Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




सन्तुलित माटो

Phoolbari Logo

Balance Soil
बोटविरुवाहरु राम्ररी हुर्कनुमा अन्य आधारभूत तत्वहरुझैं माटोको पनि महत्वपूर्ण प्रभाव रहने गर्दछ । हुनत बोटविरुवाहरु माटोमा हुर्किने मात्र हुन अर्थात यिनले माटो खाँदैनन् तापनि माटोको बनावटले बोटबिरुवाको हुर्काइमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । प्रकृतिमा धेरै किसिमका बोटबिरुवाहरु छन् र तिनका प्रकृति तथा विशेषताहरुमा व्यापक विभिन्नता पाईन्छन् । केही बोटबिरुवा बलौटे माटो रुचाउँछन् जस्तै क्याक्टस तथा सुकुलेन्ट प्रजातिमा पर्ने बोटबिरुवाहरु जसलाई कम पानीको आवश्यकता पर्दछ । त्यस्तै कतिपय बोटबिरुवाहरु चिम्ट्याइलो माटो रुचाउँछन् जस्तैः हुर्कन बढी पानीको आवश्यकता पर्ने बोटबिरुवाहरु केराउ फूल, फेर्न, ग्लाडियोलस आदि बोटबिरुवाहरु औषत तथा सन्तुलित किसिमको माटो अर्थात पागो माटो रुचाउँछन् ४० प्रतिशत बालुवा ४० प्रतिशत चिम्ट्याइलो माटो र ४० प्रतिशत गेगर मिसिएको माटो पागो माटो हो र यहीनै सबै बोटबिरुवाहरुका लागि सन्तुलित माटो हो ।

माटोको मुख्य काम बोटबिरुवाका जरा फैलिन, बोटबिरुवा जमीनमा दह्रोसंग अडिन र जरामा हावा पुर् याउन मद्दत गर्नुका साथै माटो तथा पानीमा भएका घुलनशिल पौष्टिक तत्वहरु बोटबिरुवालाई उपलब्ध गराउनु हो जुन हामी माटोको सतहमा हाल्ने गर्दर्छौ र तीनै पौष्टिक तत्वहरुको शोषण गरी बोटबिरुवाहरु हुर्कन्छन् । बलौटे माटोमा पानी तथा पौष्टिक तत्व अड्याउने क्षमता कम हुन्छ भने शुद्ध तथा चिम्ट्याइलो माटोमा पानी जमाउने तथा अड्याउने क्षमता बढी हुन्छ । तर बलौटे माटोमा पानी तथा पौष्टिक तत्व अड्याउने क्षमता कम र चिम्ट्याइलो माटोमा बढी पानी जमेको कारण पौष्टिक तत्वहरु बोटबिरुवाका जरासम्म पुग्न नसक्ले हुँदा सन्तुलित वातावरणको अभाबका कारण बोटबिरुवाहरु राम्ररी हुर्कन सक्दैनन् । तर पागो माटोमा माथि उल्लेखीत दुवै किसिमका माटोका विशेषताहरु विद्यमान हुने र रेशायुक्त जैविक तत्वहरु समेत हुने हुनाले यस किसिमको माटोमा बोटबिरुवाको आवश्यकता अनुसार पानी चाँडै तहर्याउने र लामो समयसम्म अड्याने दुवै किसिमको क्षमता रहेको हुन्छ । बोटबिरुवाहरुलाई आवश्यकता अनुसारको आधारभूत तत्वहरु उपलब्ध गराउनु भनेको तिनलाई सन्तुष्ट राख्नु हो ।
Soil Types- Sandy, Silt, Clay Soil
यदि तपाईले बोटबिरुवाहरुलाई सन्तुष्ट राख्न सक्नुहुन्छ भने तिनले तपाईलाई पनि सन्तुष्ट नपार्ने सवाल नै हुँदैन ।
यदि तपाईको फूलबारी सानो छ वा गमलामा फूलविरुवा लगाइराख्नु भएको छ तर माटोबारे आवश्यक जानकारीमा कमीका कारण बोटबिरुवा राम्ररी हुर्काउन सक्नु भएको छैन भने सन्तुलित माटो बनाउने यो टिप्स अनुसार कम समयमा किफायती मूल्यमा आफैँ पागो माटो तयार गर्न सक्नु हुन्छ:- बालुवाको अंश ४० प्रतिशत, माटोको अंश ४० प्रतिशत र जैविक तत्वको अंश २० प्रतिशत भएको माटो पागो माटो हो । यदि तपाईको वारीको माटो चिम्टयाइलो किसिमको छ भने बालुवा तथा जैविक तत्व कम्पोष्ट मल (जनावरको मल) अलि बढी मात्रामा मिसाउनुहोस् र यदि निकै नै चिम्ट्याइलो छ भने वालुवा तथा मसिना गिटी पनि मिसाउन सक्नुहुन्छ । यदि वारीको माटो बलौटे तथा कंकड किसिमको छ भने शुद्ध माटो तथा जैविक तत्व/कम्पोष्ट मल अलि बढी मिसाउनुहोस । तर बलौटे तथा चिम्टयाइलो भन्दा फरक भएको र पागो जस्तो फर्रर परेको छैन भने अलि बढी जैविक तत्व जस्तैः मसिनो काटिएको पराल, कागज, काठको धुलो, भुस, मसिना झिक्रा, सुकेका पात तथा जरा आदि र कम्पोष्ट मल मात्र मिसाउँदा पर्याप्त हुन्छ । तर यसरी मिसाउने तत्वहरु माटोमा राम्ररी मिसिएको तथा मोलिएको हुनुपर्दछ ।
Compost Organic Matter








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन