Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन







कट-फ्लावर परिचय र अन्तरबस्तु
लोक नाथ गैरे
आर्यान फ्लोरा फर्म, काठमाण्डौ

पृष्ठभुमि

कटफ्लावर भन्नासाथ कुनैपनि फूललाई आफ्नो निश्चित परिपक्कता आउनासाथ बोटबाट निकालिन्छ र त्यसलाई बजारमा बिक्री वितरणका लागि पठाइएको हुन्छ भन्ने बुझिन्छ । बजारमा आवश्यक संरक्षण र व्यवस्थापनमा कट्फ्लावरलाई बिक्रीका लागी राखिन्छ । बजारको क्षेत्रभित्र उत्पादन पछि अन्तिम उपभोक्ता सम्म नपुगुन्जेलका अवस्थाहरु पोष्ट हार्भेष्ट ग्रेडिङ प्याकिङ बजारसम्मको दुरीमा यातायात, थोकबजार, खुद्रा बजार, र अन्तिम प्याकिङ सम्मका कामहरु पर्दछन् । तसर्थ बजारमा कट्फ्लावरलाई प्रथमत उत्पादक दोश्रोमा थोकबजार र अन्तमा खुद्रा व्यवसायीले व्यवस्थापन गर्नुपर्ने हुन्छ । अति नै न्युनतम समयसिमा भित्र यी तीन पक्षहरुले हेण्डलिङ गर्दा आफ्नो काम भन्दा पूर्व के कति काम भएका थिए र अब तत्काल के गर्नु जरुरी छ भन्ने तथ्य अति नै महत्वपूर्ण हुन्छ । त्यस्तै बजार प्रवेश गर्नु अघि आफ्ना क्रेता उत्पादकको लागी थोकबजार, थोक बजारका लागी खुद्रा व्यवसायी र खुद्रा व्यवसायीका लागी अन्तिम उपभोक्ताले आफूले किनेको फूलमा के चाहन्छन् भन्ने पनि अतिनै महत्वपूर्ण कुरा हो ।

नेपाली बजारमा कट्फ्लावरका क्रेता मुख्यतया दुई खालका छन् । प्रथम- कट्फ्लावरलाई राम्ररी चिनेका, यसको महत्व र टिकाउपन बारे यथेष्ट ज्ञान भएका । दोश्रो- कट्फ्लावरबारे यथेष्ट ज्ञान नभएका । यी दुबै क्रेताका रुची, चाहना, तिर्ने मुल्य अत्यन्तै फरक छ । खासगरी हाम्रो बजारमा विभिन्न समारोहहरुमा गिफ्टको रुपमा दिइने फूलहरुका क्रेता दोश्रो पक्षहरु हुन् । तसर्थ उनीहरुले फूल र यसको विशेष गुण र क्षमताबारे त्यति चासो राखेको पाइदैन । यस क्रमसँगै कतिपय फूल प्राप्त गर्ने पक्षले पनि यसलाई यथोचित व्यवस्थापन गरेको पाइदैन । यसो गर्नुमा उनीहरुलाई फूलको महत्व, मुल्य, यसको टिकाउपन बारे थाहा नभएर पनि हुनसक्दछ अथवा फूलप्रति रुची नभएर पनि हुन सक्दछ । रुची नहुनेलाई रुची जगाउने महत्वबारे प्रकाश पारी सुचनाहरु उपलब्ध गराउने, यसको टिकाउपन बारे जानकारी गराउने दायित्व फूलका उत्पादक एवं बजारमा लाग्ने सबै व्यवसायीहरुको हो । तथापि केही होटलहरु घरमा कट्फ्लावर सजाएर राख्ने पुष्पप्रेमी बिदेशी क्रेताहरुले यस्ता विविध पक्षलाई अतिनै महत्वका साथ हेरेर मात्र कट्फ्लावर खरीद गर्ने गरेको पाइएको छ ।

कट्फ्लावरमा के छ ?
संसारभर द्रुततर गतिमा माग बढीरहेको कट्फ्लावर भित्र के छ भन्ने जान्नु आम उपभोक्ताहरुको रुचीको बिषय बन्न सक्दछ । यसभित्र भएका तथ्यहरु उजागर गर्न सकेमा नयाँ नयाँ पुष्प प्रेमीहरु यसका ग्राहक बन्न सक्दछन् । खासगरी फूल खरीद गर्ने र उपहार दिएर यसको अन्त गर्नुले फूलको उत्पादन वितरणमा तपाईले तिर्नुभएको मुल्यको दुरुपयोग मात्र हुँदैन उत्पादकको श्रम शक्ति, वितरण प्रणालीको व्यवस्थापन सबै व्यर्थमा जानसक्दछ । तसर्थ प्रत्येकले आफूले किनेको फूल भित्र के छ भन्ने थाहा पाउनु जरुरी छ ।

कट्फ्लावर भित्र निम्न तथ्यहरु छन् :-

१. टिकाउपन (Self Life)
कट्फ्लावरको प्रमुख विशेषता यसको टिकाउपन हो । उत्पादकले बोटबाट फूललाई निकालिसकेपछि निश्चित अवधिसम्म राख्न नसकिने फूलहरु कट्फ्लावरमा आउँदैन । कतिपय फूलहरु कोपिलामै बोटबाट काटिन्छन् त कतिपय पुरै फवि्रुसकेपछि बोटबाट निकालिन्छ । जुनसुकै अवस्थामा ल्याइएता पनि तिनीहरुकेा Self Life रहन्छ । केही नेपाली बजारमा पाइने फूलहरु र तिनीहरुको टिकाउपन उत्पादकको फर्मबाट निकालेपछि राख्न सकिने अवस्था निम्नानुसार पाइएको छ ।

फूल
जाडोयाम
गर्मीयाम
ग्लाडिओलस (ग्लाड) १० -१५ दिन ८ -१२ दिन
डच गुलाफ १० -१५ दिन ८ -१२ दिन
गुलाफ टाटा ५ -१० दिन ३ -५ दिन
कार्नेशन १२ -१८ दिन १० -१५ दिन
जरबेरा १२ -१८ दिन १० -१२ दिन
सिम्बिडियम अर्किड ३० -४५ दिन १५ -२५ दिन
गोदावरी कट् भेराइटी ५ -१० दिन ३ -८ दिन
आइरिस ८ -१२ दिन ५ -१० दिन
डेफोडिल ८ -१२ दिन ५ -१० दिन
क्यालेन्डुला ३ -५ दिन ३ -५ दिन
ट्युबरोज (सुगन्धराज) १० -१५ दिन ८ -१२ दिन

नोट : निश्चित व्यवस्थापनमा राख्नु जरुरी छ ।


२. भासलाइफ (Vase Life)
कट्फ्लावरलाई कुनैपनि भाँडोमा पानी राखेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको टिकाउपन (Self Life)का लागि भासमा राख्नु जरुरी छ । फूललाई बोटबाट छुट्याइसकेपछि पनि यसलाई पानी र खाना आवश्यक पर्दछ । जुन हामीले बजारमा पानी सँगै वा पानी मात्र दिएर राख्ने गर्दछौ । यसरी राख्दा भासको पानी प्रत्येक दिन परिवर्तन गर्ने र फूलतलको डाँठ १२ से.मी. प्रत्येक पटक दिन काट्दै जानुपर्ने हुन्छ । कट्फ्लावरको लामो डाँठ यसैकारणले बढी महत्व राख्दछ र मुल्यसँग पनि प्रत्यक्ष सम्बन्ध छ ।


३. सुगन्ध (Fragrance)
कतिपय कट्फ्लावरले अतिनै सुगन्ध प्रदान गर्दछन् । कोठामा सजाएर राख्दा, बुके बास्केट दिदा वा लिदा अतिनै मनोरम सुगन्ध प्रदान गर्ने फूलहरुको महत्व अतिनै बेग्लै छ । सुगन्धराज (Tube Rose), कतिपय गुलाफहरु, फिजिया, कतिपय सिम्बिडियम अर्किड आदिमा यस्ता सुगन्धहरु छन् ।

४. रंग (Colour)
प्रायजसो सबै कट्फ्लावरमा सबै प्रकारका रंगहरु प्राप्त गर्न सकिन्छ । उपभोक्ता बर्गहरुले आफूले चाहेको रंगका फूलहरु लिन वा दिन सकिन्छ । समय अनुसार समारोह, बिदाई, स्वागत आदि भिन्न भिन्न कार्यक्रममा भिन्न भिन्न रंगका फूल बजारमा सहजजै प्राप्त गर्न सकिन्छ । जस्तो कि एक पुष्पप्रेमीलाई सधै गुलाफ फूल प्रयोग गर्न मन पर्दछ । समयअनुसार विवाह, समवेदना, विदाई, शुभकामना आदि प्रत्येक पटक प्रयोग गर्नका लागी चाहेको रंगका फूलहरु बजारमा प्रायजसो सधै उपलब्ध भईनै रहन्छ ।

५. स्थान्तरणयोग्य (Transportability)
पुष्प व्यवसायमा कट्फ्लावरको विशेष क्षमता भनेको यसलाई सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिनु हो । अन्य पुष्पहरुलाई यति सहजै एक स्थानबाट अर्को स्थानमा स्थान्तरण संभव छैन । यस व्यवसायले अन्तराष्ट्रिय स्तरमा अत्यधिक माग हुनुमा यसको प्रशस्त महत्व छ । वर्तमानमा कतिपय फूलहरु आन्तरिक उत्पादनले नपुगेको वखतमा दक्षिण भारत कलकत्ता र दिल्लीबाट सहजै फूलहरु यँहा आइपुगेका छन् भने नेपाली फूलहरु पनि भारतका दिल्ली लगायतका स्थानहरुमा पुगिरहेका छन् ।

६. उपयूक्त मुल्य (Reasonable Price)
बजारमा पुष्पप्रेमी पारखीहरुलाई अतिनै उपयूक्त मुल्यमा कट्फ्लावर उपलब्ध छ । यसको टिकाउपन, भास लाइफ, सुगन्ध, रंगहरुको समायोजन, स्थान्तरणयोग्य क्षमताको मुल्याङ्कन गर्दा मुल्य नगन्य छ । विगत ५ बर्षमा कट्फ्लावर उत्पादकले केही कट्फ्लावरमा पाइने गरेको बार्षिक औशत मुल्य र उपभोक्ताहरुले पाउने गरेको औशकत मुल्य निम्नानुसार छ ।


फूल
औसत थोक मुल्य (प्रति गोटा)
औसत खुद्रा मुल्य
ग्लाडिओलस (ग्लाड) ४ -६ ९ -१०
डच गुलाफ ६ - ७ १४
गुलाफ ११
कार्नेशन ६ -७ १५ -१६
जरबेरा ६ -७ १५ -१६
ट्युबरोज ३ -४ ९ -१०
सिम्बिडियम अर्किड ३० ४० -७२

श्रोत : Trade Competitiveness of the Floriculture Sub-sector in Nepal(FAN/AEC -2007)

उपभोक्ता के चाहन्छन् ?
कट्फ्लावरका क्रेता वा उपभोक्ताहरु यी सम्पूर्ण तथ्य सहितका सुचनाहरु चाहन्छन् । फूलका बारेमा सबै सुचनाहरु दिनु उत्पादक एक मध्यस्थकर्ता सबैको दायित्व हो भने फूलको उत्पादन स्थल, यसलाई संरक्षण गर्ने तरिका, राख्न सकिने दिन, सुगन्ध लगायतका सुचनाहरु माग्नु एक क्रेताको कर्तव्य एवं अधिकार हो । यस सम्वन्ध तथ्यहरु उजागर हुन सकेमा यसको मागमा उल्लेख्य अभिबृद्धि हुने संभावना छ ।
Source : Floriculture Trade Fair Souvenir, 2009








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन