Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




जिनिया
सिर्जना भण्डारी

Phoolbari Logo

Zinnya
तुहरु मध्ये सबै किसिमले उत्कृष्ट र रमणिय वसन्तऋतुलाई मान्ने गरिन्छ । संसारका हरेक क्षेत्रहरुमा वर्षैपच्छिे वसन्तऋतु आउने भए पनि यसको आगमनको समय भने स्थानिय मौसम अनुसार फरक फरक हुने गर्दछ । समग्रमा यस ऋतुलाई चिसो र तातोको सन्तुलनको संगम मानिने भए पनि स्थानिय मौसम अनुसार कहीं चिसो वसन्तऋतु हुन्छ भने कहीं तातो तथा न्यानो हुने गर्दछ । मध्यम हिउँद हल्का चिसो हुने क्षेत्रहरुमा सन्तुलित अर्थात न्यानो वसन्तऋतु हुन्छ भने ठण्डा हिउँद तुषारो र हिँउ पर्ने हुने क्षेत्रमा चिसो र अतिकम ठण्डा हुने क्षेत्रमा वसन्त ऋतुको मौसम तातो हुन्छ वसन्त ऋतुको तापक्रम
Zinnya
विविधतासँगै हुर्काइने वोटविरुवामा पनि विविधता हुने हुनाले वसन्तऋतुमा आफ्नो क्षेत्रमा उपलब्ध हुने तापक्रम अनुसार फूलविरुवाको चयन गर्नु बुद्धिमानी हुन्छ । वसन्त ऋतुको तापक्रम सन्तुलित अर्थात न्यानो छ भने सहनशिल कमसहनशिल र समवेदनशिल तिनै किसिमका फूलविरुवा लगाउन सकिन्छ चिसो तापक्रम छ भने सहनशिल र कमसहनशिल फूलविरुवा लगाउनु पर्छ र तातो तापक्रम छ भने कम सहनशिल र समवेदनशिल फूल विरुवा लगाउनु पर्छ ।

जिनिया र यसलाई हुर्काउने तरिका
जिनिया अति लोकपि्रय समवेदनशिल एकवर्षिय विरुवा हो । मेक्सीकोको सुख्खा र तातो ठाउँको रैथाने यो विरुवा प्राकृतिक रुपमै अग्ला मध्यम र होचा तथा घिसि्रने प्रकृतिका हुन्छन् । अग्ला जातका जिनिया ७ फिटसम्म अग्ला हुन्छन् भने मध्यम तथा होचा खालका १ देखि ३ फिटसम्म अग्ला हुन्छन् र घिसि्रने जातका भूईमा घिसि्रदै जरा हाल्दै फैलिने प्रकृतिका हुने हुनाले ६ देखि ८ इन्च मात्र अग्ला हुन्छन् । जिनिया निलो रंग बाहेक अन्य सबै रंगमा पाइनुका साथै सादा तथा मिसिएका अर्थात छिर्केमिर्के रंगमा पनि अति आकर्षक ढंगले फूल्दछन् । एकपत्रे तथा बहुपत्रे दुवै किसिममा फूल्ने यस विरुवाका फूल अत्यन्त साना २ इन्च गोलाई देखि ठूल्ठूला ७ इन्च गोलाइ सम्मका फूल्दछन् । प्रकृति अनुसार ठूला फूलहरु सयपत्री डेलिया गोदावरी जस्ता देखिन्छन् भने साना र एकपत्रे फूलहरु डेजी अर्थात अस्टर जस्ता देखिन्छन् । एकपटक फूलेपछि लामो समयसम्म फूलिरहने यो फूल सुलुक्क परेको लामो डाँठमा एउटै फूल फुल्दछ र आँख्लै पिच्छेबाट डाँठ पलाउँछ र हरेकमा फूल फूल्दछ । आकर्षक रुपले फुल्ने हुर्काउन अति सजिलो र सर्वाधिक लोकपि्रय भएको कारणले जिनियाका थुप्रै हाइवि्रड र कल्टीभरहरु उत्पादन गरिएका छन् । फूलका आकार साइज र रंग फरक भए अनुसार वोट र पातमा पनि आकार साइज र रंगमा विविधता पाइन्छ । अग्लो वोट हुने र ठूला फूल फुल्ने वोटका पात अलि बढि चौडा र लामा हुन्छन् र घिसि्रने मध्यम तथा साना विरुवाका पात पनि सानै हुन्छन् । कुनै प्रजातिका पात चुच्चा परेका र कुनैका बाटुला हुन्छन् । धॆरैजसो प्रजातिका पात गाडा हरियो हुने भएपनि केहीका पहेंला र हल्का हरिया पनि हुन्छन् । पुतली जातका किराका साथै माहुरी बढि झुम्मिने हुनाले फूल विरुवाका अनुभवीहरु यस विरुवालाई पुतली बगैंचामा हुर्काउन सल्लाह दिन्छन् ।

Bud Openning Process
थोरै हेरविचार गरेपनि राम्ररी हुर्कने यो विरुवा समवेदनशिल (Tender) वर्गमा पर्ने भएकोले यसले न्यानो तापक्रम बढि रुचाउँछ । चिसो हिउँद हुने क्षेत्रहरुमा वसन्त ऋतुमा हिउँ तथा तुषारो पर्न छाडेपछि लगाउनु पर्दछ । वसन्तमा लगाइएको विरुवा शरद ऋतुमा हिउँ तथा तुषारो नपरुन्जेलसम्म फुलिरहन्छ । मध्यम हिउँद हुने क्षेत्रहरुमा वसन्त र शरदऋतुको शुरुवातसँगै अर्थात भदौ (अगष्ट) महिनामा लगाउनु पर्दछ । सामान्य चिसो सहन सक्ने भएकोले यस्ता क्षेत्रहरुमा शरद हिउँद र वसन्त ऋतुभरी फुलिरहनछन् । अति तातो र अति चिसो सहन नसक्ने यो विरुवा यि दुई अवस्थामा मर्छ र अर्को ऋतुमा पुनः नयाँ विरुवाका रुपमा लगाउनु पर्छ । विउबाट मात्र प्रजनन् गरिने यो विरुवाको बोटमा विउ पाकेपछि प्राय न्यानो तापक्रम हुने क्षेत्रहरुमा आफैं छरिन्छ र मौसम अनुकुल भएपछि आफैं पनि उम्रीन्छ तर आफैंले विउ राख्नु राम्रो हुन्छ । ठाउँ सारेको मन नपराने हुनाले यसलाई बगैंचा वा गमलामा जहाँ हुर्काउने हो त्यहीं विउ राख्नु उपयुक्त हुन्छ । सारेको विरुवा कहिलेकािहं राम्ररी स्थापित हुननसकी बहुपत्रे भए एकपत्रे फुल्ने ठूला फूल फूल्ने जातका भए साना कम र अनकर्षक फूल फुल्ने साथै पातका रंग र
आकार पनि फरक देखिन्छन् । सार्नै पर्ने भए विरुवा कलिलै छँदा जरा नखलवलिने गरी जरावरिपरिको माटो खनेर सार्दा खासै नकारात्मक प्रभाब पर्दैन । सार्ने वित्तिकै राम्ररी स्थापित नहुन्जेल माटोमा चिस्यान बचाइराख्नु पर्छ । यो अति नै चाँडो चाँडो बढ्ने प्रकृतिको विरुवा भएकोले अवस्था हेरी पूर्णघाम तथा अर्धछाँया बढि रुचाउँछ । खुकुलो खालको बलौटे माटो मनपराउने हुनाले यसले पानीको मात्रा कमै रुचाउँछ र माटो गुणस्तरिय र मलिलो छ भने खासै मल हालिरहनु पनि पर्दैन् । बढि मल तथा पनी भयो भने फूल फुल्नुको साटो पातमात्र बढि आउँछ र चाहीने भन्दा बढी हौसिने हुनाले कहिलेकाहीं ढलेर कुहिने खतरा पनि हुन्छ । वसन्त र शरद ऋतुमा हल्का जैविक मल हाल्दा पर्याप्त हुन्छ । पिठे रोगले बढि दुःख दिने हुनाले पानी हाल्दा विशेष सावधानी अपनाउनु पर्दछ । विरुवामा पानी विहान तथा साँझमा घाम अस्ताउनु अघि फूल र पातमा नपारीकन हाल्नु स्वास्थ्यकर हुन्छ । खुकुलो माटो बढि मनपराउने भएपनि सामान्यतया चिम्ट्याइलो तथा खँदिलो माटो बाहेक अन्य सबै खाले माटोमा राम्ररी हुर्कनुका साथै यसले सामान्य गुलियो माटो (Alkaline) पनि सहन सक्छ जो धेरै जसो विरुवाहरु सहन सक्दैनन् । सोझै नस्ररीबाट विभिन्न रंग तथा किसिमका र विभिन्न उमेरका विरुवा किन्न पाइने भए पनि यसका विउ ठूला हुने र विउबाट सजिलै उमार्न सकिने हुनाले विरुवा किन्नु भन्दा आफैंले उमार्दा सस्तो पर्नुकासाथै विरुवाले पनि सहज महसुस गर्छ । जिनियाको विउ उम्रीन प्रकाशको आवश्यकता पर्ने हुनाले विउ छरेपछि छोप्नु हुदैन बरु विउलाई माटोमा अलि थिच्नुपर्छ र नउम्रीउन्जेल माटो चिसो बनाइराख्नु पर्छ तर माटो बढि हिलो वा गिलो भयो भने विउ कुहिन पनि सक्छ ।

Seed Seedling
विरुवा ५-६ इन्च अग्लो भएपछि यसको मुन्टा चिमोट्नु पर्छ मुन्टा चिमोटेपछि विरुवामा अरु नयाँ हाँगा पलाउँदछन् र ति पनि ४-५ इन्च भएपछि चिमोट्दा विरुवा राम्ररी झाङ्गिन्छ र धेरै कोपिला लाग्नुका साथै फूल पनि धेरै फुल्छन् । तर कोपिला लाग्ने समय भएपछि करिब एक डेढ महिना अघि मुन्टा चिमोट्नु हुँदैन नत्र ढिलो कोपिलालाग्ने र कहिलेकाहीं कोपिलानै नलाग्ने समस्या पनि हुन सक्छ । बिरुवा स्वस्थ्य आकर्षक देखाउन र लामो समय सम्म फुलाईराख्न समय समयमा गोडमेल गर्दै गर्नुपर्छ र फुलिसकेका फूल तथा पुराना पातहरु काटेर फ्याक्नु पर्छ । यसोगर्दा विरुवा सफा र आकर्षक देखिनुका साथै अझबढि कोपिला लाग्छ र लामो समयसम्म विरुवामा फूल फुलिरहन्छ ।

जिनियाको विरुवा र फूलमा विविधता भएकोले यसलाई धेरै किसिमबाट आकर्षक ढंगले विभिन्न प्रयोजनका सजावटमा प्रयोग गरी भरपुर उपयोग गर्न सकिन्छ । बिभिन्न रंग मिसिएर एकै खालको बगौंचामा खाँदेर जिनियाका बिरुवा रोप्दा अति आकर्षक देखिन्छ । तर धेरै बाक्लो रोप्दा विरुवा राम्ररी नफस्टाउने फूल कम र साना फुल्ने र राम्ररी हावाको आवागमन हुन नसकी विरुवा कुहिन पनि सक्ने भएकोले विरुवाको प्रकृति हेरी ६ इन्च देखि १२ इन्च सम्मको फरक पारी रोप्नुपर्दछ । विरुवाको प्रकृति हेरी अग्लो खालको भए वगैंचाको पछाडि अर्थात भित्रपट्टि कुनातिर भित्तातिर तथा बहुवर्षिय विरुवाहरुसंग बगांैचाको बीच बीचमा मिसाएर रोप्दा आकर्षक देखिन्छ । अग्ला खालका विरुवाहरुलाई अवस्था हेरी ढल्नबाट बचाउनका लागि टेको दिनुपर्ने पनि हुन्छ ।

होचा खालका विरुवाहरुलाई बगैचाको छेउछेउमा एकनासे बगैंचामा बगंैचाका बीच बीचमा लगाउँदा आकर्षक देखिनुका साथै सुख्खा सहन सक्ने तातो मनपराउने र कम पानीको आवश्यक पर्ने भएकोले ढुंगे बगैंचा भिरालो र बढि घाम लाग्ने ठाउँहरुमा पनि आकर्षक रुपमा लगाउन र फुलाउन सकिन्छ । उति धेरै हेरविचारको आवश्यकता नपर्ने हुनाले जिनियालाई गमलामा पनि सफलतापूर्वक हुर्काउन सकिन्छ । अलि होचा र घिसि्रने खालका विरुवा साधारण गमला तथा झुन्ड्याउने गमलामा आकर्षक देखिन्छन् । घिस्रीने विरुवा घिस्रीदै जरा हाल्दै फैलिने प्रकृतिका भएकोले ओसिलो पर्खाल चर्केका ढुंगा तथा पर्खालका चेप चेपमा पनि आकर्षक ढंगले हुर्काउन र फुलाउन सकिन्छ । जिनियाका सानभिटालिया इलेगेन्स लिनियरीस एन्ग्यूसटिक फेलिया हागेनिया आदि उत्कृष्ट र सर्वाधिक लोकपि्रय किसिमहरु हुन् । यि सबै किसिमहरु लामा डाँठमा फुल्ने हुनाले डाँठसहित फूल काटेर फूलदानीमा पनि सजाउन उपयोगी हुन्छ ।







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन