Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




जिरेनियुम कि पेलारगोनियुम
(Geranium or Pelargonium)

सिर्जना भण्डारी

Phoolbari Logo

Pelargonium
जिरेनियुम जिरेनिकेइ (Geraniaceae) परिवारमा पर्ने एउटा छुट्टै वंश हो । हामीले जिरेनियुम भनेर जुन विरुवा हुर्काइरहेका छौं वास्तवमा त्यो जिरेनियुम नभइ पेलारगुनियम हो । पेलारगुनियम पनि एउटा छुट्टै वंश हो र यि दुवै वंश एकै परिवारमा पर्दछन् । जिरेनियुम वंशमा लगभग ४२२ प्रजाति रहेका छन् र पेलारगुनियम वंशमा झन्डै २०० प्रजाति रहेका छन् । हाल पेलारगुनियम वंशमा पर्ने सबै प्रजातिहरुलाई पहिले जिरेनियुम वंशमै राखिएको थियो । तर पछि यस वंश भित्र थुप्रै प्रजाति फेला परेका र समुह ठूलो भएकोले सन १७८९ जिरेनियुम र पेलारगुनियम दुई वंशमा बिभाजन गरियो । तर बिभाजन गरीइ पनि अझै पनि पेलारगुनियमलाई जिरेनियुमकै नामले चिन्ने गरिन्छ । यि दुबै वंशका प्रजातिहरु हेर्दा उस्तै उस्तै देखिन्छन् तर यिनका फूल तथा पातहरु भने प्रजाति अनुसार फरक फरक किसिमका हुन्छन् । फूलविरुवा प्रेमीहरुमा भ्रम हटाउन यो वास्तविकता प्रस्तुत गरिएको हो । यस लेखमा जिरेनियुम भनेर हुर्काइने गरेका पेलारगुनियम विरुवाका बारेमा जानकारी दिइनेछ ।

Geranium Pelargonium Flower & Leaves
पेलारगुनियमका पात घोडाका पाइला जस्ता देखिने हुनाले नेपालीमा कतै कतै यसलाई घोडा पाइले फूल पनि भन्ने गरिन्छ । संसार भरि नै अति लोकपि्रय विरुवा पेलारगुनियम साउथ अफ्रीकाका रैथाने विरुवा हुन् । पेलारगुनियम वंशमा पर्ने धेरैजसो प्रजातीहरुका फूल र पातका आकार तथा वनावट झण्डै एकै किसिमका देखिने भए पनि पातका डील पातका रङ्ग वासना तथा गन्ध फूलका रङ्ग तथा आकार प्रकार विरुवाको बढ्ने प्रकृति आदिमा फरक फरक बिषेशताहरु भेटिन्छन् ।
Single Flower Double Flower
पेलारगुनियम एकपत्रे र वहुपत्रे दुवै किसिममा फूल्ने समवेदनाशिल वहुवर्षिय ९त्भलमभच एभचभललष्बि० विरुवा हुन् । झुप्पामा फूल्ने बिरुवामा प्राकृतिक रुपमै धेरै रङ्गका फूल फूल्दछन् । आजभोलि हाइव्रीड गरेर पनि थुप्रै रङ्ग र आकारका फूल फूल्ने विरुवाहरुका उत्पादन गरिएका छन् । सामान्यतया यि राता सुन्तले प्याजी गुलाफी कलेजी सेता कि्रमी रङ्गमा पाइन्छन् । यि तीन देखि पाँच वर्षसम्म खप्छन् तर तन्नेरी वोटको तुलनामा पुराना वोटले उति उत्पादन दिन सक्दैनन् र कम आकर्षक देखिन्छन् । मध्यम जलवायु हुने क्षेत्रहरुमा यिनलाई पूर्ण रुपमा वहुवर्षिय विरुवाका रुपमा हुर्काइन्छ भने ठण्डा हिउँदै हुने क्षेत्रहरुमा एक वर्षिय विरुवाका रुपमा हुर्काइन्छ र सिजनै पिच्छे नयाँ विरुवाका रुपमा लगाइन्छ । सफलतापूर्वक फूल्नका लागि यसले सामान्य ठण्डा तापक्रम रुचाउँछ ।

पेलारगुनियमलाई घरभित्र भित्रिय बगैंचामा घरेलु विरुवाका रुपमा पनि सर्वाधिक रुपमा हुर्काउने गरिन्छ । सामान्यतया वाहिरी वातावरणमा सिजन अनुसार फूल्ने यो फूल घर भित्र तथा हतिरगृहको नियन्त्रीय वातावरणमा वर्षैभरी पनि फूलाउन सकिन्छ । फूल नफूले पनि यसका अनौठा आकारका आकर्षक पातले वगंैचाको सोभा बढाउन भरपुर मद्दत गरिरहेका हुन्छन् । कतिपय फूल विरुवा प्रेमीहरुले त यसका फूलका लागि भन्दा पनि अनौठा आकारका आकर्षक पातका लागि हुर्काउने गर्दछन् र लागेका कोपिला काटेर तथा चिमोटेर फूल फूल्न नदीइ वोट नै बढाइरहन्छन् । प्राय पातला तथा मसिना एकपत्रे फूलफूल्ने किसिमका प्रजाति तथा किसिमहरुमा यसो गर्ने गरिन्छ ।

Lemon Sented
पेलारगुनियमका पातका आकार आकर्षक र रङ्गीन हुनुका साथै वासनादार पनि हुन्छन् । विभिन्न स्वाद तथा फ्लेबरमा वासना आउने यि विरुवाहरु फूल तथा पातका आकर्षणका साथै तिनका वासनाका लागि पनि हुर्काउने गरिन्छन् । विभिनन किसिमका मिठा/नमिठा दुवै वासना आउने हुनाले सौन्दर्य सामग्री सेन्ट (परफ्यूम) साबुन आदि वनाउनमा यसका पातहरुका प्रयोग व्यापक रुपमा गर्ने गरिन्छ । यसका साथै हर्वल औषधीहरु वनाउन पनि यसको प्रयोग उत्तिकै मात्रामा गर्ने गरेको पाइन्छ । विभिन्न थरीका वासना आउने भए पनि प्राय कागती गुलाफ स्याउ र एक किसिमको छुट्टै वासना आउने बढि प्रचलनमा रहेको पाइन्छ । पातका साथै यसका फूल पनि वासनादार हुन्छन् ।

पेलारगुनियम फूल फूल्ने विरुवा भएकोले पर्याप्त घाम लाग्ने अर्थात पूर्ण प्रकाश आउने स्थानमा रोप्नु पर्दछ । पूर्ण प्रकाश आउने स्थान भन्नाले दिनभरीमा चार देखि छ घण्टा प्रत्यक्ष घाम लाग्ने अवस्था भन्ने बुझिन्छ । पर्याप्त प्रकाश पाउन नसकेमा विरुवा अग्लो भएर जान्छ र कोपिला ढीलो र कम लाग्नुका साथै फूल पनि पातला र साना फूल्दछन् । सफलतापूर्वक हुर्कन र फूल्न यस बिरुवालॆ दिनको तापक्रम न्यानो र रातको तापक्रम ठण्डा रुचाउँछ । तसर्थ यो फूल सामान्य तथा मध्यम जलवायु हुने क्षेत्रहरुमा शरद ऋतु देखि वसन्त ऋतुसम्म फूल्दछ भने ठण्डा हिउँद ऋतु हुने अर्थात ठण्डा जलवायु हुने क्षेत्रहरुमा वसन्त ऋतुका दिन न्यानो हुन लाथे देखि ग्रीष्म भरी र शरद ऋतुमा चिसो नबढुनजेल (तुषारो तथा हिउँ पर्नु अघिसम्म) फूलिरहन्छन् । हुर्कन र फूल फूल्न सामान्य ठण्डा रुचाउने भए पनि यिनले तुषारो र हिउँ सहन सक्दैनन् र त्यस्ता क्षेत्रहरुमा अत्यधिक चिसो तापक्रमका कारण पात तथा डाँठका पानी जमेर विरुवा मर्दछन् । पेलारगुनियममा फूल फूल्ने र वीउ समेत पाक्ने हुनाले सोझै विउबाट तिनको प्रजनन् कार्य गर्न सकिन्छ तर सोझै विउबाट प्रजनन् गरीएका भन्दा कटिङ प्रविधिबाट उत्पादन गरिएका
Geranium Blossom
विरुवा चाँढो हुर्कन्छन् तथा फूल्छन् र माउ वोटका जस्तै हुवहु विशेषता देखाउँछन् । वीउबाट उमार्नु भन्दा कटिङ्ग विधि निकै सजिलो र छिटो प्रतिफल दिने किसिमको हुन्छ । कटिङ्ग गर्दा कलिला अर्थात कम छिपिएका काठ नपसेका हाँगाहरुको चयन गर्नुपर्दछ । यसका डाँठ खोक्रा हुने भएकाले चाँढै कुहीन सक्ने सम्भावना हुन्छ तसर्थ कटीङ रोप्नु अघि रुटीङ्ग पाउडर तथा जेलमा डाँठका फेद चोब्नु पर्दछ । कटिङ्ग राम्ररी सर्नु अघि विरुवा रोपिएको माटो पानीको मात्रा प्रकाश तापक्रम आदिमा विशेष ध्यान पुर् याउनु पर्दछ । कटिङ्ग रोपिएका ठाउँमा चिस्यान रही रहनु पर्दछ तर माटो हिलो चाहीँ हुनु हुँदैन । हिलो तथा गिलो माटोले कटिङ्गका डाँठ चाँढै कुहाउने हुँदा सकेसम्म वालुवा तथा वलौटे माटोमा कटिङ्ग सार्नु पर्दछ । विरुवा राम्ररी नसरुन्जेल सकेसम्म अप्रत्यक्ष प्रकाश तर उच्च र मध्यम तापक्रम प्रदान गर्ने ब्यबस्था गर्नु पर्दछ ।

Cutting
कटिङ्ग विरुवा राम्ररी सरेपछि मात्र मलको प्रयोग गर्नु पर्दछ । पेलारगुनियममा जैविक तथा रासायतिक दुवै किमिसका मलको प्रयोग गर्न सकिन्छ तर हर्वल/औषधिको प्रयोजनका लागि हुर्काइएको हो भने नियन्त्रीत मात्रामा जैविक मलको प्रयोग गर्नु लाभकारी हुन्छ । प्राय जुनसुकै किसिमको माटोमा यसलाई हुर्काउन सकिन्छ तर यसले मधयम मात्रामा पानी रुचाउने हुनाले जैविक मलयुक्त पागो माटोमा सफलतापूर्वक हुर्कन्छ र निकै आकर्षक फूल फूल्दछन् । यसले आद्रता पनि मध्यम नै रुचाउँछ । पानीको मध्यम मात्रा सन्तुलीत गर्न विरुवाको सतहको माटो सामान्य सुख्खा देखिन थालेपछि पुनः पानी हाल्नु पर्दछ । तर हाइव्रीड र गमलामा रोपिएका विरुवाका लागि भने आवश्यकता अनुसार मल र पानीको प्रयोग गर्नु पर्दछ । यो बिरुवा प्राय हल्का ठाडो बढ्ने र केही प्रजाति लहरा जाने प्रकृतिका पनि हुने हुनाले आफ्नो अनुकुल हेरी होचा अग्ला तथा फराकिला र झ्याम्म परेको वनाउन सकिन्छ यसका लागि विरुवा कलिलै हुँदा मुन्टा चिमोट्नु पर्दछ । मुन्टा चिमोट्ने काम कोपिला लाग्नु भन्दा एक डेढ महिना अघि सम्म गर्न सकिन्छ । ढिलोसम्म मुन्टा चिमोटी राख्दा कोपिला लाग्न ढिलाउनुका साथै कम कोपिला लाग्ने र साना फूल फूल्ने
Geranium in Container Climber Geranium
लक्षण देखिन्छन् । यसका फूललाई कटिङ्ग फ्लावरका रुपमा पनि प्रयोग गर्न सकिन्छ तर झुप्पामा झपक्क भइ फुल्ने फूल वोटमै बढि आकर्षक देखिने र कटफ्लावरका रुपमा उति नखप्ने आकर्षक पनि नदेखिने हुनाले उति प्रचलनमा छैन । यी वासनादार विरुवा भएकाले यसमा खासै रोग तथा किराहरुले दुःख िदंदैनन् । वरु उल्टै यसले फूल वगैंचामा लगाइएका अन्य वोटविरुवाहरुलाई रोग तथा किराबाट मुक्त राख्न मद्दत गर्दछ । साथै विरुवा सफा निरोगी र लामो समयसम्म लगातार फूलीरहने वनाउनका लागि समय समयमा झार गोड्ने जरा वरीपरीको माटो खुकुल्याउने पहंेलिएका तथा सुकेका फूल पात तथा हाँगाहरु फेदै देखि काट्ने गर्नु पर्दछ । यसो गर्नाले अनुत्पादक काममा विरुवाको अतिरिक्त इनर्जी खर्च हुदैन र सम्पूर्ण इनर्जी विरुवा स्वास्थ्य हुन र कोपिला लाग्न मै खर्च हुन्छ जसको कारण बोटमा कोपिला लागिरहन्ट र फूल लामो समयसम्म धेरै फुलीरहन्छ । पेलारगुनियम मध्यम तथा होचा प्रकुतिका बिरुवा भएकाले बिभिन्न आकार र साइजका गमलाहरुमा पनि सफलतापूर्बक हुर्काउन सकिन्छ ।







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन