Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




लेख भेट्न अछरमा थिच्नुहोस

नेपालीमा लेखिएका लेखहरु

गोदावरीको बहार - गोदावरी
ग्लाडियस - ग्लाडियस
मकवानपुरमा पुष्प खेती
अन्तरराष्ट्रिय पुष्प प्रदर्शनी
नारि पत्रिकाबाट- पुष्प सजावट
फूलबाट धन कमाऔं

अंग्रेजीमा लेखिएका लेखहरु

How to Create a Butterfly Garden
Easy Fall Propagation Techniques
The Secret of Rooting Cuttings
Saving seeds from your garden
Planting tomato in your garden
Composting the Easy Way -compost
Controlling the Color of Hydrangea Blooms
Planting and Caring for Flower Bulbs
Which variety to choose of tomato ?
Transplanting Tips
Getting Rid of Standing Water in Your Yard
Spring Planting Tips
Summer Gardening Tips
Tips for Preparing a Planting Bed
How to Make Money at Home Growing Small Landscape Plants
How to Make Money Growing Rooted Cuttings
Growing and Caring for Rhododendrons and Azaleas -Azaleas
Training Beautiful Flowering Shrubs into Unique Ornamental Trees
How to Grow Ornamental Grasses -Ornamental Grass
Growing and Caring for Hydrangeas -hydrangeas

क्रमश..........





























गोदावरीको बहार

गोदावरी


गोदावरी सुन्दर एवं आकर्षक फूल हो । यसको हेरचाह वर्षभर िनै गर्नुपर्छ । विशेष गरी असोज तथा कार्तिक महिनामा यो फूल पूर्णरूपमा फुल्छ । ढकमक्क फुलेको यो फूलले वर्षभरकिो परश्रिम सार्थक बनाएको महसुस हुन्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो । गुलाबपछिको प्रचलित फूल गोदावरी सबैजसो घरमा फुलाउन सकिन्छ । पुष्पविन्यासका लागि यो फूल निकै महत्त्वपूर्ण मानिन्छ । यो फूलको सजावट करबि एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न-भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढ्छ । गोदावरीलाई चाइनिजहरूले औषधिका रूपमा प्रयोग गर्न यसको खेती नै प्रारम्भ गरेका थिए। जापानिजहरूले भने यो औषधिलाई फूलमा रूपान्तरण गरे । ईसाको १७ औं सताब्दीमा युरोपमा व्यावसायिक रूपमा यो फूलको खेती सुरु गरयिो । यसको वैज्ञानिक नाम क्राइसिस एन्थानिस हो । क्राइसिस भन्नाले पहेंलो तथा एन्थानिस भन्नाले फूललाई बुझाउँछ । जापान पढ्न गएका विद्यार्थीले यो फूललाई गोदावरी गाउँमा रोपेपछि यसको नेपाली नाम गोदावरी रहन गयो । चीनमा यसको ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजाति पाइन्छन् । नेपालका ठूला चाड-पर्व दसंै तथा तिहारको हाराहारीमा फुल्ने यो फूलको महत्त्व सामाजिक रूपमा बढेको छ । यसलाई रुचि एवं सजावटका लागि पनि प्रयोग गरन्िछ । यसको बिक्री वैशाखदेखि साउनसम्म हुन्छ । गोदावरीका प्रकार स्पाइडर एल्लो नाइट, क्रिसमस क्रिस्टल, डाइमण्ड जुब्ली हेलो डान्सर हेप्पी टियर्स सर्टन सल्फर, राजा अफ सिक्किम, नाइटिङ्गल आदि ।इनकर्भ कुका सुजन, डिग्निटी, सुपर जाइन्ट, कानारा किगाको डोरीजविन, ग्रेटवो बिस्किट, पार्सल पिंक । पार्सल पिंक लेडी, ब्वाइट क्लाउड, पिंक कलाउड, गार्डेन स्ट्रेट, रबिन हुड, किकुबेरी, कभर गर्ल, महात्मा गान्धी भाइलेन्ट सिल्क ब्रोकेट रपिmेल्क्सन ।मिनियचर अनिमन, एल्लो पिंक यो विशेष गरी एल्लो पर्पल डार्करेडमा पाइन्छ । मिनिएचरलाई चाँडो कटिङ गरी पानी नपर्ने ठाउँमा रोप्नुपर्छ । रोप्ने समय गोदावरी वैशाख तथा जेठमा रोप्नुपर्छ । यसलाई जरा विभाजन गरेर वा काटेर दुई किसिमले रोप्न सकिन्छ । अलग-अलग जातिको किसिम लेखेर अलग-अलग क्यारीलाई घना रुख तल रोप्नुपर्छ । त्यहाँ छाया पनि रहन्छ । यसले बिरुवालाई गर्मीबाट बचाउँछ । क्यारीमा बिरुवा रोप्दा त्यसको माटोको गोडाइ र सफाइ गर्नुपर्छ । त्यसपछि माटोलाई छान्नुपर्छ । क्यारीमा पानीको निकासको राम्रो प्रबन्ध हुनुपर्छ । माटो भिज्ने गरी पानी हाल्नुपर्छ । बिरुवाको प्रवर्धन जरा विभाजनभन्दा कटिङ गर्दा राम्रो परण्िााम आउँछ । करबि दुई हप्तापछि कटिङ गरी रोपिएको भागबाट जरा पलाउन थाल्छ । कटिङ गरेपछि त्यसमा बालुवा लगाइन्छ । तेजिलो चक्कुले सावधानीपूर्वक २ इन्च लामो भाग काटेर कलमी गरन्िछ । कलमीलाई भाँचेर बालुवामा गाडेर समय-समयमा हजारीले पानी हाल्नुपर्छ । कलमीमा नयाँ पात आएपछि यसलाई आवश्यक ठाउँमा सार्नुपर्छ । मल तथा माटो गोदावरी फूललाई मलको मिश्रण तथा पानीको निकास अत्यन्त आवश्यक छ । बिरुवाका लागि सर्वप्रथम मिश्रति दोमट माटोे २ भाग, गोबर मल २ भाग, सडेको पातको मल १ भाग एवं आधा भाग बालुवा मिसाउनुपर्छ । त्यसपछि बिरुवालाई अर्धछाँयामा राख्नुपर्छ जसले घाम र पानीबाट बिरुवालाई बचाउँछ । बिरुवा ६ इन्चको भएपछि त्यसलाई स्थानान्तरण गर्नुपर्छ । गमलामा बिरुवा बढ्न थालेपछि हप्तामा एकपटक गोबर तथा नीमको पात हाल्नुपर्छ । हप्तामा एकपटक एक चम्चा क्याल्सियम नाइट्रेट हाल्दा बिरुवा हलक्क बढ्छ । भदौ महिनामा बिरुवा निकै बलियो हुन्छ । फूल तथा घना गोदावरीलाई माथिबाट २ इन्च काट्नु उपयुक्त हुन्छ । यसो गर्दा हाँगा फैलन पाउँदैन । हाँगा बलियो भए फूल राम्रो तथा स्वस्थ फुल्छ । भदौ महिनामा बाँस काटेर चारैतिर लगाई डोरीले बाँध्नुपर्छ । यसो गर्दा पातको आकार र वृद्धि समान हुन्छ । पात पनि छरनि पाउँदैन अनि कोपिला समान रूपले लाग्न पाउँछ । यसले गमला सुन्दर एवं सुव्यवस्थित देखिन्छ । यदि बिरुवामा हाँगा नमिलेर झाँगिएको छ भने समान रूपमा काट्नुपर्छ । कोपिला पलाउन थालेपछि काट्ने कार्य बन्द गर्नुपर्छ । ठूलो जातको फूलयुक्त बिरुवालाई यसरी काट्दा सानो फूल फुल्छ । यसको बिरुवाको हाँगा र पातको मध्यभागबाट जुन हाँगा पलाउँछ त्यसलाई काट्नुपर्छ । त्यस्तो बिरुवालाई माथिबाट चिमट्नुहुँदैन । यसलाई रंगाइएको बाँसले बेर्दा राम्रो देखिन्छ । केही टिप्स सबै किसिमका गोदावरी रोप्दा सावधानी अपनाउनुपर्छ । जमिनको तल्ल्ाो भागमा अंकुराएको मुनालाई चिमट्नुपर्छ । वषर्ामा गमलालाई इँटामाथि राख्नु उत्तम मानिन्छ । यसलाई माउरी, गोब्रेकीरा तथा साना कीराबाट बचाउनुपर्छ । पातलाई स्वस्थ राख्न समय-समयमा कीटनाशक औषधि छर्नुपर्छ । यसले बिरुवालाई कीराबाट बचाई राम्रो फूल फुल्न सघाउँछ । गोदावरीलाई १० घन्टा उज्यालो तथा १४ घन्टा अँध्यारोमा राख्नुपर्छ । यसको माटो पिएच ६ दशमलव ५ हुनुपर्छ । वषर्ाको पानी डाइरेक्ट नपर्ने ठाउँ भए क्यारीमा यो अझ राम्रोसँग सप्रन्छ । यो फूल अझै पनि सर्वसाधारणसम्म पुग्न सकेको छैन त्यसैले यसको व्यावसायिक खेतीको भविष्य सुनिश्चित छ ।
From Readers Digest by: Ram Keshar||Friday, November 30, 2007









ग्लाडियस












hydrangeas











Azaleas











compost











fuzzygrass











घर-कोठा सजाउन फूलदानीको प्रयोग


पुष्प सजावट

बगंैचाले घरको श्ाोभा बढाउँछ, त्यस्तै फूलदानीमा फूल सजाएर कोठाको सौन्दर्य बढाउन सकिन्छ । सामान्य कोठाभन्दा फूल सजाइएको कोठाको महत्त्व धेरै हुन्छ । कोठामा नक्कली फूलको सट्टा ताजा फूलहरू सजाउनु बढी राम्रो मानिन्छ । कोठाभित्र सोफाको छेउको टेबलमा, डाइनिङ टेबलमा विभिन्न रंगका फूलदान राख्न सकिन्छ । सोफाको छेउतिरको टेबलमा मझौला, अग्लो तथा डाइनिङ टेबलमा केही होचो फूलदान प्रयोग गर्न सकिन्छ । कोठाको साइज तथा बनावट हेरेर ठाउँ-ठाउँमा फूलदानी राख्नुपर्छ । कोठाको कुना त्यसै खेर गएको छ भने फूलदानी राखेर त्यसको उपयोग गर्न सकिन्छ । फूलदानी सेरामिक, माटो, सिसा, पित्तल, तामाजस्ता सामग्री तथा धातुबाट बनाउन सकिन्छ । भण्डारमा थन्काएर राखिएका खड्कुलामा पानी राखेर पनि सजाउन सकिन्छ । काममा नआएको एस्ट्रेमा बालुवा हालेर पनि फूलदानी बनाउन सकिन्छ । कोठा सजाउँदा फूलदानीअनुसार फूल छनौट गर्नुपर्छ । फूल छनौट गर्दा रंग, जात, गन्ध तथा लामो, छोटो फूलदानी आदि कुरामा विचार पुर्याउनुपर्छ । फूल कम फुल्ने मौसममा फूलदानी हरयिा घाँसपात पनि मिलाएर राख्न सकिन्छ । फूलदानीमा धेरै वासना वा अनाकर्षक वासना भएको फूल प्रयोग गर्दा कसै- कसैलाई टाउको दुख्न सक्छ । कोठा सजाउँदा यस्ता कुरामा पनि विचार पुर्याउनुपर्छ । फूलदानी तथा फूलको छनौटमा तालमेल मिलेको अवस्थ्ाामा कोठाको सुन्दरता सोचेभन्दा बढी आकर्षक हुन्छ । फूलदानी सजाउन ताजा फूल नभए कागज वा प्लास्टिकका नक्कली फूल प्रयोग गर्न सकिन्छ । फूलदानीमा राखिएका फूलहरू सुक्न लागेपछि त्यसलाई हटाउनुपर्छ । फूल राखेको धेरै दिनसम्म फूल नबदलिए फूलका डाँठ, पातहरू कुहिएर कोठै गन्हाउन सक्छ । समय-समयमा फूलदानीको पानी फेर्नुपर्छ । फूलदानीमा फूल सजाउने कला घरमा मात्र होइन ठूला होटल, रेस्टुराँ तथा कुनै समारोहमा प्रयोग गर्न सकिन्छ । फूलको सजावट घरका कोठा-कोठामा गर्नसके दिनभरकिो थकान मेट्न सहयोग पुुग्छ । -सुषमा खत्री सजाऔं बगैंचा संैको प्रारम्भले मानिसको मनमा मात्र होइन बगैंचामा पनि नयाँ लहर ल्याउँछ । महान् चाड दसंैमा नेपालीहरू खाना तथा कपडामा ध्यान पुर्याउने मात्र होइन, बगैंचा सजाउन पनि मनपराउन थालेका छन् । घरको हरेक कुना सजाउन यतिखेर सबैमा उम• छाउँछ । बिरुवाको काँटछाँट, सरसफाइ, नयाँ बिरुवा रोप्न गमला रंगाउने तथा बगैंचालाई चाहिने सजावट दसंैको फुर्सदमै गरिन्छ । यो समयमा नेपालीको मनमा मात्र होइन, बगैंचामा पनि परिवर्तन आउँछ । दसंैको खुसीसँगै काठमाडौंमा हलुका जाडो लागिसकेको हुन्छ । यो मौसमसँगै बगैंचाको बनावटमा केही परिवर्तन आवश्यक हुन्छ । न धेरै जाडो न गर्मी यो मौसम निकै स्वास्थ्यवर्धक हुन्छ । असोज महिनामा गरिएको परिश्रमको फल जाडो महिनामा अनुभव गर्न सकिन्छ । बगैंचाका लागि दसैंको फुर्सद महत्त्वपूर्ण मानिन्छ । यो फूल, तरकारी, फल आदि लगाउने उत्तम महिना पनि हो । वषर्ा ऋतुका कारण झाँगिएका जंगल तथा घँासको सफाइ यसै महिनाको प्रारम्भमा गर्नुपर्ने हुन्छ । यही महिना पारिजातको फूल फुल्न थाल्छ । साँझदेखि बिहान फूल ढकमक्क फुलेर बोटलाइ सजाउँछ । वातावरणलाई स्वच्छ तथा सुगन्धित राख्ने पारिजात सूर्यको पहिलो किरण आउँदा रुखमुनि सेतो तन्नाका रूपमा फैलन्छ । धूवाँ तथा धूलोरहित यो महिनाको वायुमण्डल निर्मल हुन्छ । मौसमी फूल शीत ऋतुका फूलहरूमध्ये स्वीटपी, लाइनेरिया, कसमस पेन्ज्ाी आदि महत्त्वपूर्ण मानिन्छन् । यस्ता फूलका बिउ साना तथा ठूला क्यारीमा रोप्नुपर्छ । बीउ तयार भएपछि बिरुवा रोप्न क्यारीको गोडमेल आवश्यक हुन्छ । यो महिना ग्लाडियस एमरेन्थस तथा इस्टर लिलीको बल्ब रोप्न सकिन्छ । गर्मी तथा वषर्ा ऋतुमा फूल फुलिसकेको हुन्छ । त्यसलाई क्यारीबाट निकालेर शीत ऋतुको फूलका लागि क्यारी तयार गर्नुपर्छ । अंकुराएका मौसमी फूललाई क्यारी वा गमलामा रोप्नुपर्छ । यसो गर्दा चिसो हुनुभन्दा पहिले नै तिनीहरूलाई गमलामा ठीकसँग स्थापित गरिसक्नुपर्छ । प्रदर्शनको हिसाबले रोपिएका बिरुवालाई असोजको पहिलो साता गमलामा सार्नुपर्छ । जसले गर्दा तिनलाई बढ्ने पर्याप्त समय बाँकी रहन्छ । लन यदि घरमा लन छैन भने त्यसको सुरुवात यो महिनादेखि गर्न सकिन्छ । बगैंचा छ भने यो महिना घँास काटी लनलाई आकार दिनुपर्छ । पुरानो लनमा वषर्ाका कारण अनावश्यक घाँस उमि्रएका छन् भने त्यसलाई उखेल्नुपर्छ । त्यसपछि आफूले रोप्ने बोटमा स्टारमिलको मल हाल्नुपर्छ । शोभाकारी बिरुवा सदाबहार बिरुवालाई सजाएर राख्दा यसलाई कडा घाममा राख्नुहुँदैन । घामका कारण बिरुवा ओइलाउन सक्छ । कारनेसनलाई काटेर मल हाली सुरक्षित राख्नुपर्छ । गुलाब सबैभन्दा बढी परिश्रम यो बिरुवाका लागि पर्छ । यो गुलाबका लागि महत्त्वपूर्ण महिना हो । यो महिनाको परिश्रमको फल अर्को वर्ष मात्र देख्न सकिन्छ । रुखको कटाइका लागि यो महिनाको दोस्रो हप्ता उपयुक्त हुन्छ । झाडीदार बिरुवा शीतको प्रकोप बढ्नुअघि नै एकलिफा एवं इरेन्थियम फूलका बोटको कटाइ गर्नुपर्छ । यसले नयाँ पात निकाल्न सघाउँछ । चिसोमा काट्दा काटिएको भागबाट उमि्रएका कमला पातले चिसो सहन सक्दैन । यो महिना हेज अथवा हरिया सदाबहार बिरुवामा आवश्यकताअनुसार मल हाल्न सकिन्छ । गोदावरी यो सुन्दर एवं आकर्षक फूल हो । यसको हेरचाह वर्षभरि नै गर्नुपरे पनि यो फूल फुल्ने महिना असोज-कार्तिक हो । यो फूल फुलेपछि वर्षभरिको मेहनत सार्थक भएको अनुभव हुन्छ । जापानीहरूले यो फूललाई निकै सम्मान गर्छन् । यसलाई गुलाबपछिको लोकपि्रय फूल मानिन्छ । चाँडै नओइलाउने हुनाले यो फूल पुष्पविन्यासका लागि उपयुक्त छ । यसको अभिन्न पातलाई पनि सुन्दर फूलदानीमा राखेर सजाउन सकिन्छ । यो फूल अनेकौं रंग, आकार तथा बनावटमा पाइन्छ । फूल फुलेपछि गोदावरीको विशेष हेरचाह गर्नु आवश्यक हुन्छ । यसमा निरन्तर मल हालिरहनुपर्छ । कीरा लागेको छ भने त्यसको उपचार गर्नुपर्छ । कोपिलामा फूलको रंग देखिएपछि मल हाल्न छोड्नुपर्छ । फूल लागेपछि मल आवश्यक पर्दैन । गोदावरीको फूललाई स्वस्थ बनाउन यसको जरामा एक चम्चा पोटास वा खरानी हाल्नुपर्छ । फूलको आकार ठूलो बनाउन थोरै कोपिला मात्र राखी बाँकीलाई चिमटेर फाल्नुपर्छ । सयपत्री यो महिना सयपत्री फूलले कसलाई आकषिर्त नगर्ला ।सेता, पहेंला तथा सुन्तला रंगका सयपत्रीलाई पुष्पविन्यासमा प्रयोग गर्न सकिन्छ । यो फूल सुन्तला, हलुका पहेंलो, गाढा पहंेलो, सेतो आदि अनेक रंगमा पाइन्छ । यो एकपत्रे तथा बहुपत्रे हुन्छ । यसको फूल टाँक आकारदेखि गोदावरी फूलझैं ठूला पनि हुन्छन् । सयपत्रीको बिरुवा १० सेन्टिमिटरदेखि ६० सेन्टिमिटरसम्मको हुन्छ । क्यारीमा लगाइएका फूलले बगैंचालाई पहेंलपुर बनाउँछ । यसलाई माला बनाउन विशेष अवसरहरूमा सजावट तथा रंगोली बनाउन प्रयोग गरिन्छ । सयपत्री गमला तथा क्यारी दुवैमा उपयुक्त मानिन्छ । क्यारीमा लगाइएको बिरुवामध्ये कमजोर देखिएको बिरुवालाई उखेलेर फ्याँक्नुपर्छ । जाफरी, हजारी सुरमाइ तथा मखमली आदि सयपत्री नर्सरीमा खरिद गर्न सकिन्छ । सयपत्री चाड-पर्वमा अत्यधिक प्रचलित फूल हो । जिरानियम अनेकांै फूल मिली गुच्छामा फुल्ने जिरानियम हेर्दा निकै आकर्षक देखिन्छ । ढकमक्क फुलेका विभिन्न रंगका फूलले घरलाई शोभायमान बनाउँछन् । यो बार्हमासे फूल भए पनि असोजमा सबैभन्दा राम्रोसँग फुल्छ । यसको प्रसारण कटिङद्वारा गर्न सकिन्छ । यसको कटिङ असोज-कात्तिकमा गर्नुपर्छ । यसलाई रोप्दा मलमा बालुवा मिसाएर इँटाको धूलो मिसाउनुपर्छ । यो फूल सेतो, रातो, नीलो, सुन्तला, गुलाबी, गाढा रातो आदि रंगमा पाइन्छ । यसको सानो जाति रक गार्डनमा राम्रो देखिन्छ । त्यसैगरी लहरे जिरानियमलाई पटमा झुन्ड्याउन सकिन्छ । यो फूललाई अर्धछायाँमा राख्नुपर्छ । यो फूलको साधारण जातलाई क्यारीमा रोप्न सकिन्छ । जिनिया यो फूल अरूभन्दा टिकाउ हुन्छ । ठूला पात नहुने भएकाले जिनिया पुष्पविन्यासका लागि उपयुक्त मानिन्छ । फूलदानीमा पानीका साथमा बालुवा मिसाएर धेरै दिनसम्म्ा फूल टिकाउन सकिन्छ । दसंैको चटारोमा फूलदानीका लागि यसको विकल्प अरू फूल नहुन सक्छन् । यो फूल लगाउन तथा हार बनाउन सरल हुन्छ । फूलका पारखीलाई जिनिया वरदान साबित भएको छ । यसलाई क्यारीमा रोप्न सकिन्छ । यसको प्रसारण बीउबाट गरिन्छ ।









फूलबाट धन कमाऔं


नेपालको भौगोलिक विविधता एवं जलवायु पुष्प व्यवसायका लागि अत्यन्त उपयोगी छ । वैज्ञानिक ढंगले यसको उपभोग गरेमा प्रमुख उद्योगका रूपमा पुष्प व्यवसाय स्थापित हुन सक्छ । हाम्रो देशमा ५ हजार ८ सय ३३ प्रजातिका फूल फुल्ने बिरुवा छन् । तीमध्ये २ सय ४६ प्रजाति अन्य मुलुकमा पाइ“दैनन् । कृषिप्रधान देश भएर पनि नेपालमा सबैभन्दा उपेक्षित कृषि व्यवसाय हो । त्यसमा पनि अर्थतन्त्रमा मुख्य भूमिका खेल्न सक्ने पुष्पजन्य उत्पादन निकै उपेक्षामा परेको छ । हाम्रो संस्थाको उद्देश्य यी सम्पदाको विदेशमा व्यावसायिक पहिचान बनाउनु र व्यवसायीलाई पर्याप्त सूचना उपलब्ध गराउनु पनि हो । यो व्यवसायमा ५० करोडभन्दा बढी लगानी भइसकेकामा ९८ प्रतिशत निजी क्षेत्रको छ । यसमा सरकार, बैंक वा वित्तीय क्षेत्र र दाताको लगानी लगभग २ प्रतिशत छ । अझै पनि पुष्प व्यवसाय सहरमुखीमात्रै भन्ने भ्रम छ । बजारमा बिक्री भए पनि त्यसको उत्पादन गाउ“मै हुन्छ । निर्यात भएको करोडौं रुपैयँ“को फूल काठमाडौं उपत्यकाको मात्र उत्पादन होइन, मोफसलको पनि हो । निर्यात बढाउन र आयात विस्थापन गर्न हरितगृह, पर्ूवाधार विकास, माउ बोट, प्याकिङजस्ता विषयमा लगानी अनिवार्य छ । त्यस्तै पुष्प नीति आउनर्ुपर्छ । बजार व्यवस्थापन, सुलभ करारमा भूमि तथा आधुनिक प्रविधिबारे लगानी र सहयोग प्राप्त भइरहेको छैन । कट फ्लावर, फूलको गाना निर्यात र आलंकारिक बिरुवा आयात विस्थापन गर्न पुष्प व्यवसायी संघ विभिन्न जिल्लामा वर्गीकरण गरी कहा“, कहिले र कुन चिज उत्पादन गर्ने भन्ने योजना बनाई कार्यान्वयनतिर अघि बढेको छ । जसअर्न्तर्गत क वर्गमा पुष्प उत्पादन भइरहेका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, चितवन र मकवानपुर पर्छन् । ख वर्गमा पुष्प उत्पादन कम मात्रामा भइरहेका जिल्ला झापा, कास्की र जनकपुर छन् । ग वर्गमा पुष्प उत्पादनका लागि सम्भावना रहेका नुवाकोट, बँ“के, कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी छन् । ग वर्गमा पर्ने जिल्लामा आलंकारिक बिरुवा आयतमा विस्थापन र कट पmलावर भारत निर्यातको लक्ष्य लिई पाइलट प्रोजेक्टका रूपमा कैलालीको बूढीतोला र धनगढी पर्छन् । व्यवसाय विकास र जनचेतना अभिवृद्धिमा विगतका पर््रदर्शनी तथा व्यापार मेलाको उल्लेखनीय भूमिका रहेको महसुस गरी यसपालि चैत २० देखि २४ सम्म भृकुटीमण्डपमा मेला चलिरहेको छ । फूल बिरुवाको माग त्यसको सौर्न्दर्य अवलोकन पछि हुन्छ । हाल आएर फूल बिरुवा घरअँ“गन, बगैंचा, पार्क, स्कुल, निजी कार्यालयमा सजाउने क्रम बढ्दो छ । मौसमी फूल र घरभित्र सजावटका बिरुवाको बिक्री पनि उल्लेखनीय रूपमा वृद्धि भएबाट आन्तरिक बजार बढिरहेको स्पष्ट हुन्छ । पुष्प व्यवसायले गति लिइरहेको छ । हामी सदैव नया“ सीप र प्रविधिका विषयमा सूचना प्राप्त गर्ने र व्यवसायीबीच यथार्थ जानकारी गराउन जागरुक छौं । पुष्पजन्य वस्तु निर्यातका सर्न्दर्भमा खाडी क्षेत्र हाम्ा्रा लागि नजिक एवं अनुकूल छ । साथै भइरहेको अनुकूलताबाट फाइदा उर्ठाई भारत र युरोपियन बजार प्रवेश गर्नु चुनौती बनेको छ । यसका लागि पर्ूवाधार र व्यवसाय क्षमता विकास गर्न हामीले सरकार र सम्बन्धित संघ-संस्थास“ग मिलेर काम गर्नुपर्ने महसुस गरेका छौं । नया“ उद्यमीका लागि उत्पादन प्रविधिको जानकारी एवं बजार सूचनाहरूको आदान-प्रदान, उपभोक्ताको रुचिअनुसारका फूल बिरुवा खरिदका लागि एकै स्थानमा सहजै प्राप्त गर्ने अवसर प्रदान गर्ने काम व्यापार मेला एवं पर््रदर्शनीबाट सम्भव हुन्छ । मेलाले कृषक, उद्यमी र व्यवसायीलाई हौसला बढाइरहेको छ । प्रतिस्पर्धी र दिगो पुष्प व्यवसाय विकास गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका स्पष्ट पार्न, आय तथा रोजगारीको विकास गर्न, गुणस्तरयुक्त वस्तु उत्पादनमा जोड दिई पुष्प आयात प्रतिस्थापन एवं निर्यात पर््रबर्द्धन गर्न यसले सघाउ पुर्‍याउनेछ । -अरुण क्षेत्री







-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन

बिज्ञापन