ्ग परिक्षण गर्न एक बर्षिय बोटबिरुवाहरु अति उपयोगी हुन्छन् । विशेष गरी सिकारु माली तथा जो कोही फूलबिरुवा प्रेमीहरुका लागि एकबर्षिय बोटबिरुवासंग काम गर्नु सजिलो र कम खर्चिलो हुन्छ । तुलनात्मक रुपमा बहुवर्षिय भन्दा एकबर्षिय बोटबिरुवासंग काम गर्न सजिलो र कम खर्चिलो हुन्छ । बहुबर्षिय भन्दा एकबर्षिय बोटबिरुवाहरु धेरै रङ्ग तथा आकार-प्रकारमा पाइने र छिटो छिटो हुर्कने हुनाले पनि फूलबगैंचा लगाउने काममा एकवर्षिय बोटबिरुवारुको विशेष महत्व र लोकपि्रयता रहदै आएको पाइन्छ । फूलबारी आकर्षक देखाउन रङ्गका आधारमा बोटबिरुवा चयन गर्दा सर्वप्रथम तिनका पातका रङ्ग हेर्नुपर्दछ र यसपछि मात्र फूलका रङ्ग आकार र साइजमा विचार पुर् याउनु पर्दछ । रङ्ग छान्नु पुर्ब रङ्ग चक्र (Color Wheel)हेर्नु उपयुक्त हुन्छ जसले एक अर्को रङ्ग बीचको अन्तर सम्बन्ध देखाउँछ र कुन रङ्गसंग कुन रङ्ग खुल्छ तथा सुहाउँछ भन्ने कुरा आफंै अनुभव गर्न सकिन्छ ।

रङ्ग चक्रको चित्रमा देखाए अनुसार विपरीत रङ्गहरु एक अर्कामा खुल्छन् र सोही रङ्ग अनुसारका बोटबिरुवाहरुका पात र फूलका रङ्गको चयन गर्दा फूलबारी आकर्षक देखिन्छ । ठ्याक्कै विपरीत रङ्ग पाउन कठिन हुन सक्छ तसर्थ रङ्ग ठ्याक्कै मिल्नुपर्छ भन्ने छैन तर जति फरक पार्न सकिन्छ उति आकर्षक तथा कन्ट्रास्ट मिलेको देखिन्छ । रङ्ग चक्रमा देखाए अनुसार नजिक नजिक देखिने रङ्गहरुको प्रयोग सकेसम्म गर्नु हुदैन जस्तो निलोसंग प्याजी तथा गाढा गुलाबी, पहेलोसंग सुन्तले तथा फिका रातो, हरियोसंग प्याजी नीलो तथा हरियो-पहेलो आदि । रङ्ग चक्रका अनुसार हरियोसंग राता सुन्तले गाढा तथा फिका गुलाफी आदि आकर्षक देखिन्छन् निलो तथा प्याजीसंग पहेंला फिका तथा गाढा राता सुन्तले आदि आकर्षक देखिन्छन् तथा खुल्छन् । रङ्ग चक्र बाहेक अन्य रङ्गहरुको मूल्यांकन गर्दा सेता तथा क्रीम रङ्ग बहुमुखी रङ्गका रुपमा मानिन्छन् । सेता तथा क्रीम रङ्ग प्रायः सबै रङ्गसंग उत्तिकै आकर्षक रुपमा खुल्छन् । विशेष गरी सेता तथा क्रीम रङ्ग राता, गाढा सुन्तले, गाढा गुलाफी रङ्गहरुसंग अति आकर्षक देखिन्छन् ।

For Shade Spot For Sunny Spot
रङ्ग र फूलबारीबारे आफूलाई सामान्य जानकारी भए पछि विस्तारै अरुको फूलबारी पार्क नस्ररी पुष्प मेलाका साथै टि।भी। किताब पत्रिका आदिमा देखेर तथा हेरेर आफैं अनुभव बढ्दै जान्छ र आफ्नो फूलबारी सोचेजस्तै आकर्षक पार्नुका साथै छरछिमेक तथा साथीभाइहरुलाई समेत यसबारे सरसल्लाह दिन सकिन्छ ।







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन